कोरोना संक्रमण प्रभाव: घना बस्ती र सहरी क्षेत्र जोखिममै

काठमाडौं । कोरोना भाइरस संक्रमणको प्रभाव घना बस्ती र सहरी क्षेत्रमा बढिरहेको पाइएको छ । सहरी क्षेत्रमा आवतजावत बढी हुने र भौतिक दुरी कायम गर्न समस्या हुँदा जोखिम बढिरहेको संक्रमण रोग विशेषज्ञहरू बताउँछन् । सहरी क्षेत्रमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ पनि प्रभावहीन हुँदै गएको छ ।

संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले भीडभाडले कोरोना भाइरस जोखिम निम्त्याउने बताए । उनले भने, ‘काठमाडौंमा भीडभाडमा बस्ने मानिसमा संक्रमण देखिएको छ । जहाँ मानिस छुट्टाछुट्टै बसेका छन्, मास्कको समुचित प्रयोग गरेका छन्, त्यहाँ संक्रमितको संख्या कम देखिन्छ ।’

उनले संक्रमण सबैतिर समान रूपमा नफैलिएको भन्दै भीडभाडमा बस्नेहरूमा संक्रमण देखिएको बताए । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना जोखिम हुन नदिन स्वयं व्यक्ति सजग, सचेत र अनुशासित हुनुपर्ने बताए ।
काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १ लाख २२ हजार ४१ पुगेको छ । हालसम्म काठमाडौंमा ९७ हजार ७ सय ४८ जनामा संक्रमण देखिएको छ ।

– सक्रिय संक्रमित ५२८९ जना मात्रै
– ९७.३ प्रतिशत संक्रमणमुक्त
– काठमाडौं उपत्यकामा संक्रमित १ लाख २२ हजार नाघे

यस्तै ललितपुरमा १५ हजार ३ सय ५१ जना र भक्तपुरमा ८ हजार ९ सय ४२ जनामा संक्रमण देखिएको छ । यस्तै काठमाडौं उपत्यकामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख १८ हजार ३ सय ५० पुगेको छ ।

अहिलेसम्म काठमाडौंमा ९४ हजार ७ सय ६१ सय जना, ललितपुरमा १४ हजार ८ सय ८८ र भक्तपुरमा ८ हजार ७ सय १ जना निको भएका छन् । सोमबार काठमाडौंमा १ सय ४०, ललितपुरमा २१ र भक्तपुरमा २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सोमबार देशभर ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित छन् ।

सोमबार ४ हजार ४ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ५२ हजार ९ सय ३ पुगेको छ । सोमबार थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८५ पुगेको छ । हाल देशभर ३ सय ४२ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ६ सय ३७ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ ।

देशभर हाल २ सय ४३ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २ सय ९ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश १ मा सात आईसीयू र एक भेन्टिलेटरमा छन् । प्रदेश २ मा कोही पनि संक्रमित आईसीयू र भेन्टिलेटरमा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाग्मती प्रदेशमा ६८ आईसीयू र १४ जना भेन्टिलेटरमा, गण्डकीमा ६२ आईसीयू र सात जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५१ आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कर्णाली प्रदेशमा १४ जना आईसीयू र एक जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ७ आईसीयू र एक जना भेन्टिलेटरमा रहेका छन् । यस्तै देशभर हाल १ हजार ७ सय ७४ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आफ्नै प्रतिस्पर्धीलाई एक लाख रुपैयाँको नोटको माला लाउँदै उम्मेदवारी फिर्ता