द भाइब्स ब्यान्डले ल्यायो नयाँ गीतको भिडियो

काठमाडौं । नेप्लीज अमेरिकन रक ब्यान्ड द भाइब्ज ब्यान्डले नयाँ गीत निराकार…को भिडियो बजारमा ल्याएको छ । ब्यान्डले अंग्रेजी नयाँ वर्ष २०२१ का अवसरमा यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । म्युजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

संगीत, संगीत संयोजन, मिक्सिङ र भोकल द भाइब्ज ब्यान्डको रहेको गीतमा गीत रचना अर्चना श्रेष्ठ, बाँसुरी मनोज सिंह, अतिरिक्त गितारवादन, दीपेन्द्र राई, छायांकन निर्देशन, ड्रोन र कलर विनोद केसी र अमित गुरुङ तथा सहनिर्देशन मनोज केसी र रोहित क्षत्रीको रहेको छ । ब्यान्डमा दिरेकललाल श्रेष्ठ ड्रमर, प्रइन सिंह भोकलिस्ट र रूपक लामा गितारिस्ट रहेका छन् ।

अमेरिकाका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियोमा ब्राजिलियन र भारतीय मोडलले अभिनय गरेका छन् । जसमा ब्राजिलका क्रसफिट ट्रेनर किको नासिमान्टो र सान फ्रान्सिस्कोमा बस्दै आएकी भारतीय व्यावसायिक मोडल शालिनी श्रीवास्तवको अभिनय छ । द भाइब्ज ब्यान्डले केही अघि विजयता दशमीको अवसर पारेर मात्र तिमी बोलको गीत सार्वजनिक गरेको थियो ।

हाल सान फ्रान्सिस्कोमा बस्दै आएका सुरज शाहको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा छायांकन र सम्पादन पनि उनकै रहेको छ ।

द भाइब्ज ब्यान्ड अमेरिकाको सान्ता रोजामा रहेका उत्साहित सांगीतिक युवाहरुले स्थापना गरेको ब्यान्ड हो । ब्यान्डले गठन भएको चार वर्षको मिहिनेतपछि स्तरीय नेपाली रक गीत संगीतहरूलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेसनको नाममा रक गीति अडियो एलबम सार्वजनिक गरेको थियो । पहिलो एलबमबाटै वाहवाही पाए पनि स्तरीय गीतसंगीतमा मात्र विश्वास राख्ने ब्यान्डले दोस्रो एलबम सार्वजनिक गर्नका लागि अर्को चार वर्ष लगाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी