Saturday, September 25, 2021
Your Ads Here
HomeBreaking Newsनेपाल-भारत सिमानामा एसएसविको दादागिरी, जबर्जस्ती पिलर गाढेपछि स्थानीयले लखेटे

नेपाल-भारत सिमानामा एसएसविको दादागिरी, जबर्जस्ती पिलर गाढेपछि स्थानीयले लखेटे

,
sharethis

इलाम । नेपाल-भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाढेको थहा पाएपछि स्थानीयले रोकेका छन । सूर्याेदय नगरपालिकाको हिलेभञ्ज्याङमा एसएसबीले आइतबार राति पिलर गाढेको थाहा पाएपछि त्यहीं पुगेर स्थानीयले पिलर गाड्न रोकेका हुन् ।

स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि आफूले गाढेको पिलर उखेलेर एसएसबी त्यहाँबाट भागेको छ । एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) ले देखाएको ठाउँ भन्दै नेपाली भू–भागपट्टि पिलर गाढ्ने प्रयास गरेको सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी)का इन्स्पेक्टर नवीन खतिवडाले बताए । उनले भने, ‘हामी कसैलाई थाहै नदिई विवादित ठाउँमा एसएसबीले पिलर गाढ्न खोजेको रहेछ ।’ भारतले सीमाक्षेत्रमा राखेको एसएसबीको बिओपीमा नयाँ नेतृत्व हाँआएपछि य पिलर गाढ्ने प्रयास गरेको खतीवडाले बताए ।

नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । पटक पटक समिानामा भएको विवादले स्थानीय समस्यामा पर्न थालेका छन् । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरेपनि सानोतिनो समस्या अहिले पनि देखिइरहने गरेको छ । नेपालको पूर्वीमा भारतसँग जोडिएको सीमा क्षेत्र जिल्लाको प्रमुख सुरक्षा चुनौती देखिएको छ । नेपाल–भारत सीमास्तम्भहरूको सुरक्षा र त्यहाँ भइरहने गतिविधि मुख्य चुनौतीका रुपमा देखिएका छन् ।

भारतीय सीमा क्षेत्र इलामको पशुपतिनगर सहित सलकपुर, समालवुङ, छब्बिसे, कालपोखरी र जौवारीमा बिओपी स्थापना भइसकेका छन् । मानेभञ्ज्याङमा बिओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ भने पाटापुर, मेघमा, गोर्खे र सन्दकपुर पनि प्रस्तावित छन् । ‘सीमास्तम्भ सुरक्षा र सीमानामा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि धमाधम सीमामै बिओपी राखिएपनि सिमा सार्ने समस्या हटेको छैन । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छ । एसएसबीले दशगजा क्षेत्रमा टेण्ट हालेर, हतियार राखेर बस्ने क्रम अहिले पनि चलिरहेको छ ।

देशकै पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्यूटावर निर्माणमा पनि एसएसविले रोक लगायो । त्यो भ्यूटावर बन्दै गरेको जग्गा नेपालकै हो तर एसएसविले आफ्नो भन्दै रोक लगायो । सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाईरहेको छ ।

इलामको ५२ किलोमिटर भारतसँग जोडिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनताका भारतले सुरक्षाका लागि भन्दै ३–३ किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को बिओपी राखेको थियो । भारतले कतिपय स्थानमा दशगजाभित्रै पनि एसएसबी क्याम्प राखेको छ । इलाममा नेपाल भारत सिमानामा पर्ने ठाउँमा एसएसबीले दशगजाभित्रै पाल टाँगेरे र हतियार पनि सोभ्mयाएर बस्छन् । भारतले बारम्बार सिमा मिचेर संरचना बनाइरहन्छ तर नेपाली भूभागमा संरचना बनाउँदा पनि पटक पटक रोक लगाउने र दुख दिइरहने गरेको स्थानीयको भनाई छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

