Sunday, January 24, 2021
Home Editor-Picks पर्यटक लोभ्याउने पाटे बाघ, जनतालाई त्रास

पर्यटक लोभ्याउने पाटे बाघ, जनतालाई त्रास

राजमार्गमा दिनहु बाघ हिँड्न थालेपछि स्थानिय चिन्तित

बर्दिया । बाघ संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज निकै महत्वपूर्ण स्थानको रुपमा चिनिन्छ । निकुञ्जमा वर्षेनी बाघको संख्या बढ्दै जाँदा संरक्षणकर्मी निकै उत्साहित पनि छन् । बाघ अवलोकनकै लागि निकुञ्जमा वर्षेनी पर्यटकको चाप पनि बढ्दो छ । बाघकै कारण बर्दिया निकुञ्ज विश्वमा परिचित पनि हुँदै गएको छ ।

तर पछिल्लो समय पर्यटक लोभ्याउने त्यही बाघ जनताको त्रास भएको छ । एक साता अघि पुस १७ गते बेलुका निकुञ्ज भित्र पर्ने अम्रेनी चिसापानी खण्डको पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलमै झम्टेर बाघले एक जना महिलाको ज्यान लियो । महिला आफनो छोरासँगै मोटरसाइकलमा सवार थिइन् । महिलाको शव करिव १२ घण्टा पछि निकुञ्ज भित्र क्षतविक्षत अवस्थामा फेला पर्यो । दुई दशक अघि पनि सोही स्थानमा एक पुरुषलाई मोटरसाइकलबाटै पाटे बाघले झम्टेर ज्यान लगेको थियो । केही वर्ष अघि ठाकुरबाबा–४ सैनवारका एक युवालाई पनि हात्तीले कुल्चेर मारेको थियो । राजमार्गमा सवारीसाधनमा हिड्दै गर्दा पनि बाघले आक्रमण गर्न थालेपछि यहाँ त्रास बढेको छ ।

पाटे बाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर ज्यान लिएको ठाउँ अम्रनी चिसापानी राजमार्गको आसपासमा हिजोआज हरेक दिन विहान, दिउँसो र रातीमा बाघ देखिने गरेको संरक्षणकर्मी बताउँछन् । हिजोआज दिउँसै राजमार्गमा बाघ विचरण गरेको देखिन्छ । जसका कारण राजमार्गमा यात्रा गर्ने यात्रु निकै त्रसित हुने गरेका छन् । पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गको रम्मापुर–सैनवार र अम्रेनी– कर्णाली चिसापानी सडक खण्डमा बाघलगाएत अन्य वन्यजन्तुको जोखिम बढी छ । यसैगरि हुलाकी सडकको खाता करिडोर क्षेत्रमा पनि बाघको जोखिम बढेको स्थानियबासी बताउँछन् ।

पाटे बाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर ज्यान लिएको ठाउँ अम्रनी चिसापानी राजमार्गको आसपासमा हिजोआज हरेक दिन विहान, दिउँसो र रातीमा बाघ देखिने गरेको संरक्षणकर्मी बताउँछन्

स्थानिय पर्यटन व्यवसायी रेशम थापा भन्छन्,‘ निकुञ्जमा बाघ देखिनु सुखद् खबर त हो । तर बाघले राजमार्गमा गाडीमै आक्रमण गरेर मानिसको ज्यान लिनु निकै चिन्ताको विषय हो । यसको व्यवस्थापन बारे निकुञ्जले तत्काल पहल थाल्नु पर्छ । ’
राजमार्गमा बाघले आक्रमण गर्न थालेपछि निकुञ्ज प्रशासनले तत्काल मोटरसाइकल, साइकल र पैदल यात्रुलाई बेलुका ८ बजेदेखि विहान ६ बजेसम्म ओहोरदोहोरमा रोक लगाएको छ । तर, यो उपाय दिर्घकालिन नभएको स्थानियबासी बताउँछन् । स्थानिय युवराज शर्मा अधिकारी भन्छन्, ‘राजमार्गमा आवतजावत रोकेर समस्या समाधान हुदैन । यसका लागि निकुञ्जले दिगो व्यवस्थापनको उपाए तत्काल खोज्नु पर्छ । ’

राजमार्गमा बाघको त्रासका कारण मोटरसाइकलबाट यात्रा गर्नेहरु वैकल्पिक बाटोबाट लामो यात्रा गर्न बाध्य भएका छन् । मोटरसाइकल यात्रुहरु राजमार्ग छाडेर हुलाकीबाट लामो यात्रा गरेर गन्तब्यमा पुग्ने गरेका छन् । बर्दियामा पछिल्लो ५ महिनाको अवधीमा निकुञ्ज मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वनमा पाटे बाघको आक्रमणबाट ७ जनाले ज्यान गुमाएका छन् । भने पछिल्लो २ वर्षको अवधीमा बाघ आक्रमणबाट १४ जनाको ज्यान गएको छ ।

