Thursday, August 5, 2021
Homeप्रमुखनेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा

नेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा

,
sharethis

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरिक्षक (एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।

प्रहरी महानीरिक्षक शैलेश थापा क्षेत्रीले मंगलबार साँझ ३० जना एसपी र ६९ जना डीएसपीहरुको सरुवा गरेका हुन ।

सरुवा सूची अनुसार एसपी बेलबहादुर पाण्डे जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका छन । त्यहाँ कार्यरत एसपी गंगा पन्तको केन्द्रिय अनुसन्धान व्युरो इन्टिलिजेन्स महाशाखामा सरुवा भएको छ ।

यसैगरी प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा सानुराम भट्टराईको सरुवा भएको छ । झापामा रहेका एसपी कृष्णप्रसाद कोइरालाको अपराध महाशाखा सरुवा गरिएको छ ।

यस्तै मकवानपुरमा सोमेन्द्रसिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्रबहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ ।

यसैगरी कंचनपुरमा उमाप्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई पठाइएको छ ।

यसैगरी डीएसपी अर्जुन रानाभाटको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्साल सरुवा भएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय लाहान सिरहामा रहेका डिएसपी शरतकुमार थापा महानगरीय प्रहरी परिसर ललितपुर सरुवा भएका छन । त्यहाँ रहेका सन्तोष तामाङको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल सरुवा गरिएको छ ।

यस्तै डीएसपीहरु कबित कटुवाल जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, कुलदीप चन्द महानगरीय प्रहरी कार्यालय रानीपोखरी, भेषराज रिजाल जिल्ला प्रहरी कार्यालय दोलखामा सरुवा भएका छन ।

(Visited 190 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

साताका लोकप्रिय समाचार

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

जुडो टोली स्विट्जरल्यान्ड जाने

काठमाडौं आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दै छन् । तालिममा सहभागी हुने खेलाडीमा...

माथिल्लो तामाकोसीको चौथो युनिटबाट विद्युत् उत्पादन सुरु

काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको चौथो युनिटबाट समेत विद्युत् उत्पादन सुरु भएको छ ।...

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

गलकोट । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा...

परित्यक्त पाल्पा

बुद्धभन्दा धेरै समयअघि नै तराइको घना वनको उत्तरतर्फ पहाडी इलाकामा समानान्तर पाल्पाली सभ्यताको विकास भइसकेको थियो । मगर सभ्यताले उत्कृष्टता हासिल गरेको त्यस समयमा...

ट्रेन्डिङ

सिटिजन्स बैंकद्वारा एक लाख आर्थिक सहयोग

काठमाडौं । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत एक लाख...

काेराेना संक्रमणबाट २०३ जनाकाे मृत्यु, ६१३५ संक्रमणमुक्त

काठमाडाैं ।  कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घन्टामा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)