Wednesday, February 24, 2021
Home Breaking News अब कोभिड अस्पतालले ननकोभिड सेवा सञ्चालन गर्नैपर्ने

अब कोभिड अस्पतालले ननकोभिड सेवा सञ्चालन गर्नैपर्ने

काठमाडौं । सबै कोभिड अस्पताललाई ननकोभिड सेवा पनि सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडबाहेकका अन्य सेवासमेत प्रवाह गर्न निर्देशन दिएको हो । कोभिड–१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बुधबार बसेको आईसीएसको बैठकले देशका सबै कोभिड अस्पताललाई निर्णय कार्यान्वयन गराउन परिपत्रसमेत गरिसकेको छ । कोभिड अस्पताल तोकिएकाले अन्य बिरामीको उपचार गर्न आनाकानी गर्दै आएका थिए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सबै अस्पतालले प्रदान गरिरहेका ननकोभिड सेवा सदाझैं नियमित प्रदान गर्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयले कोभिडका लागि तोकिएका अस्पतालले कोभिड र ननकोभिड सेवासमेत नियमित रूपमा प्रदान गर्न आग्रह गर्दै कोभिड र ननकोभिड अस्पताललाई परिपत्र गरेको छ ।

यस्तै, देशभर हाल २ सय २७ जना कोरोना संक्रमित आईसीयु र भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसअन्तर्गत १ सय ९७ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा पाँच जना आईसीयूमा रहेका छन् ।

बागमती प्रदेशमा ७१ जना आईसीयू र १७ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५६ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ जना आईसीयू र सात जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १४ जना आईसीयू र एक जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा सात जना आईसीयूमा उपचाररत रहेका छन् । यस्तै, देशभर १ हजार ६ सय ८ जना कोरोना संक्रमित होमआइसोलेसनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ जना रहेको छ ।

यो पनि पढ्नुहोस   ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

यस्तै, ३ हजार ५ सय २५ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । प्रदेश एकमा ९७, प्रदेश २ मा ५३, बागमती प्रदेशमा ४ सय ६२, गण्डकी प्रदेशमा ३ सय ९, लुम्बिनी प्रदेशमा ४ सय १३, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा २ सय ५९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

देशभर बुधबार ४ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ । बुधबार ६ हजार ७ सय ६ जनाको पीसीआर परीक्षण गरिएको छ । यससँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ६४ हजार १ सय ६० पुगेको छ ।

बुधबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९९ पुगेको छ । हाल ३ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् । बुधबार थप ४ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका भई डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

मिस इको इन्टरनेसनलमा नेपालबाट अनुष्मा

काठमाडौं । ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकार प्राप्त नेपाली...

संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले...

कुनै हालतमा हाम्रो राजीनामा आउँदैनः शिक्षामन्त्री श्रेष्ठ

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पारे । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै...

साताका लोकप्रिय समाचार

कुनै हालतमा हाम्रो राजीनामा आउँदैनः शिक्षामन्त्री श्रेष्ठ

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पारे । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

छोराले गरे बाबुको हत्या

पोखरा । भ-याङबाट खसेर बावुको मृत्यु भएको दाबी गरेका उनका छोरा नै हत्या अभियोगमा पक्राउ परेका छन् । अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोट घर भई पोखरा...

प्रधानमन्त्रीको भन्छन् : संसद पुनस्थापना भए जनता सडकमा जान्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । उनले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला...

निर्यात ७ प्रतिशतले वृद्धि

काठमाडौं । गत महिनासम्म आयातमा कमी र निर्यातमा बढी रहे पनि माघमहिनासम्ममा आइपुग्दा आयातले गत वर्षकै लय समाएको छ भने निर्यात ७ प्रतिशतले बढेको...

ट्रेन्डिङ

निर्मला पन्तको हत्यारालाई कारबाही गरी छाड्छौं : मन्त्री शाह

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले समग्रमा सुदूरपश्चिम सरकार सफल भएको दाबी गरेका छन् ।...

सुनकोशी धुसेनीमा पहिरोबाट विस्थापितलाई सुरक्षित स्थानमा सारियो

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका–५ थुम्पाखर,धुसेनीमा गएको भिषण पहिरोमा घर पुरीएकाहरुलाई घर निर्माणका लागि गाउँपालिकाले ५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।
यो पनि पढ्नुहोस   प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला
आइतबार राती गएको...

आफन्त गुमाएका बालबालिकाको जिम्मा कांग्रेस नेता बस्नेतले लिने

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको लिदी पहिरोमा आफन्त गुमाएका सात बालबालिकाहरुको कक्षा १२ सम्मको अध्ययनको जिम्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले लिने घोषणा गरेका...

शिक्षक अपहरण काण्ड : विप्लवका आठ कार्यकर्ता पक्राउ

सिन्धुली । शिक्षक अपहरणका दोषी ८ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । तिनपाटन गाउँपालिका वडा नं. ८ बाहुनतिल्पुङमा रहेको भिमसेन आधारभूति विद्यालयका प्रधानाध्यापक...

आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको महिलाले गरिन् हत्या

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा एक महिलाले आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन् । मारेककटहहरेको घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय...

ओली कार्यशैलीविरुद्ध दाहाल–नेपाल कडा रूपमा प्रस्तुत हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह भेलाले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली...

अलपत्र प-यो तीन जिल्ला छुने बाहिरी चक्रपथ

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला छुने बाहिरी चक्रपथ आयोजना निर्माणमा सरकारले बेवास्ता गरेको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर छुने गरी ७२...

बरको रुखलाई श्रीमानकै सम्मान दिएर मनाइयो बटसावित्री

सप्तरी, राजविराज । पतिको दीर्घ जिवन तथा सुस्वास्थ्यको कामना गर्दै नवविवाहित युवती देखि वृद्घा सम्मले मनाउने बटसावित्री पर्व यस पल्ट लकडाउनका कारण अधिकांशले घरमै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

यसरी कोरिएको थियो मेलम्ची सपना

सिन्धुपाल्चाेक ।  तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची...

पत्रकार महासङ्घ युरोपमा एकै दिन समानान्तर अधिवेशन

पाेर्चुगल ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको...

भर्खरै

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

धेरै पढिएका

धनकुटामा हिमपात (फोटोफिचर)

धनकुटा । धनकुटाको उत्तरी क्षेत्रमा बिहिबार भारी हिमपात भएको छ । जिल्लाको नुनथला, चित्रे लगायत क्षेत्रमा हिमपात भएको हो । सो क्षेत्रमा करिब एक...

कथा : घूस

‘घूस नखुवाई प्रमोसन त पाएको पायै हो ?’ चामलमा सलबलाइरहेका घुन टिप्दै अनि नाक चेपार्दै झर्कोफर्को सुनाउँदै थिइन्, श्रीमती । म कान थापिरहेको थिएँ ।...

सर्वोच्चले देशभरको हाम्रो सभा हेरेकै होला : प्रम ओली

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतातिर फर्कन नदिने दृढता व्यक्त गरे । प्रदेश १ को राजधानी विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली...

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् । उनले भने, “सर्वोच्च अदालतको ऐतिहासिक...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)