नेकपा बिभाजनः पार्टी एकता जोगाउँने अभियानमा उपाध्यक्ष गौतम

काठमाडौं । प्रतिनिधिसभा विघटनसंगै दुई समुहमा विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता जोगाउँने अभियानमा उपाध्यक्ष वामदेव गौतम लागेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको संसद विघटन गर्ने प्रस्तावको बिरोधमा रहेका उपाध्यक्ष गौतम शुरुमा नेकपामा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुह नजिक थिए । तर पछिल्लो समय ओली र दाहाल–नेपाल समुहमा नलागेका उपाध्यक्ष अहिले पनि पार्टी एकताकै पक्षमा अडिग भएर उभिएका छन् ।

अगामी साता पार्टी एकताका लागि दबाब समुह घोषणा गर्ने तयारी गरेका उपाध्यक्ष गौतम अहिले दुबै पक्षसंग समानान्तर रुपमा छलफल गरिरहेका छन् । प्रधानन्त्री ओलीका साथै नेकपा अध्यक्षद्धय दाहाल र नेपालसंग उनी निरन्तर छलफल गर्दै पार्टी एकताका लागि जोड गरिरहेको स्रोतले जनाएको छ ।

शुक्रबार बिहान नेकपा अध्यक्ष दाहाल र उपाध्यक्ष गौतमका बीचमा पार्टी एकताका पक्षमा छलफल भएको छ । दाहाल निवास खुमलटारमा भएको छलफलमा पार्टी एकतालाई कसरी कायम गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रीत भई छलफल भएको गौतम निकट स्रोतले जनाएको छ ।

‘शुक्रबार बिहानै दाहाल र गौतमका बीचमा पार्टी एकतालाई कायम गर्ने बिषयमा गम्भिर छलफल भएको छ’ नेकपा स्रोतले भन्यो, ‘दाहाल र गौतम अझै पनि पार्टी एकताकै पक्षमा हुनुहुन्छ, अब गौतमले पार्टी एकताका लागि अभियान सञ्चालन गर्ने निष्कर्षमा पुग्नुभएको छ ।’

पार्टी शिर्ष नेताका बीचमा शक्ति संघर्ष शुरु भएपछि तटस्थ बसेका उपाध्यक्ष गौतम पछिल्लो समय कुनै पनि समुहको बैठकमा सहभागि भएका छैनन् । पछिल्लो समय ओल र दाहाल–नेपाल समुहको बैठक बस्ने, भेला गर्ने र एकले अर्कालाई कारवाही गर्ने, आरोप लगाउँनुका साथै आफू नै आधिकारिक नेकपा रहेका दावी गर्दै आएका बेला उपाध्यक्ष गौतम कुनै पनि समुहको बैठकमा सहभागि भएका छैनन् ।

नेकपा अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटाका अनुसार अध्यक्ष दाहाल र उपाध्यक्ष गौतमका बीचमा शुक्रबार भेटघाट भएको छ । दाहाल र गौतमका बीचमा भएको छलफलमा पार्टी एकताका बिषयमा पनि छलफल भएको बताईएको छ ।

पार्टी एकता अभियान सञ्चालन गर्ने अभियानमा रहेका उपाध्यक्ष गौतम प्रधानमन्त्री ओलीसंग समेत छलफल गरेका छन् । ओली र दाहाल–नेपाल समुहले आफ्नो समुहको बैठक, भेलामा सहभागि हुन आग्रह गरे पनि उपाध्यक्ष गौतमले उनीहरुको आग्रह अस्वीकार गर्दै आएका छन् ।

सबिधानको सर्बोच्चता र कानूती राज्य मान्ने प्रतिबद्धता गरेको अबस्था नेकपा बिभाजन हुन नसक्ने भन्दै नेता गौतमले कानून पनि मान्ने पार्टी पनि बिभाजन गर्ने कुरा जायज नहुने दृष्टिकोण बनाएको गौतम निकटका एक नेताले बताए ।

नेकपाका कार्यकर्ताहरुलाइ पार्टी एकतका लागि जनदवाब सृजना गर्नका लागि आहवान गर्ने तयारीमा रहेका गौतम पार्टी एकता नभए इतिहासले सबैलाई धिक्कार्ने छ भन्दै अभियानलाई तिब्रता दिन लागेका हुन् । नेकपा माले र माक्र्सवादी बिभाजन हुँदा विभाजनको पीडा भोगेका गौतम अहिले कुनै पनि हालतमा पार्टी बिभाजन हुनुहुदैन भन्ने पक्षमा उभिएका छन् ।

गत ५ पुसमा प्रधानमन्त्री ओलीले संसद बिघटन गर्ने प्रस्ताव गरेका थिए । मन्त्रीपरिषको निर्णयका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन संसद बिघटनको प्रस्ताव स्वीकृत गर्दै निर्वाचनको मिति घोषणा गरेकी थिईन् ।

संसद बिघटन प्रकरणले सत्तारुढ नेकपा दुई समुहमा बिभाजित भएको छ । दाहाल–नेपाल समुहले संसद बिघटन असंवैधानिक भएको भन्दै पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलन गरिरहेका छन् । तर प्रधानमन्त्री ओली समुहले संविधान अनुसार नै संसद बिघटन भएको भन्दै १७ र २७ बैशाखमा हुने निर्वाचनमा सहभागि हुन आह्वान गरेको छ ।

दुबै समुहले एकले अर्कालाई कारवाही गर्ने, आफू नै आधिकारिक रहेको दावी गर्ने र निर्वाचन आयोगमा पार्टीको नाम, झण्डा, चुनाव चिन्ह दावी गर्दै बैठकका निर्णय सहितको निबेदन दर्ता गर्ने कार्य गरेका छन् । तर निर्वाचन आयोगले अझै सम्म कुनै निर्णय गरेको छैन् ।

दुबै समुहले जिल्ला, प्रदेश भेला गर्ने, बैठक गर्दै बिभिन्न कार्यक्रम घोषणा गर्ने र नेताहरुलाई आफ्नो पक्षमा लाग्न आग्रह गरिरहेका छन् । पार्टी बिभाजनको असर प्रदेश सरकारमा समेत परेको छ । एकले अर्काका बिरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने, मन्त्रीलाई बर्खास्त गर्ने काम जारी नै रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको लक्ष्मीनियामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी