सरकारलाई अपध्वस्त गर्ने षड्यन्त्रको बदला संसद विघटन : गृहमन्त्री थापा

फाइल तस्वीर

दोलखा । नेकपा भित्र केही अबसरवादी नेताहरुले सरकारलाई अपध्वस्त गर्न षड्यन्त्र गरेको कारण संसद विघटन गरेको गृहमन्त्री राम बहादुर थापाले बताएका छन् । प्रतिक्रान्तिलाई प्रतिनिधिसभा विघटनले तत्काल रोकेको गृहमन्त्री थापाले दाबी गरेका छन् ।

‘अब देशमा मध्यावधि निर्वाचन हुने छ, हामी समाजवादको नारा लिएर, सम्वृद्धी, गणतन्त्र, स्थायित्व, एकता र भौगोलिक अखण्डताको नारा लिएर जनता बिचमा भोट माग्न जान्छौं’, गृहमन्त्री थापाले नेकताका अगुवा कार्यकर्ताबिच बिश्वास दिलाए ।

नेपाल सरकारका सुचना संचार तथा प्रबिधि मन्त्री पार्वत गुरुङले भने, ‘सैद्धान्तिक बिचारमा, दस्तावेजमा बिभेद भएर पार्टीको यो अबस्था आएको होइन । यहाँ त अर्काले नेतृत्व गरेको देख्न नसक्ने केही प्रतिगामीहरुको कारण प्रतिनिधिसभा विघटन भएको हो ।’ दोलखा जिल्लामा कम्युनिष्ट एक भएर जाने समेत गुरुङले दाबी गरे ।

नेकपा बाग्मती प्रदेशका सचिव कम्युनिष्ट पार्टीका नेता आन्दप्रसाद पोखरेलले नेपाली भुमिको रक्षा गर्ने नायक खड्ग प्रसाद ओलीका बिरुद्ध भारतीय दलालहरुले सुरुदेखि उनको नेतृत्वको बिरोध गरेकाले अब नयाँ जनादेशको लागि सरकार अधि बढ्न प्रतिनिधिसभा बिघटन गरेको प्रष्ट पारे ।

नेकपा दोलखाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलालाई विघटित प्रतिनिधिसभाकी सभासद शान्ति पाख्रिन, कृष्ण भुजेल, भरतकेसी, नरबहादुर श्रेष्ठ, भरत दुलाललगायतका नेताहरुले सम्बोधन गरेका थिए । करिब एक हजार जना नेकपा ओली समुहका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेकपाका युवा नेताहरु बिदुर शर्मा, महाराज गुरुङ, लक्ष्मण गुभाजु, धिरज सुवेदी, शक्ति पाठक, राजकुमार ढुङगेलको नेतृत्वमा बिशाल ¥याली सदरमुकाम चरिकोट निकालिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्रीको जिल्ला डडेल्धुराका पाँच पालिकामा मतगणना हुदै, चारमा काँग्रेस अगाडी