मानेभञ्ज्याङमा नेपाल र भारततर्फ दशगजा क्षेत्रमा घर बनिएका छन् । यस्ता समस्या सिमानाका सानातिना सबै बजारमा रहेका छन् । पशुपतिनगरको फाटकमा भारतीयतर्फबाट दशगजा क्षेत्रमा गुम्बा बनाएको छ । गुम्बा बनिन थालेपछि नेपाल तर्फबाट पटकपटक पहल गरिएको भनिएपनि संरचना बनाएरै छाड्यो । ‘त्यहाँ ‘केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दश गजाभित्रै देखियो र पनि संरचना बनाउन रोकिएन ।

पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सन्दकपुर डाँडामा पुगेर नेपाल र भारतको सिमाना बैज्ञानीकरण नगरे सम्म सँधै समस्या भईरहने र यसका लागी सरकारले काम गरीरहेको बताए । खनालले पटक पटक कामगरीरहेको बताएपनि अहिले सम्म सरकारले काँडो काटेको छैन । छवर्ष अघि पनि इलाममा सिमानाको विवादमा खनालले हामी काम गरीरहेको बताएका थिए । पाँच वर्षपछि पनि त्यही कुरा दोहोर्याउँदा सिमाना छेउमा बसोबास गर्ने जनताले सरकारबाट समाधान हुन्छ भन्ने विश्वास गर्न छाडेका छन् ।

छब्बिसेमा नेपाली भूभाग नै भारतपट्टि पारिएको छ । नापी टोलीले उक्त भाग भारततर्फ नै पर्ने भन्ने देखाएको भएपनि आधिकारिक र औपचारिक रूपमा त्यो भाग कता पर्छ भन्ने अहिलेसम्म टुङ्गो लगाइएको छैन । त्यहाँका बासिन्दाको नेपाली नागरिकता र नेपाली जग्गा धनी पुर्जा छ । एसएसबीले बेलाबेला हतियार बोकेर नेपाली भागमा पस्ने, दशगजा क्षेत्रभित्र संरचना बनाउने गरेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

इलाम जिल्लाको भागमा पर्ने भारतीय सिमानामा जम्मा १४६ वटा सीमा स्तम्भहरू छन् । तीमध्ये मुख्य स्तम्भ १७ वटा र सहायक स्तम्भ ८३ र सानो स्तम्भ ४६ वटा भनिए पनि हाल मूख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ रहेका छन । दशगजामा सीमास्तम्भको दुवैतिर ३०–३० फिटको भूभागमध्ये भारततर्फको भागमा संरचना बनेको टोलीको भनाइ थियो । पशुपतिनगर नजिकैको दशजगामै भारतले कस्टम अफिस, पुलिस चौकी र अन्य ४–५ घर–टहरासमेत बनाइसकेको टोलीले पाएको थियो । भारतले ७१/६, ७१/७ र ७१/८ नम्बर सीमास्तम्भभित्रको क्षेत्रमा संरचना निर्माण गरेको र गुम्बा बनाएको पाइए पनि गुम्बा निर्माण रोकिएन । केही वर्षअघिकै अध्ययनले पूर्वको मानेभञ्ज्याङदेखि जिर्मलेसम्म ४५ सीमास्तम्भ गायब भएको देखाएको थियो । भारतीय भूमि छोएको जिल्लाको सन्दकपुरदेखि जिर्मलेसम्मको दूरीमा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 260 times, 1 visits today)

आजको समाचार

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी...

साताका लोकप्रिय समाचार

‘देउन माया सुन्तला’

काठमाडौं । लोक शैलीको 'देउन माया सुन्तला' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेतबहादुर बुढाथोकीको शब्द संगीत र सुनिता बुढा क्षेत्री र चेतबहादुर बुढाथोकीको स्वर...

वायु प्रदूषणको अवस्था खतरनाक

पेरिस । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो । नोभेम्बरमा हुन...

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

  काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको...

इन्द्रजात्रा सुरु, हनुमान ढोकामा इन्द्रध्वजोत्थान सम्पन्न

काठमाडौं । काडमाडौंमा प्रसिद्ध इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६:५१ बजेको शुभ...

ट्रेन्डिङ

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

ज्वरो नरोकिएपछि बेलझुण्डीबाट कोरोना संक्रमित रिफर

तुलसीपुर । ज्वरो नरोकिएपछि कोरोना विशेष अस्पताल बेलझुण्डीबाट एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । बेलझुण्डीमा उपचार सम्भव नभएपछि...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)