यो पनि पढ्नुहोस   थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

तस्विरहरू सौजन्य : युवराज शर्मा अधिकारी, भुरिगाउँ बर्दिया

पाटे बाघलगायत वन्यजन्तुबाट हुने क्षती कम गर्न दिगो व्यवस्थानका लागि सरकारले बैकल्पीक उपाय खोज्नु पर्ने चौतर्फी आवाज उठ्न थालेको छ । निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा वन्यजन्तुमैत्री संरचना बनाउन आवश्यक रहेको बर्दिया निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापा बताउँछन् ।

सडक विभागले बजार क्षेत्रमा पुर्व पश्चिम राजमार्गको दाँयाबाँया ३१/३१ मिटर सडक खाली गराउँदै आएको छ । तर निकुञ्ज भित्र पर्ने राजमार्ग क्षेत्रमा भने दाँयाबाँया ३१/३१ मिटर सडक खाली गर्ने काम सडक विभागले गरेको छैन । यसले गर्दा पनि राजमार्गमा वन्यजन्तुको जोखिम बढेको छ । निकुञ्ज भित्र राजमार्ग किनारमा रुख विरुवा र घाँसले ढाकेको छ । वन्यजन्तु त्यहीँ घाँसमा बसिरहेको हुन्छ । गाडीको आवाज सुनेपछि जनावर तर्सिन्छ अनि गाडीमा ठोक्कीने र आक्रमण गर्ने जोखिम हुने गरेको संरक्षणकर्मीको भनाई छ । निकुञ्ज क्षेत्र भित्र पर्ने राजमार्गमा वन्यजन्तुमैत्री संरचना नबनुन्जेलसम्म निकुञ्ज भित्र पर्ने राजमार्ग किनारका रुख, विरुवा र घाँस तत्काल काट्न जरुरी रहेको बर्दिया निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत थापा बताउँछन् ।

निकुञ्ज भित्र पर्ने राजमार्गमा पाटे बाघ हिँडिरहेको फोटो र भिडियोहरु यतिबेला सामाजिक संजालमा आइरहेका छन् । बाघ देख्ने बित्तिकै गाडी रोकेर जिस्काउने तथा फोटो र भिडियो खिच्दा जोखिम हुने भएकाले त्यस्तो कार्य गर्न नहुने राष्ट्रिय प्रकृती संरक्षण कोष बर्दियाका प्रमुख डा. रविन कडरीया बताउँछन् ।

भनिन्छ एकपटक मान्छे खाएको बाघले फेरी मान्छे खान खोज्छ । त्यसैले पनि पाटे बाघले स्थानीयको ज्यान लिने क्रम बढेपछी मान्छे खान पल्केको दुई वटा बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिइसकेको छ । मान्छे मार्न पल्किएको अर्को बाघ पनि डिभिजन वन कार्यालयले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । मोटरसाइकलमा सवार महिलाको ज्यान लिने बाघलाई पनि पहिचान गरि नियन्त्रणमा लिने प्रयास थालिएको निकुञ्जले जनाएको छ ।

राजमार्ग सवारीसाधनबाटै बाघले मान्छे झम्टेर लैजान थालेपछि संरक्षणमा निकै चुनौती थपिएको संरक्षणकर्मीहरु बताउँछन् । राजमार्ग क्षेत्रमा वन्यजन्तुबाट मानविय क्षती कम गर्नका लागि राजमार्गमा वन्यजन्तु मैत्री संरचना निमार्णका लागि विभागमा पहल भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । सन् २०१८ को बाघ गणना अनुसार बर्दिया निकुञ्जमा ८७ वटा वयस्क पाटे बाघ छन् ।

(Visited 67 times, 1 visits today)
Loading comments...

आजको समाचार

वागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल विश्वकै लामो ! गिनिज बुकमा दर्ता प्रकृया सुरु

गलकोट । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको...

न्यायालय माथि दबाब दिनेहरू लोकतन्त्रवादी हुनै सक्दैनन् : प्रभु साह

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि दबाब दिनेहरू लोकतन्त्रवादी हुन नसक्ने बताएका छन् । आइतबार रौतहटको...

मकवानपुरमा नेकपा र जसपाले बहिष्कार गरे निर्वाचन कार्यालयको बैठक

हेटौंडा । वर्तमान सरकारले घोषणा गरेको निर्वाचनका लागि मकवानपुरमा आज आयोजना गरिएको बैठक नेकपा र जनता समाजवादी पार्टी (जसपा) बहिष्कार गरेका छन् । जिल्ला...

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझादारीपत्रमा हस्ताक्षर...

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको...

साताका लोकप्रिय समाचार

सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीमण्डल फेरबदल हुने सम्भावना

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीमण्डल फेरबदल हुने सम्भावना बढेको छ । प्रतिनिधिसभा विघटनपछि दुई समूहमा विभाजित नेकपा सुदूरपश्चिमका ओली समूहका भौतिक पूर्वाधार विकास...

