नेकपा दाहाल–नेपाल समूहद्वारा को बैंक खाता रोक्न पत्राचार

काठमाडौं । नेकपा विभाजन भएपछि नेकपाका दाहाल–नेपाल समूहले तत्कालीन नेकपा एमालेको नाममा रहेका बैंक तथा वित्तीय संस्थाहरूको खाता रोक्का गर्न सम्बन्धित निकायमा पत्र पठाएको छ । पार्टी एकता भए पनि तत्कालीन एमाले र माओवादीको नामका खाता भने हालसम्म अलग अलग रूपमा सञ्चालित थिए ।

दाहाल–नेपाल समूहका कार्यालय सचिव श्रीराम ढकालले दुवै अध्यक्षको संयुक्त हस्ताक्षर गरेर बैंकलाई खाता रोक्न पत्राचार गरिएको जानकारी दिए ।

यता ओली पक्षका नेताहरूले भने एमालेको नाममा सञ्चालित खाता माओवादीका अध्यक्ष प्रचण्डले रोक्का गर्ने भन्ने कुरा नै हास्यास्पद रहेको तर्क गरेका छन् । तत्कालीन एमालेको बैंक खाता विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ र खेम पौडेलको नाममा सञ्चालन हँुदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारद्वारा रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी, के गर्न पाइन्छ, के पाइदैन ?

कुरी-कुरी