एथलेटिक्स टोली बंगलादेश प्रस्थान

काठमाडौं । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

दुवै नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता हुन् । उक्त सागको म्याराथनमा किरणले स्वर्ण तथा पुष्पाले रजत जितेका थिए । प्रशिक्षकमा धनीराम चौधरी रहेका छन् । टोलीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन