Saturday, March 6, 2021
Home प्रदेश प्रदेश ३ भारतमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

भारतमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

चितवन । भारतमा बर्डफ्लु देखिएसँगै यहाँ उच्च सावधानी अपनाउन थालिएको छ । सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका छन् ।

सरकारले भारतमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागअन्तर्गतका कार्यालय र क्वारेन्टिनलाई सक्रिय बनाएर पक्षीजन्य पदार्थ आयातमा रोक लगाएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईका अनुसार पक्षीजन्य पदार्थ आयातको सिफारिस दिइँदै आएकामा बन्द गरिएको हो ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला बर्डफ्लु प्राविधिक समिति हुने गर्दछ । चापागाईका अनुसार चितवनमा केही दिनअघि समितिको बैठक बसेको थियो । बैठकले व्यवसायीलाई उच्च सावधानी अपनाउन अनुरोध गरेको छ । वाग्मती प्रदेश सरकारको सहयोग र व्यवसायीको साझेदारीमा नारायणगढ–मुग्लिन सडकखण्डमा ढुवानी गर्ने साधन सरसफाइ र निसङ्क्रमण गरिँदै छ ।

भरतपुर महानगरपालिकासँग जग्गा माग गरी रु २५ लाख खर्च गरेर सवारी साधनको सरसफाइ र निसङ्क्रमण स्थल निर्माण गर्न लागिएको उनले जानकारी दिए । काठमाडौँ, पोखरा, गोरखा, धादिङ, लमजुङलगायतका जिल्लामा यही बाटो हुँदै कुखुराजन्य पदार्थ जाने गर्दछ । फर्कदा सवारी साधनलाई निसङ्क्रमण गर्न लागिएको हो ।

देशकै सबैभन्दा बढी कुखुराजन्य वस्तु उत्पादन हुने चितवनका कृषकलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको उनले बताए । कुखुराको रोगको परीक्षण गर्ने केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला चितवनमा नै छ । प्रयोगशाला प्रमुख डा चेतनाथ खरेलका अनुसार यो प्रयोगशालाको कार्यक्षेत्र देशैभर हो । प्रयोगशालामा कोभिड–१९ परीक्षण गरिएकाले यहाँ सङ्कलन भएका नमूना त्रिपुरेश्वरको पक्षी रोग अन्वेषण प्रयोगशालामा पठाइँदै आएको छ ।

प्रयोगशालाले त्यही कृषकले ल्याउने नमूना र आफैँले देशैभरबाट सङ्कलन गर्ने नमूना परीक्षण गर्ने गर्दछ । भारतमा बर्डफ्लु देखा परेसँगै नमूना सङ्कलन बढाइएको उनले जानकारी दिए । हाल यस प्रयोगशालामा ब्याक्टेरियोलोजी परीक्षण मात्र हुने गरेको छ । मोलीकुलर, एलाइजा, पिसिआर, हिस्टोप्याथोलोजीलगायतका महत्वपूर्ण परीक्षण रोकिएका छन् । त्यस्ता सरदर दैनिक एउटा नमूना काठमाडौँ पठाइँदै आएको छ ।

यो पनि पढ्नुहोस   दाहाल संसदीय दलको नेता चयन

खरेलले कोभिड–१९ प्रयोगशाला अन्यत्र सारेर पक्षीजन्य परीक्षणलाई यही गर्नका लागि पटकपटक अनुरोध गरिँदै आएको बताए । गएको चैत महिनामा तीन महिनाका लागि त्यहाँ कोभिड–१९ प्रयोगशाला स्थापना गरिएको भए पनि हालसम्म स्थानान्तरण गर्न सकिएको छैन ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले भारतबाट आउने कुखुराजन्य पदार्थ तत्काल रोक्नुपर्ने, सरकारी निकाय चनाखो हुनुपर्ने र कृषक एवं व्यवसायीले जैविक सुरक्षामा ध्यान दिन सकेमा रोग भित्रन नपाउने बताए । नेपालमा कुखुराजन्य पदार्थको मूल्य बढेकाले भारतबाट लुकीछिपी आउने क्रम बढ्दो रहेको उनको भनाइ छ । उनले भने, ‘अहिले डराउनुपर्ने अवस्था नरहे पनि सरकारी र निजी क्षेत्रले आफ्नो जिम्मेवारी पूरा नगरेमा रोग भित्रन सक्छ ।’ सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सकेमा नेपालमा रोग भित्रन नपाउने उनको भनाइ छ ।

पक्षी रोग प्रयोगशालाबाट तत्काल कोभिड–१९ प्रयोगशाला स्थानान्तरण गरेर त्यहाँ पक्षीको परीक्षण बढाउनुपर्ने उनको भनाइ छ । कुखुराजन्य पदार्थमा नेपाल आत्मनिर्भर रहेको छ । यस क्षेत्रमा रु एक खर्बभन्दा बढीको लगानी भइसकेको व्यवसायीको भनाइ छ । जाडो मौसममा बर्डफ्लुको उच्च जोखिम हुने गर्दछ ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

क्षम्य छैन आर्थिक अपराध

राजनीतिक संक्रमण र कलहको मौका पारी हरेक उपाय निकालेर राजस्व छल्नेहरूले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको...

