Thursday, April 22, 2021
Home Editor-Picks नौं महिनापछि खुलेको लाइसेन्स फर्म भर्नै सकस

नौं महिनापछि खुलेको लाइसेन्स फर्म भर्नै सकस

अधिकांशले गरे भर्न नपाएको गुनासो

,

काठमाडौं । करिब नौं महिनापछि खुला गरेको सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा फाराम भर्न नै सकस उत्पन्न भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फारम खुला गरे पनि प्राविधिकलगायत समस्याका कारण फर्म भर्न नै सकस उत्पन्न भएको हो ।

विभागले गत १४ पुसदेखि अनलाइनमार्फत फारम खुला गरेको थियो । तर, अधिकांश सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पाएका छैनन् । झापा निवासी सुशील गौतमले १४ पुस अर्थात् फारम खुलेकै दिनदेखि अनलाइन फर्म भर्न प्रयास गरे पनि अहिलेसम्म भर्न सकेका छैनन् ।

लालसमक्ष नै पुग्न बाध्य हुनेगरी विभागले काम गरिरहेको आरोप

गोरखा निवासी सुदन पौडेलले आफूले चार घण्टा निरन्तर प्रयास गर्दा पनि फर्म भर्न नमिलेको भन्दै अनलाइन फर्म भर्ने गतिलो व्यवस्था नगरेको जनाउँछन् । अर्का एक सेवाग्राही बिहान ५ः५५ देखि सुरु गरेर २० मिनेट निरन्तर अथक प्रयास गर्दा फर्मको कोटा नै सकिएको भनेर सन्देश आएको जनाउँछन् । उनले दलालसमक्ष नै पुग्न बाध्य हुनेगरी विभागले काम गरिरहेको आरोपसमेत लगाए ।

अर्का सेवाग्राही राजु थापा पुरै फर्म भरेपछि कोटा फुल भएको सन्देश दिने प्रणालीप्रति आक्रोश पोख्छन् । ‘कोटा फुल भयो भने सुरुमा भन्नुपर्दैन ? फर्म भरेर सब्मिट गर्ने बेला भन्ने हो ? सिस्टम बनाउँदा सामान्य दिमाग त लगाउनु नि,’ उनी आक्रोश पोख्छन् ।

माथि उल्लिखित पात्रहरू जस्तै लाइसेन्सका लागि अनलाइन फर्म भर्न खोज्ने अधिकांशले अहिले समस्या भोगिरहनुपरेको छ । धेरै जनाले फर्म भरेर सब्मिट गर्दा कोटा सकिएको भन्दै भर्न पाएका छैनन् भने अधिकांश समय त विभागको अनलाइन फर्म भर्ने साइट नै डाउन हुने गरेको छ । विभागले सोमबार भने सर्भर मर्मतका लागि भन्दै अनलाइन आवेदन रोक्नुपरेको थियो । सोमबार सर्भर मर्मत गरिएपछि डाउन नभए तापनि कोटा सिस्टमका कारण सेवाग्राहीले भने फर्म भर्न पाएका छैनन् ।

विभागको वेबसाइटमा राखिएको लिंक अथवा अनलाइन इडीएलआरइजी डट डीओटीएम डट जीओभी डट एनपीमार्फत फारम बिहान ६ बजदेखि राति १० बजेसम्म भर्न सकिने विभागले जनाएको छ । विभागले कोटा भएको अवस्थामा मात्र फर्म भर्न सकिने पनि जनाएको छ । तर, सेवाग्राहीले सहज रूपमा अनलाइन फर्म भर्न पाएका छैनन् ।

गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो ।

(Visited 184 times, 1 visits today)
Loading comments...

आजको समाचार

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

सिटी र टोटनह्याम विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई...

साताका लोकप्रिय समाचार

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

दिल्लीमा लकडाउन भएपछि मदिरा पसलमा भिड

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ६ दिनसम्म लक डाउन हुने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार पत्रकार सम्मेलन गरी लक डाउन...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

सोची हेरन

काठमाडौँ । हालै रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता शंकर थापा ‘स्माइल’को संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो...

भारतमा एकै दिन थपिए करिब तीन लाख संक्रमित

भारतमा कोरोना संक्रमण दरमा दिनहुँ नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २९० जना संक्रमित थपिएका छन्। यो...

ट्रेन्डिङ

सहकारीलाई बैंकसँग जोड्ने एम बैंक एप

काठमाडौं । सहकारी संस्था र बैंकहरु एकअर्काका परिपूरक हुन् । यिनीहरुको सम्बन्धलाई अझ बलियो र सुमधुर बनाउने काम प्रविधिले गर्छ । पछिल्लो समय विकास...

सर्लाहीमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ४९ पुग्यो

धनकौल । सर्लाहीको धनकौलमा र रामनगरमा फेरी कोरोना संक्रमित व्यक्तिहरु थपिएका छन् । सर्लाहीको धनकौल गाउँपालिकामा १९ वर्षिय र ४० वर्षीय पुरुषमा कोरोना संक्रमणको...

आठ महिनापछि सप्तरीमा खेलकुद गतिबिधी सुरु, खेलाडी उत्साहित

सप्तरी, राजविराज । कोरोना महामारीका कारण लामो समयदेखी ठप्प रहेको खेलकुद गतिबिधि ८ महिनापछि संचालनमा आएको छ । चैत महिनादेखी कोरोना भाइरसको संक्रमणका कारण रोकिएको...

नयाँ सरकारबारे कांग्रेसमा दुई धार

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ...

सर्वोच्चद्वारा फैसला पुनरावलोकन गर्न अस्वीकार

काठमाडौं । कोरोनाको आशंकामा गरिएको परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न नसकिने भन्दै दायर भएको पुनरावलोकन निवेदन सर्वोच्चले खारेज गरिदिएको छ । सवोच्च्चका न्यायाधीशहरू...

नदीमा बहाव बढ्दो : नारायणी र कोशी खतरा तहमाथि

काठमाडौँ । दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध...

एक साताभित्र उखु किसानको बक्यौता भुक्तानी गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम...

सिन्धुपाल्चोकमा कारगारमा बसेका कैदीमा कोरोना संक्रमण

सिन्धुपाल्चोक । जिल्ला कारगार कार्यालय चौतारामा रहेका एक कैदीबन्दीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बलात्कार आरोपमा अदालतबाट कैद सजाय भोगीरहेका चौतारा...

रोनाल्डो मड्रिडमै रोकिए

मड्रिड । इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो स्पेनमै रोकिएका छन् । आफ्नो निजी विमानबाट क्लबको प्रशिक्षणमा सामेल हुन इटाली जाने प्रयास गरे...

मकालु ट्रेकिङमा विदेशीसँग आएका १५ भरिया अलपत्र

संखुवासभा । संखुवासभाको मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ जना भरिया सभापोखरीमा अलपत्र परेका छन् । विदेशी पर्यटकका भरियाका रुपमा संखुवासभा आएका...

नक्कली चिकित्सक पक्राउ

सुर्खेत । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको...

सरकारी विद्यालय : पर्याप्त लगानी, खस्कँदो गुणस्तर

काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्दै आए पनि सरकारी विद्यालयको गुणस्तर भने दिन प्रतिदिन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)