मिस नेपालले भनिन् ‘सरकारी बैंकको एम्बासडर हुन पाउदा खुसी छु’

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालि बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको ’boutमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल श्रेष्ठलाई नियुक्त गरिएको जानकारी दिए । कार्यक्रममा अध्यक्ष राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण हुनुको साथै मुलुकको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने धारणा राखे ।

मिस नेपाल श्रेष्ठले सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा खुसी लागेको बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 338 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को