धुलिखेलमा मोटरल्यान्ड सर्किट

काभ्रे । अल्टिमेट हिमालयन मोटरल्यान्डले काभ्रेको धुलिखेलमा हिमालयन मोटरल्यान्ड सर्टिक सञ्चालनमा ल्याएको छ । झन्डै साढे चार करोड लगानीमा ३५ रोपनी जग्गामा निर्माण गरिएको सर्टिकको बिहीबार धुलिखेल नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार बेन्जु र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’लगायतले सर्टिकको औपचारिक रूपमा उद्घाटन गरेका थिए ।

सर्टिकमा अफ रोड र पिच गरेर दुईवटा ट्र्याक निर्माण गरिएको छ । अफ रोड १ हजार २ सय मिटर र पिच ट्रयाक ८ सय मिटरको रहेको छ । हिमालयन मोटरल्यान्डले सन् २०२१ मा गर्ने च्याम्पियनसिपका ’boutमा पनि सोही अवसरमा जानकारी गराएको छ । आउने वर्षमा रेसमान्डु, क्रसमान्डु, अटो क्रस ¥याली, रेसनारी, राष्ट्रिय कार्ट च्याम्पियनसिप र युथ कार्ट च्याम्पियनसिप आयोजना गर्ने बताइएको छ । सर्टिक सञ्चालनका दौरान रेसमान्डु, क्रसमान्डु, अटो क्रस ¥याली, रेसनारी र गो कार्टको प्रदर्शनी खेलसमेत राखिएको थियो ।

महिला अन्तर्राष्ट्रिय खेलाडी रोनी भारतीले अटो जिमखाना प्रदर्शन गरेकी थिइन् । सोही अवसरमा मोटर साइक्लिङ र मोटर स्पोर्टसका ९ महिलासहित ४५ राष्ट्रिय खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो । नेपाल अटोमोबाईल संघ (नासा)ले पहिलोपटक राष्ट्रिय खेलाडीको मान्यता दिएको हो । नासा राखेपमा आबद्ध छ । सर्किटमा युवा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रशिक्षण पनि सुरु गरिएको छ ।

व्यावसायिक मोटर स्पोर्टस र मोटर साइक्लिङका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सर्टिक सञ्चालनमा ल्याएको हिमालयन मोटरल्यान्डका अध्यक्ष अनिलकुमार बरालले जानकारी दिए । मोटरल्यान्डका प्रबन्ध निर्देशक दिप्रश शाक्यले युवा खेलाडी उत्पादन गर्ने लक्ष्य रहेकोले सर्टिकमा सके सम्म कम मूल्यमा प्रशिक्षण लिने व्यवस्था मिलाइने बताए । राखेपका सदस्य एवं नासाका सल्लाहकार गोविन्द भट्टराईले मोर्टस स्पोर्टसको विकास गर्न सके यसले देशको पर्यटन क्षेत्रमा ठूलो आर्थिक सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

धुलिखेलका मेयर बेन्जुले युवा खेलाडी उत्पादनको लक्ष्यका स्थापना भएको एकेडेमीका लागि वार्षिक १० लाख रूपैयाँ र हरेक वर्ष राष्ट्रिय च्याम्पियनसिप आयोजनाका लागि ५ लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरे । उनले कम्तीमा मोर्टस् स्पोर्टसको विकासका लागि हरेक प्रदेशमा एउटा मोर्टस स्पोर्टस कोर्ष चाहिनेमा जोड दिदै नगरपालिका संघका अध्यक्षसमेत रहेका उनले आफू त्यसका लागि सहयोग गर्न तयार रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा गठबन्धनका उम्मेदवारलाई १८ सय बढीको अग्रता