ओलीले गल्ती गरेँ भनुन् केही समय जेल राखेर निकालौंला : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गल्ती गरेको स्वीकारेमा केही समय जेलमा राखेर माफी दिन सकिने बताएका...

भारतले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

काठमाडौं । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ । १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत आज विहीबार बिहान नेपाल...

प्रेमिकालाई गाेली हानेर हत्या गर्ने आङबुहाङ लिम्बु पक्राउ

पाँचथर । आफ्नै प्रेमिकाको हत्या गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५, (साबिक चाँगे गाविस–१)...

मनाङको जंगलमा लागेको आगो २ महिनापछि नियन्त्रण

लमजुङ । हिमाल पारीको जिल्ला मनाङको जंगलमा लागेको आगो करिब २ महिनापछि नियन्त्रणमा आएको छ । नासों गाउँपालिका ८ ताचैं गाउँनजिकैको जंगलमा लागेको आगो...

ट्रेन्डिङ

स्रष्टा पदयात्रा :  दामनमा साहित्यिक कार्यक्रम

काठमाडौँ, । काठमाडौँमा क्रियाशील स्रष्टा पदयात्रीहरु २३२२ मिटर उचाईको दामनमा पुगेका छन् । २०७६ चैत्र १ गते स्रष्टा पदयात्राको ४१औं श्रंखलाअन्तर्गत मकवानपुर जिल्लाको उत्तरी...

नेकपामा एमसीसी विवाद पुनः बल्झियो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर पुनः विवाद सुरु भएको छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ को...

जंगलको बाटोमा हिँडिरहेकी बालिकालाई बलात्कार गर्ने पक्राउ

काठमाडौं । १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा चुरे गाउँपालिका–१ बस्ने २२ वर्षीय लाले घर्तीथापालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा रहेको नाकखेलेढुंगा जंगलको...

कोरोनाले आधा नै घट्यो तीज म्युजिक भिडियो

सुर्खेतकी दीपासा विसी अहिलेकी उम्दा मोडल हुन् । दिनमा तीन वटासम्म तीज भिडियोमा उनले मोडलिङ गरेको अनुभव छ । कोरोना संक्रमणका कारण यसपटक आफूहरूलाई...

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

सिओल । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको...

कोरोना भाइरस संक्रमण १९७ देशमा, मृत्यु हुनेको संख्या १९ हजार नजिक

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार नजक पुगेको छ । पछिल्लो २४ घन्टामा...

तुलसीपुरमा चालकलाई खुकुरी प्रहार गरी अटो र पैसा लुटपाट

तुलसीपुर । दाङको तुलसीपुरमा गएराति ४ जनाको अपरिचति समूहले चालकलाई खुकुरी प्रहारगरी अटो लुटेर लगेको छ । तुलसीपुरको नयाँ बसापर्कबाट भाडामा लिएर राप्ती बबई...

बँचौं र बचाऔं : आशा निभ्न नदिऊँ

‘जे हुँदै छ, त्यो राम्रैका लागि हुँदै छ । जे हुनेछ, त्यो पनि राम्रैका लागि हुनेछ ।’ भागवत गीताको यो हरफले मानव जातिमा व्याप्त...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

४७ हजारका लागि जागिर खुल्यो (लिंकसहित)

काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खोलेको छ । करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

भर्खरै

न्यायालय माथि दबाब दिनेहरू लोकतन्त्रवादी हुनै सक्दैनन् : प्रभु साह

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि दबाब दिनेहरू लोकतन्त्रवादी हुन नसक्ने बताएका छन् । आइतबार रौतहटको...

मकवानपुरमा नेकपा र जसपाले बहिष्कार गरे निर्वाचन कार्यालयको बैठक

हेटौंडा । वर्तमान सरकारले घोषणा गरेको निर्वाचनका लागि मकवानपुरमा आज आयोजना गरिएको बैठक नेकपा र जनता समाजवादी पार्टी (जसपा) बहिष्कार गरेका छन् । जिल्ला...

टेलिकमको कर्मचारी हुँ भन्दै ब्याट्री चोर्ने पक्राउ

सप्तरी, राजविराज । नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न दुईसहित ६ जनालाई...

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

धेरै पढिएका

बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ ९(संशोधनसहित) को परिच्छेद...

वाटमोरलाई क्यानको तीन सर्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उनी एक साताअघि...

गलत मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासियो : कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अबलम्बन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन् । आज मकवानपुरको मकवानपुरगढी...

सडकमै नमुना संसद (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार विद्यार्थीहरूले राजधानीमा ‘नमुना संसद्’ आयोजना गरेका छन् । नेपाल टिन लिडर्सले पुतलीसडकस्थित पद्मोदय मोडमा सडकमै राष्ट्रिय सभाको सांकेतिक...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)