गल्छी–मैलुङ सडकमा ६५ प्रतिशत बढी प्रगति

काठमाडौं । उत्तरी छिमेकी चीन जोड्ने प्रमुख नाकाका रूपमा विस्तार भइरहेको सडक खण्ड हो, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक । सोही सडक आयोजनाका अधिकारी, प्रधानमन्त्री कार्यालयका विज्ञ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीसहितको टोलीले अनुगमन गर्दै विस्तारलाई गति दिन पहलकदमी अघि बढाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमन्त्री वसन्तकुमार नेम्वाङको संयोजनमा बिहीबार सोही सडकको विषयमा छलफल भएको छ । मन्त्री नेम्बाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेल, प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायत सहभागीको छलफलले सडक विस्तारको अवस्थाको विषयमा समीक्षा गरेको छ ।

आयोजनाको हालसम्मको प्रगति’bout आयोजना प्रमुख नारायणदत्त भण्डारीले प्रस्तुति दिएका छन् । छलफलमा मन्त्री नेम्वाङले सडक विस्तारको कामलाई तीव्र गतिमा अघि बढाएर समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

८२ किलोमिटर लामो उक्त सडक तीन खण्डमा विभाजन गरेर विस्तारको कार्य भइरहेको छ । उक्त सडक विस्तारमा १५ अर्ब लागत अनुमान गरिएको छ । गल्छी–मैलुङ खण्डमा ६५ प्रतिशतभन्दा बढी प्रगति भइसकेको प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले जानकारी दिए । मैलुङ–स्याफ्रुबेंसी सडकको गत साउनदेखि ठेक्का लागेको छ भने स्याफ्रुबेंसी–रसुवागढी सडकखण्डको ३९ महिनामा काम सम्पन्न गर्ने गरी गत वर्षदेखि चिनियाँले बनाउने गरी ठेक्का लागेको छ । कोरोना भाइरस, मुआब्जालगायतका कारण सडक विस्तारको लक्ष्यअनुसार काम सम्पन्न हुन सकेको छैन ।

प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले तीन दिन सडकखण्डको अनुगमन गरिएको र स्थलगत अवस्था र त्यहाँका कतिपय समस्याका विषयमा धादिङ, रसुवा र नुवाकोटमा अन्तरक्रियासमेत गरिएको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा गरेको महŒवपूर्ण निर्णयमध्ये उक्त सडकखण्डको विस्तार गरेर चीनसँगको मुख्य नाकाका रूपमा विकास गर्नु रहेको जनाउँदै त्यसलाई अहिले पनि उति नै महŒव दिएको जानकारी दिए ।

१ वैशाख २०७२ देखि निर्माण कार्य सुरु भएको सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भइसकेको छ भने अहिले उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन पनि भइरहेका छन् । यद्यपि लक्ष्यअनुसार कामले गति लिन भने सकेको छैन ।

प्रधानमन्त्रीका विकासविज्ञ थपलिया चीनसँगको पारवहन सम्झौता र गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसवागढी सडकको विशेष सम्बन्ध रहेको जनाउँदै देश नाकाबन्दीले आक्रान्त भएको बेला २०७२ मंसिर १७ गतेको मन्त्रिपरिषद्को विशेष निर्णयबाट यो सडक स्तरोन्नति गरी निर्माण गर्ने निर्णय भएको र लामो समय काम सन्तोषजनक नभए पनि गत वर्षदेखि केही काम सन्तोषजनक ढंगले अघि बढेको बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुर्खेतमा कहाँ कसकाे वर्चश्व ?