धरान प्रेस युनियनको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन

धरान । नेपाल प्रेस युनियन धरान नगरको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन भएका छन । धरानको सेक्ष होटलमा भएको युनियनको भेलाले नेपाललाइ सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उनी यस अघि युनियनको सचिव पदमा रहेका थिए ।

यसैगरी समितिको उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल, सह–सचिवमा संगिता राई, कोषाध्यक्षमा बसन्त राई र सदस्यमा रोहित कुलुङ, सुविक्षा राई र संजिता धमला चयन भएका छन । भेलाले निर्वतमान अध्यक्ष शुक्रान्त राईलाई जिल्ला सदस्यमा मनोनयनका लागी सिफिरीस गरेको छ ।

भेलाले तिन सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ । निर्वतमान अध्यक्ष शुक्रान्त राई, लक्ष्मण थापा र विनय प्रधानलाई सल्लाहकारमा चयन गरेको हो ।

भेलामा बरिष्ठ पत्रकार हर्ष सुब्बा , प्रेस युनियन सुनसरीका पुर्व अध्यक्ष कृष्ण अधिकारी , गणेश निरौला वर्तमान अध्यक्ष पवन अधिकारी लगायत युनियनका पदाधिकारीहरुको उपस्थीती रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 363 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरका बागी उम्मेदवार भन्छन्, अनुशासनको कारबाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न