सदर चिडियाखानाको वार्षिकोत्सव औपचारिकतामै सीमित

जावलाखेल । सदर चिडियाखानाले २५औं वार्षिकोत्सव औपचारिकतामै मनाएको छ । कोभिड–१९ जोखिम मध्यनजर गर्दै चिडियाखानाले पाच जना ‘फ्रेन्स अफ जु’का विद्यार्थी, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारी, पत्रकार, चिडियाखाना र कर्मचारीको उपस्थितिमा दिवस मनाएको हो ।

यसक्रममा विद्यार्थीलाई २५ वर्ष पुगेको अवसरमा मायाको चिनो दिइयो । कार्यक्रममा उपस्थित सहभागीबाट ७० वर्ष पुगेको हात्ति पवनकलीलाई खानेकुरा खुवाइएको छ । हालै सदस्यसचिव नियुक्त अधिकारीले सदर चिडियाखाना भक्तपुर सूर्यबिनायकमा सार्ने प्रक्रिया अध्ययन गरेर छिट्टै मूर्त रुप दिने जानकारी दिए ।

१४ पुस २०५२ मा राजा वीरेन्द्र शाहको स्वर्ण शुभजन्मोत्सवका अवसरमा चिडियाखाना व्यवस्थापन जिम्मा तत्कालीन सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको हो । सोही सम्झनामा हरेक वर्ष १४ पुसमा वार्षिकोत्सव मनाइ“दै आएको छ ।

वार्षिक उत्सवका अवसरमा चिडियाखाना सूचना अधिकारी लिना चालिसेले चिडियाखाना’bout थप जानकारी दिइएको छ । उनका अनुसार अहिले जावलाखेलको (६ हेक्टर) १ सय २० रोपनी जग्गामा १ सय १२ प्रजातिका १०६८ वन्यजन्तु रहेका छन् । यी प्रजातिमध्ये ३३ स्तनधारी, ६१ पंछी, ८ उभयचर र १७ माछा छन् ।

नेपालमा लोप हुन लागेका भनी सुचिकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ प्रजातिलाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । चिडियाखानाले अन्य देशका चिडियाखानास“ग पशुपंछी आदानप्रदान कार्यक्रम चलाएर वनमान्छे, अष्ट्रिच, जल गैंडा र बाह्य प्रजातिका पंछी ल्याएर प्रदर्शनमा राखेको छ ।

वन्यजन्तु उद्धार र पुनस्र्थापनामा पनि सदर चिडियाखानाको सशक्त भूमिका रहिआएको छ । वार्षिक ५ सयभन्दा बढी घाइते, समस्याग्रस्त, अनाथ र चोरी शिकारीमा परेका जिवजन्तु उद्धार गर्ने गरेको चिडियाखाना आयोजना व्यवस्थापक डा. चिरन्जीवी पोखरेलले जानकारी दिए । यसका लागि सदर चिडियाखानामा अनुभवी प्राविधिक टोली छन् ।

व्यवस्थापक पोखरेलले चिडियाखानाको सानो क्षेत्रफल र जोडी समस्याका कारण बाघ, भालु, वनमान्छे, घडियाल गोही, चाइनिज एलिगेटर, जलगैंडा (हिपो), एकसिंगे गैँडा, हात्तिलगायतको संख्या बढ्न नसकेको उल्लेख गरे ।

१९८९ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर जबराले नीजि रूपमा चिडियाखाना स्थापना गरेका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोषले २०५२ सालदेखि सरकारसँग सदर चिडियाखाना व्यवस्थापन जिम्मा लिएको हो ।

६ हेक्टरमा फैलिएको चिडियाखाना साँघुरो भएकैले नयाँ कार्यक्रम ल्याउन अप्ठेरो परेको जनाइएको छ । ललितपुर जावलाखेल सदर चिडियाखाना भक्तपुर सूर्यविनायकमा सार्न सरकारले तयारी गरिरहेको छ । सूर्यविनायकमा २ सय ४५ हेक्टर क्षेत्रमा ‘जिओलोजिकल गार्डेन’सहित चिडियाखाना बनाइदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

कुरी-कुरी