Wednesday, September 22, 2021
Your Ads Here
HomeEditor-Picksएचआइभी/एड्सले तीन दिनको विचमा बा आमाको निधन, १६ विर्षया छोरीको अवस्था गम्भिर

एचआइभी/एड्सले तीन दिनको विचमा बा आमाको निधन, १६ विर्षया छोरीको अवस्था गम्भिर

बाबु आमाको निधन भएको १० वर्षपछि छोरीमा देखियो समस्या

,
sharethis

सप्तरी, राजविराज । नौं वर्षअघि बाआमाको एचआइभी एड्सबाट मृत्यु हुँदा उनका सन्तानमा पनि सोही संक्रमण देखिन्छकै भन्ने आशंका मात्रै थियो । राजविराज १ चनौरा पडरिया निवासी एक दम्पतिकी १६ वर्षिया छोरीमा समेत
सोही समस्या देखिएको छ । उनको स्वास्थ्य स्थिती नाजुक छ ।

स्वास्थ्य गम्भिर अवस्थामा उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा स्वास्थ्य जाँचपछि उनमा एचआइभी पुष्टि भएको थियो ।

उनको आमाको २०६८ बैशाख २ गते एचआइभी एड्सबाट मृत्यु भएको थियो भने तीन दिनपछि बुबा इन्दल धामीको मृत्यु भएको थियो ।

बाबु आमा दुबैमा एचआइभी एड्स पुष्टि भएको थियो भने हाल अस्पतालमा रहेकी उनीहरुको एक मात्र सन्तानमा समेत सोही समस्या देखिएको छ । उनको स्वास्थ्य स्थिती गम्भिर अवस्थामा पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताए ।

बाबुआमा दुबैको मृत्यु भएपछि घरमा एक्लै रहेकी उनलाई उनका मावलीतर्फका बृद्ध हजुरबुबा र हजुरआमाले कहिले काही आएर हेरचाह गर्ने गरेका थिए । बढी उमेरका कारणले खासै बढी हिडडुल गर्न नसक्ने अवस्थाका उनीहरुकै आग्रहमा गत पुस १४ गतेदेखी उनलाई अस्पतालमा ल्याई मेडिकल वार्डको ६१ नं. बेडमा भर्ना गरिएको एचआइभी एड्स विभागमा कार्यरत स्टाफ नर्स सुनिता यादवले बताइन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

कोही आफन्त नआउँदा अहिले उनको हेरचाहमा आफूसँगै अस्पतालका अर्का नर्स प्रमिला चौधरी र संगिता देव दिनरात खटिरहेको यादवको भनाई छ ।

यस्तै अस्पतालका प्रमुख डा. झा र प्रहरी बिटका हवल्दार रामशंकर यादवले पनि व्यक्तिगत सहयोग उपलब्ध गराइरहेको उनले बताईन् ।

अस्पतालले अमैयाको स्यहार सम्भार नियमित गरिरहेपनि अवस्थामा सुधार नदेखिएका कारण धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको मेसु डा. झाले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 210 times, 1 visits today)

आजको समाचार

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

  काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति...

रूपा सुनारलाई काेठा भाडामा नदिने सरस्वतीसंग १ लाख १५ हजार धराैटी माग

  काठमाडाैं ।  दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

काठमाडाैं ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

साताका लोकप्रिय समाचार

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

बढदै छ आत्महत्या, सचेतना बढाऔं

  विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार विश्वमा वार्षिक ८ लाखले आत्महत्या गर्ने गर्दछन् जसमा न्यून तथा मध्यम आय भएका राष्ट्रका ७९ प्रतिशत पर्छन् । हरेक ४०...

असोज तीन,कालो दिन भन्दै सडकमा उत्रिए लोसपाका नेता कार्यकर्ता

  सप्तरी, राजविराज । संविधान प्रति असन्तुष्टी जनाउदै आएको लोकतान्त्रिक समाजवादी पार्टीले आईतवार सप्तरीमा विरोधका कार्याक्रमहरु आयोजना गरेको छ । मुलुकका विभिन्न ठाउँमा संविधान दिवसका...

राष्ट्रपतिको जन्मगाउँ मानेभञ्याङमा पानी समस्या हट्यो

भोजपुर । पानीको अभाब झेल्दै आएका राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान भोजपुर मानेभञ्याङका स्थानीयको समस्या हटेको छ । विगत लामो समयदेखि पानीको समस्यामा रुमलिएका यहाँका...

ट्रेन्डिङ

बर्दियामा जरायोको सिङसहित एक पक्राउ

बर्दिया । बर्दियामा जरायोको सिंङसहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका वडा नं ७ का ३१ वर्षीय बाबुराम लोधलाई प्रहरीले बुधबार १...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)