यस्ताे छ दाहाल–नेपाल समूह दोस्रो चरणको आन्दोलनकाे सेड्युल

काठमाडौं । संसद् विघटनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

संसद् पुनस्र्थापनाको पक्षमा रहेका अन्य राजनीतिक दलसँग मिलेर संयुक्त आन्दोलन गर्ने प्रयास असफल भएपछि नेकपामा पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले छुट्टै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

नेकपा सचिवालय सदस्य एवं आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर संयुक्त आन्दोलन गर्ने प्रयास गरिए पनि कांग्रेसले चासो नदेखाएपछि छुट्टै आन्दोलनका कार्यक्रम घोषणा भएको हो ।

संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनमा उत्रिएको नेकपा दाहाल–नेपाल समूहले संसद् पुनस्र्थापना नहुँदासम्म आन्दोलन जारी राख्ने उनले बताए । श्रेष्ठले शनिबार कोटेश्वर, पेरिसडाँडास्थित जनवर्गीय संगठनको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै संसद् पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने बताए ।

२० पुसदेखि २३ माघसम्म आन्दोलनका विभिन्न कार्यक्रम तोकिएको छ । वडा तहमा जुलुसदेखि ठूला सहरमा प्रदर्शन र विरोध सभासम्मको कार्यक्रम सार्वजनिक गरिएको छ । २० पुससम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने, २५ पुससम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन गर्ने, २१ पुसमा संघीय राजधानी र विभिन्न सहरी केन्द्रमा राजनीतिक पार्टीहरूसँग अन्तक्र्रिया गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी २३ पुसमा नागरिक समाजसँग अन्तक्र्रिया गर्ने, २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोधसहित प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले बताए ।

यस्तो छ आन्दोलनका कार्यक्रम

 २० पुससम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम

 २५ पुससम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन

 २१ पुसमा संघीय राजधानी र विभिन्न सहरी केन्द्रमा राजनीतिक पार्टीहरूसँग अन्तक्र्रिया

 २३ पुसमा नागरिक समाजसँग अन्तक्र्रिया

 २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने

 २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम

 २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत् कार्यकर्ता भेला

 २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झन्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा ब्यानर राख्ने

 २९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला

 ५ माघमा सबै पालिकामा विरोध प्रदर्शन र सभा

 १० माघमा राजधानीलगायतका सबै सहरी केन्द्रमा मोटरसाइकल -याली

 १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोधसभा

 २२ माघमा वडा तहमा मसाल जुलुस

 २३ माघमा राजधानीमा विरोध प्रदर्शन

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द