Saturday, September 25, 2021
Your Ads Here
Homeकलाफिल्म हललाई आशा नयाँ फिल्मको

फिल्म हललाई आशा नयाँ फिल्मको

,
sharethis

काठमाडौं । १० पुसबाट काठमाडौं र मोफसलका सिनेमा हलहरू खुलेका छन् । तर हलमा दर्शक छैनन् । यता नेपाल सरकारले अझै सिनेमा हल खोल्नका लागि आधिकारिक अनुमति दिएको छैन । दर्शक नआए पनि सरकारले अनुमति नदिए पनि हल खोलिएका छन् ।

यसरी हल खोले पनि तत्काल नयाँ चलचित्र रिलिज नहुने भएपछि निराश भएका हल सञ्चालकहरूमा यतिबेला आशा जागेको छ । यही माघबाट चैतसम्ममा आधा दर्जन चलचित्र रिलिज हुने भएपछि उनीहरूमा आशा जागेको हो ।
हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानका अनुसार यही माघबाट केही नयाँ नेपाली चलचित्र रिलिजका लागि निर्माताहरूसँग कुराकानी हुँदै छ । यदि उनीहरू सकरात्मक भएको खण्डमा माघबाट हरेक साता नयाँ नेपाली चलचित्र हलमा रिलिज हुने पनि उनले बताएका छन् ।

प्रधानका अनुसार माघेसंक्रान्तिका लागि रिलिज गर्न नयाँ नेपाली एउटा यस्तो प्रेम कहानी तय भइसकेको छ । यो चलचित्रलाई अभिनेता शिव श्रेष्ठले निर्माण गरेका हुन् । हल सञ्चालकहरूले नयाँ नेपाली फिल्म प्रदर्शनमा पूर्ण सहयोग गर्ने बताएपछि आफूहरूले यो नयाँ चलचित्र रिलिज गर्न लागेको अभिनेता निर्मात शिव श्रेष्ठले बताएका छन्, ‘सिनेमा रिलिजका लागि आवश्यक विज्ञापनदेखि सर्भर शुल्कमा समेत सहुलियत मिल्ने भएपछि हामीले यो चलचित्रलाई १ माघबाट रिलिज गर्न लागेका हौं । सिनेमा हलमा दर्शक अब पक्कै आउनेछन् भन्ने हाम्रो विश्वास छ ।’ आफूहरूले चलचित्र रिलिज गरेपछि अरूले पनि हलमा सिनेमा ल्याउने विश्वास शिव श्रेष्ठको छ ।

यो चलचित्रमा अभिनेता शिवले आफ्नै छोरा शक्ति श्रेष्ठलाई नायकको रूपमा उतारेका छन् । शक्तिको नायिकाको रूपमा यो चलचित्रमा करिश्मा मानन्धरकी छोरी कविता मानन्धर छिन् । योचलचित्रमा अन्य कलाकारमा शिव श्रेष्ठसँगै प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सुष्मा कार्की, बसुन्धरा भुसाल, राजाराम पौडेल, मिथिला शर्मालगायत छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

यस्तै, फागुन २७ मा अर्को नयाँ चलचित्र ‘लप्पन छप्पन–२’ रिलिज हुुने भएको छ । यो चलचित्रलाई शिवरात्रिको अवसर पारेर रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ । यो चलचित्रका निर्माता निर्देशक मुकुन्द भट्टका अनुसार मुलुकमा कोरोनाका संक्रमण घट्दै गएका कारण चलचित्रलाई फागुनमा रिलिज गर्ने निर्णय गरिएको हो । यो चलचित्रको विदेशमा छायांकन गरिएको छ । एक्सन प्रधान यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, वर्षा शिवाकोटी, अर्पण थापासहितको मुख्य भूमिका रहेको छ ।

यस्तै, आगामी नयाँ वर्षको अवसर पारेर चैतको चौथो साता चलचित्र प्रेम गीत–३ रिलिज गरिने भएको छ । निर्माता निर्देशक सन्तोष सेनका अनुसार यो चलचित्र गत वर्ष नै नयाँ वर्ष २०७७ को अवसर पारेर चैतको अन्तिम साता रिलिजको तयारी गरिएको थियो । तर त्यतिबेला कोरोनाका महामारी फैलिएपछि यसलाई प्रदर्शन गरिएन ।

चलचित्रको प्रचार प्रसार चाँडै नै सुरु गर्ने र आगामी चैतको अन्तिममा यो चलचित्रलाई रिलिज गर्ने सेनको भनाइ छ । तर, कोरोनाको संक्रमण बढेको खण्डमा यो चलचित्र रिलिज सो समयमा नहुन पनि सक्छ । यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, पुष्कर कार्र्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायतको मुख्य भूमिका रहेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 155 times, 1 visits today)

आजको समाचार

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

साताका लोकप्रिय समाचार

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

सेतीमा २ जना कोरोना संक्रमितको मृत्यु

  धनगढी । धनगढीमा दुई जना कोरोन संक्रमितको मृत्यु भएको छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा बझाङको...

दशैं आइसक्याे, हलमा नयाँ फिल्म कहिले ?

काठमाडौं । सरकारले फिल्म हल सञ्चालन गर्न अनुमति दिएको तीन साता बितिसक्दा पनि अहिलेसम्म हलमा कुनै फिल्म प्रदर्शन हुनसकेको छैन । कोरोना भाइरसको प्रकोपका कारण...

ट्रेन्डिङ

नग्न तस्बिर लिलाम गर्दै जेनिफर

लस एन्जल्स । हलिउड स्टार अभिनेत्री जेनिफर एनिस्टरले कोरोनाविरुद्ध आर्थिक कोषमा जम्मा गर्नका लागि आफ्ना नग्न तस्बिर लिलामको घोषणा गरेकी छन् । आफूसँग फिल्मका...

बाख्राले हानेर वृद्धा गम्भिर घाइते

तुलसीपुर । दाङमा बाख्राले हानेर एक वृद्ध महिना गम्भिर घाइते भएकी छिन् । पाठालाई दुध खुवाउने क्रममा दिउसो १२ बजे बाख्राले हान्दा दंगीशरण गाउँपालिका–३...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)