Monday, July 26, 2021
Homeप्रदेशप्रदेश ३खोपसम्बन्धी सरकारी योजनाः पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी

खोपसम्बन्धी सरकारी योजनाः पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी

,
sharethis

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउनासाथ सबैभन्दा पहिला कोभिड संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाउने गरी स्वास्थ्यकर्मीको विवरण तयार पार्न थालिएको छ । स्वास्थ्य सेवा विभागले कोरोना संक्रमण नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको विवरण पठाउन मातहतका निकायलाई पत्राचार गरेको छ ।

विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० पुसमा भएको निर्णयअनुसार सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयलाई विवरण पठाउन भनेको हो । कोरोना रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा अग्रपंक्तिमा खटिने सरकारी, गैरसरकारी तथा निजी अस्पताललगायत सबै तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आफ्नो विवरण पठाउन भनिएको छ ।

यसैबीच स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले शुक्रबार स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय कोल्ड चेन (खोप भण्डारण केन्द्र्र)को अनुगमन गरेका छन् । मन्त्री त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कोल्डचेनको पनि निरीक्षण गरेका थिए ।

नेपालमा २ देखि ८ डिग्री तापक्रममा खोप भण्डारण गर्न मिल्ने संरचना बनाइएको छ । पहिलो चरणमा ३ प्रतिशत भ्याक्सिन खरिद गरी कोभिडको उपचारमा खटिएका फ्रन्ट लाइन र सामाजिक दुरी कायम गरी काम गर्न नसक्ने व्यक्तिलाई भ्याक्सिन दिने योजना मन्त्रालयको छ । शुक्रबार देशभर ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । हाल देशभर ५ हजार २१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रदेश १ को इलाममा पाँच, उदयपुरमा ११, खोटाङमा दुई, झापामा १०, तेह्रथुममा एक, धनकुटामा एक, पाँचथरमा तीन, भोजपुरमा एक, मोरङमा ५३, संखुवासभामा २ र सुनसरीमा ३५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश २ को पर्सामा तीन, बारामा चार, सप्तरीमा तीन र सर्लाहीमा दुई जनामा कोरोना पाइएको छ ।

बाग्मती प्रदेशको काठमाडौंमा मात्र १७१ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा एक, चितवनमा १५, दोलखामा एक, धादिङमा तीन, भक्तपुरमा १३, मकवानपुरमा तीन, ललितपुरमा २३ र सिन्धुपाल्चोकमा दुई जनामा कोरोना देखिएको छ । गण्डकी प्रदेशको कास्कीमा ३०, तनहुँमा १३, लमजुङमा ६, बागलुङमा नौ र स्याङ्जामा चार जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा तीन, दाङमा १०, नवलपरासीमा तीन, पाल्पामा तीन, प्युठानमा चार, बर्दियामा सात, बाँकेमा नौ, रोल्पामा एक र रूपन्देहीमा २८ जनामा कोरोना देखिएको छ । कर्णाली प्रदेशको जाजरकोटमा एक, जुम्लामा एक, डोल्पामा सात र सुर्खेतमा एक जनामा कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १९, कैलालीमा १५, बझाङमा एघार र बाजुरामा एक जनामा कोरोना भेटिएको छ ।

पीसीआर परीक्षण घट्यो
शुक्रबार ५ हजार २६९ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण गर्नेको संख्या १९ लाख ७४ हजार ५६१ पुगेको छ । शुक्रबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९०९ पुगेको छ । हाल ३३८ जना क्वारेन्टिनमा छन् ।

शुक्रबार देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ५८५ रहेको छ । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको छ । देशभर हाल २ सय १९ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । १८२ जना आईसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश १ मा चार आईसीयू र एक जना भेन्टिलेटरमा छन् ।

बाग्मती प्रदेशमा ५७ आईसीयू र २३ भेन्टिलेटरमा, गण्डकीमा ६५ आईसीयू र सात भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४३ आईसीयू र पाँच जना भेन्टिलेटरमा रहेका छन् । कर्णाली प्रदेशमा नौ जना आईसीयू र एक जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा चार जना आईसीयूमा छन् । देशभर हाल १ हजार ५६१ कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

(Visited 143 times, 1 visits today)
Loading comments...

आजको समाचार

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

साताका लोकप्रिय समाचार

दुई न्यायाधीशबीच राय बाझिँदा मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना तत्काल रोक्ने वा नरोक्ने भन्ने विवादमा सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाँझिएको छ । न्यायाधीशबीचको राय बाझिएसँगै अब...

स्काउट दीक्षान्त गर्ने गोदावरी पहिलो स्थानीय तह

चापागाउँ (ललितपुर) । नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई ‘स्काउट दीक्षान्त’ गर्ने गोदावरी पहिलो नगरपालिका बनेको छ । देशभरका ७ सय ५३ स्थानीय तहमा...

एउटै भिडियो गीत सम्पादनको एक लाख रुपैयाँसम्म पारिश्रमिक

काठमाडौं । प्राविधिक दुनियाँमा दशकदेखि सक्रिय सुरेशकुमार राउतले चार सयभन्दा बढी म्युजिक भिडियो सम्पादन गरिसके । यसै सातामात्रै उनीद्वारा तीन भिडियो सम्पादन भए ।...

सर्वोच्च अदालतको बहुचर्चित यो मुद्दा

काठमाडौं । सर्वोच्च अदालतमा एउटा भ्रष्टाचार मुद्दाले अन्य दर्जनौं भ्रष्टाचारको मुद्दाको सुनुवाइ नै प्रभावित बनेको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्रष्टाचार...

युवासंघले गर्यो माधव नेपालको सांकेतिक दाहा संस्कार

  काठमाडौं । नेकपा एमालको युवा संगठन युवा संघ नेपालका कार्यकर्ताले वरिष्ठ नेता माधवकुमार नेपालको सांकेतिक दाहा संस्कार गरेका छन् । सोमबार युवा संघको काठमाडौं क्षेत्र...

ट्रेन्डिङ

पहिला प्रचण्डको उछित्तो काढे, पछि प्रिय भए

काठमाडौं । तत्कालीन माओवादी र सात राजनैतिक दलबीच सहमति भयो । १० वर्षे शसस्त्र युद्ध समाप्तीपछि तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड काठमाडौंमा सार्वजनिक हुने भए...

नेपाल विकास र समृद्धिको नयाँ युगतिर : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतिर जाने जमर्को गरिराखेको बताएका छन् । नेपाल पोल्ट्री...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)