शिव र करिश्माका छोराछोरीको फिल्म माघेसंक्रान्ति

काठमाडौं । नायक शिव श्रेष्ठको छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर एउटै चलचित्रबाट नायक नायिकको रूपमा डेब्यु गर्दै छन् । शक्ति र कविताले अभिनय गरेको चलचित्र एउटा यस्तो प्रेम कहानी यही १ माघबाट सिनेमा हलमा रिलिज हुने भएको छ ।

करिब ९ महिना बन्द भएपछि नेपालमा सिनेमा हलहरू यही १० पुसबाट खुलेको हो । हल खुले पनि अहिलेसम्म नयाँ चलचित्र रिलिज हुन सकेका छैनन् । अब यही १ माघबाट काठमाडौं र मोफसलका सिनेमा हलमा नयाँ चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज हुने भएको छ ।

यो चलचित्रमा शिव श्रेष्ठसँगै प्रियंका कार्की, वर्षा राउत, आयुशमान देशराज जोशी, संजोग कोइराला, सम्यक दर्शनधारी, बसुन्धरा भुसाल, आङ्तेम्बा शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोङलगायतले अभिनय गरेका छन् । फिल्मलाई शिव श्रेष्ठसँगै दिनेश दर्शनधारी, यशोदा राई, सुनिल कटुवाललगायतले निर्माण गरेका हुन् ।

चलचित्रको घोषणा मिति सार्वजनिकसँगै मंगलबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरेर यो चलचित्रको एउटा गीत पनि रिलिज गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को