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४...

पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छाड्ने मेयर साहको संकल्प

गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् । ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक...

सातामा ६ अर्बले कारोबार घट्दा बजार पुँजीकरण ५६ अर्बले घट्यो

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबार रकम र बजार पुँजीकरण दुबै घटेका छन् । गत साताको तुलनामा करोबार रकम ६ अर्बले...

साताका लोकप्रिय समाचार

काग्रेस अझै अनिर्णीत

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी...

लोकतन्त्र र संविधान रक्षाका लागि बुद्धिजीवी पेसाकर्मी

बुद्धिजीवी एवं पेसाकर्मीहरू समाजको चेतनाका वाहक हुन् । उनीहरू समाजलाई सही बाटो देखाउने अग्रदूत पनि हुन । बुद्धिजीवी जो मानसिक श्रम गरेर जीविकोपार्जन गर्दछन,...

सिन्धुपाल्चाेकमा दाहाल–नेपाल समुह संगठन विस्तारमा अक्रामक

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा विभाजन नभएपनि सिन्धुपाल्चोकमा दुवै नेकपाले संगठन सुदृढीकरण अभियानलाई आक्रमक बनाइरहेका छन् । ओली पक्ष नेकपा र दाहाल–नेपाल पक्ष...

सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट भागिन्नः सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवस्था आए पछि नहट्ने बताएका छन् ।चितवन बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले...

सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाइयो, सात नेतामाथि कारबाही

काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय रहेका ७ जना नेतालाई कारबाही गरेको छ । आज बुधबार बसेको सो समूहको बैठकले सुवासचन्द्र...

ट्रेन्डिङ

करणी उद्योगमा फरार रहेका वली तुलसीपुरमा पक्राउ

तुलसीपुर । जबरजस्ती करणी उद्योगमा फरार रहेका एक व्यक्ति पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ बोहोरागाउँ...

सुनको मूल्य अकासिने क्रम जारी, प्रतितोला ९६ हजार ३ सय

काठमाडौं । सुनको मूल्य प्रतिदिन अकासिने क्रम जारी रहेको छ । साताको पहिलो दिनमा आइतबार प्रतितोला सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ पुगेको...

नेकपा एकताको कसरतमा चीन

काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटको संघारमा पुगिरहेको बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा बोलेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको उच्च...

वीरगञ्जबाट नक्कली डाक्टर पक्राउ

वीरगञ्ज । वीरगंज महानगरपालिका–२ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरबाट नक्कली डक्टर पक्राउ परेका छन् । बिरामी जाँच गरेको अभियोगमा विन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद...

बाचा पुरा गर्दै पनौतीका वडा सदस्य

काभ्रेपलाञ्चोक । जिल्लाको पनौती नगरपालिका वडा ७ स्थित मुख्य बजारमा बर्थिङ सेन्टरमा सुत्केरी गराउने महिलालाई दिने भनिएको प्रोत्साहन भक्ता बितरण गरिएको छ । ल्याब...

चोटले समस्यामा लिभरपुल

लन्डन । गत सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलको लागि यो सिजन सहज हुन सकिरहेको छैन । नयाँ सिजनको आठ खेल सकिँदा शीर्षस्थानको लेस्टर...

कोभ्याक्स सुविधाको खोप आउँदै

काठमाडौं । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या...

नेपाल–चीन युद्ध भएको ठाउँ दुगुनागढीको सरसफाई (फोटोफिचर)

सिन्धुपाल्चोक । नेपाली सेनाले ऐतिहासिक पदमार्ग,कोट,गढी तथा किल्लाहरुको पहिचान तथा त्यसको संरक्षणका लागि सुरु गरेको अभियान अन्र्तगत एकता दिवसको अवसरमा ऐतिहासिक दुगुनागढी क्षेत्रको सरसफाई...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छाड्ने मेयर साहको संकल्प

गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् । ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक...

दाहाल संसदीय दलको नेता चयन

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको...

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा...

तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड

पोखरा । प्रभु बैंक लिमिटेडले ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज शुक्रबार एक...

धेरै पढिएका

क्षम्य छैन आर्थिक अपराध

राजनीतिक संक्रमण र कलहको मौका पारी हरेक उपाय निकालेर राजस्व छल्नेहरूले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको...

अब दुई वर्ष केपी ओली नै हाे प्रधानमन्त्री : अर्थमन्त्री

बुटवल ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

पुस्तक अंश : कमरेड, २५ गते रातभर दुश्मनलाई ब्लक गरौं

प्रिय कमरेड परिवर्तन जी क्रान्तिकारी लाल सलाम । आराम छु आरामै चाहन्छु । विशेष कुरा के छ भने, नेपाली क्रान्ति रणनैतिक प्रत्याक्रमणको चरणमा पुग्दा फौजी हिसावले...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)