लन्डन । एस्टन भिल्लामाथि सहज जित निकाल्दै लिभरपुलले एफए कपको चौथो चरणमा पुगेको छ । एस्टन भिल्लालाई लिभरपुलले ४–१ गोल अन्तरले पराजित गरेको हो । कोरोना संक्रमणका कारण एस्टन भिल्लाले दोस्रो वरियताका खेलाडीलाई मौका दिएको थियो ।
लिभरपुलका लागि साडियो मानेको २, जर्जिन्हो र मोहम्मद सलाहले १–१ गोल गरे । एस्टन भिल्लाका लोइ बारीले सान्त्वना एक गोल गरे । अर्को खेलमा क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको उल्भ्स पनि चौथो चरणमा प्रवेश गरेको छ । खेलको निर्णायक गोल एडम ट्राओरले गरे ।