दाङमा नेकपाको कित्ताकाट : अधिकांस स्थानिय तहका प्रमुख ओली पक्षमा

तुलसीपुर । नेपाल कम्युनिष्ट पाटी(नेकपा) दुई समुहमा विभाजित भए लगतै कित्ताकाट सुरु भएको छ । पाटीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एकातिर र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा बरिष्ठ नेता माधब नेपालको समुह एकातिर हुँदा अहिले एक र अर्को पक्ष नाम दिइएको छ ।

जसले गर्दा अहिले दाङमा पार्टीको तल्लो तहमा पनि यसको नराम्रो असर पर्न गएको छ । पाटीका शिर्ष नेताहरु नै दुई धारमा विभाजन भएपछि जिल्लामा अहिले पाटीका नेता तथा कार्यकर्तामा को कता ? भन्ने विषयले प्राथमिकता पाएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बिचको एकताबाट बनेको नेकपा भित्र एकताको डोरीमा बाँधिएका नेता तथा कार्यकर्तामा कित्ताकाट सुरु भएको छ । जिल्लामा दश वटा स्थानिय पालिका छन् ।

ती मध्ये स्थानिय निर्वाचनमा नेकपाले जिल्लामा दुई उपमहानगरपालिका सहित सातवटा पालिका जितेको थियो । जसमा तत्कालिन नेकपा एमालेले छ वटा र माओवादी केन्द्रले एउटा पालिकामा जितेको हो । अन्य तीन वटा पालिकामा भने कांग्रेसले जितेको छ । तर नेकपा दुई समुहमा विभाजन हुँदा यसको असर स्थानिय पालिकामा पनि देखा परेको छ ।

तत्कालिन नेकपा एमालेले जितेको स्थानिय तहका प्रमुखले ओली पक्षलाई समर्थन जनाएका छन् । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको समर्थन ओली समुहलाई छ । यस्तै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे ओली समुहको केन्द्रीय सदस्यमा मनोनित भईसकेका छन् । उनीहरु संगठन बलियो बनाउन खुलेर लागेका छन् ।

यस्तैगरी बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसी, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी पनि ओली समुहको भनेर प्रष्ट खुलेका छन् ।यस्तै गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको ओली पक्षलाई सर्मथन छ । बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्त बहादुर वलीको प्रचण्ड माधव समुहलाई सर्मथन छ ।उनी माओवादी केन्द्रबाट स्थानिय तहमा निर्वाचित भएका हुन् । स्थानिय तहमा नेकपाका उपप्रमुखमा भने केहि समस्या देखीएको छ । कतिपय स्थानिय तहको उपप्रमुखमा काग्रेसले जितेको छ भने नेकपाबाटै निर्वाचित उपप्रमुखहरु प्रष्ट खुलेर लाग्न सकेका छैनन् । उनीहरु मध्ये कतिपय खुलेका छन् भने अधिंकास मौन बसेका छन् ।

यसरी सिंगो पाटी दुई समुहमा विभाजन हुदा पाटीका शिर्ष नेता देखी तल्लो तहसम्म पक्ष विपक्षमा भेला, प्रशिक्षण ,कार्यक्रम तथा प्रर्दशन भएका छन् । पाटीको आन्तरिक द्धन्द्धका कारण यो संकट आएको नेताहरुको भनाई छ । पाटीका शिर्ष नेताहरु बिचको अन्तर कलहले गर्दा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पौष ५ गते संसद विघटन गरेपछि पाटी दुर्घटनामा परेको हो । त्यसपछि संसद विघटनको बाहानालाई लिएर पाटीका शिर्ष नेताहरु दुई समुहमा विभाजित हुन पुगे । यद्यपी औपचारिक रुपमा पाटी विभाजन भएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (सम्झाैतापत्र सहित)