Saturday, February 27, 2021
Home बिचार कोठा र शरीर न्यानो बनाउँदा अपनाउनुपर्ने सतर्कता

कोठा र शरीर न्यानो बनाउँदा अपनाउनुपर्ने सतर्कता

नवल यादवलाई अहिले निमोनियाले आक्रान्त पारेको छ । बिहानी कक्षा भएकाले बाक्लो हुस्सु र शीतलहरमा बिहान ५ बजे नै विद्यालयका लागि तयार भएर जानुपर्छ । लामो समयपछि विद्यालय खुलेकाले कोर्स धेरै पछाडि भएकाले पढाइ पनि छोडन नसक्ने र जाँदा बिरामी पर्ने जोखिम छ । घरमा न्यानो भएर बसे पनि बाहिरको शीतलहरले बिरामी बनाइरहन्छ ।

शीतलहर र हिमपात : हरेक यामका आफ्नै विशेषता, सुखदुःख छन् र त्यहीका कारण सम्झिने पनि गरिन्छ । हिउँदमा बाढी पहिरोको डर नभए पनि उत्पाद चिसो र त्यसले उत्पन्न गर्ने कष्ट, स्वास्थ्य समस्या र धनजनको नोक्सानी उत्तिकै जोखिमपूर्ण हुन्छन् । सरकारी तथ्यांक हेर्दा २१ हिमाली तथा उच्च पहाडी जिल्ला हिमपात र तराईका ११ जिल्ला शीतलहरको उच्च जोखिममा पर्दछन् भने पहाडी भेगका अन्य ३४ जिल्ला चिसो प्रभावित र तराईका अन्य ११ जिल्ला शीतलहरको जोखिममा पर्दछन् । चिसो आफैं मात्र समस्या होइन, त्योसित जुध्नका लागि नागरिकसित उचित स्रोतसाधन नहुनु प्रमुख समस्या हो । जसका लागि सरकारको उपस्थिति जरुरी छ ।

जाडोमा तातोको सहारा लिन प्रयोग गरिने धुम्रपान, मद्यपान, आगो ताप्नका लागि बालिने हिटरबाट पोलिने तथा झ्यालढोका बन्द गरी मकल बाल्दा हुने क्षतिका बारेमा चर्चा गरी साध्य नै छैन

स्वास्थ्य समस्या : जाडोको मौसममा खासगरी रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङकाइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनिया, दादुरा, ठेउला, चिसोको एलर्जी, घाँटीको संक्रमण, भाइरल झाडापखाला, छाला फुट्ने, चिलाउने, सुन्निने, सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुनेलगायत मुटु कमजोर बन्दछ । हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाँही घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, अपच, पखाला, आउँजस्ता पाचनसम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउँछ । मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पर्दछन् ।

न्यानो बनाउँदा होसियार : जाडोबाट उत्पन्न यावत समस्याबाट बच्न खोज्दा पनि गत साल राजधानीको कपनमा दुई जना युवक कोठा न्यानो पार्न बालिएको बायोब्रिकेटबाट निस्केको ग्याँसले निसासिएर मृत्युवरण गरे र पुन बिउँझिएनन् । सुकेधारामा एक महिलाको बाथरुममा नुहाउँदा मृत्यु भयो । नगरकोटको होटलमा दुई चिनियाँ नागरिक मृत अवस्थामा पाइए । यति मात्र होइन, पार्टी प्यालेसमा जेनेरेटर चलाएकै कोठामा सुतेका दुई कामदारको मृत्यु भयो । नेपालमा शंकास्पद सिओका कारण मृत्यु हुने शतक बढी भएपनि तथ्यांकले वार्षिक तीन दर्जन देखाउने गर्छ ।

जाडोमा तातोको सहारा लिन प्रयोग गरिने धुम्रपान, मद्यपान, आगो ताप्नका लागि बालिने हिटरबाट पोलिने तथा झ्यालढोका बन्द गरी मकल बाल्दा हुने क्षतितका बारेमा चर्चा गरी साध्य नै छैन । बिजुली, कोइला, दाउरा तथा ग्यासको उपयोग गर्दा निस्कने ग्याँस जुन देख्न, सुध्न र महसुस गर्न सकिँदैन । त्यो कार्बन मोनोअक्साइड हो, जसलाई अदृश्य हत्यारा वा मौन हत्यारा पनि भनिन्छ । बिनाकुनै संकेत र लक्षण कसैको ज्यान लिन सक्ने अवस्था वा कारकका रूपमा यसलाई लिइन्छ । सीओको विषाक्तताबाट बढी प्रभावित हुनेमा मुटु, श्वाससम्बन्धी, रगतको कमी भएका बिरामी, गर्भावस्था, गर्भका शिशु र वृद्धा पर्दछन् ।

अदृश्य हत्यारा : सीओ ग्यास सामान्यत सही रूपले बल्न नसकेको स्टोभ, हिटिङ सिस्टम, जेनेरेटर तथा चुरोट र मट्टीतेल, ग्याँसबाट चल्ने हिटर, गिजर तथा स्टोभ आदिको ग्यास तथा धुवाँमा पाइन्छ । ग्याँस गिजरमा पानी ताती रहँदा कार्बनमोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए निस्सासिएर नुहाउने व्यक्तिको मृत्यु हुन सक्छ । गिजर प्रयोग हुँदा प्रोपन ग्याँस भारी हुने भएकाले भुइँमा बस्छ र अक्सिजन कम भएर सीओ ग्याँसको निर्माण हुन्छ । सीओ श्वासका माध्यमबाट शरीरमा पुगेपछि रगतमा मिसिन्छ र शरिरको अक्सिजन सोस्ने क्षमतामा कमी ल्याउ“छ । यो प्रक्रियाले शरीरलाई हानिनोक्सानी मात्र पु¥याउँदैन मृत्युसमेत हुन सक्छ ।

सीओको सामान्य सम्पर्कमा आउँदा सुरु शुरुमा अलिअलि टाउको दुख्छ । निरन्तर सम्पर्कमा रहदा तीव्र टाउको दुखाइ, रिगटा, थकान, वाकवाकी, चिटचिट हुनेजस्ता समस्या देखिन सक्छ । त्यस्तै, निर्णय क्षमता, स्मरणशक्ति र अंगमा तालमेलको कमी हुन्छ । स्नायुतन्त्रमा दीर्घकालीन हानि, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ । प्रारम्भिक लक्षणहरूमा ध्यान नदिँदा प्रभावित व्यक्ति बेहोसीको अवस्थामा जान्छन् तर कहिलेकाहीँ बिनाकुनै लक्षण बेहोस हुन सक्छन् । न्यून मात्राको सीओको निरन्तर सम्पर्कमा रहँदा वा एकैपटक धेरै मात्रामा सम्पर्कमा रहँदा स्रोत हटाएपछि पनि स्वास्थ्यमा दीर्घकालीन नोक्सान पुग्न सक्ने सीडीसीको तथ्यपत्रमा उल्लेख छ । ग्याँसले कमजोर बनाउँछ, चेतना हराउँछ, प्रभावित व्यक्ति कराउन पनि सक्दैन र स्लिपिङ टयाब्लेट खाएझंै लठ्ठ पार्छ र अन्ततः मृत्यु हुन्छ ।

सरकारले विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्य राष्ट्रिय मार्गदर्शन–२०७७ स्वीकृत गरे पनि त्यसअनुसारको छलफल, तयारी र उचित व्यवस्थापन भएको देखिँदैन

टाउको दुखेकोदुखै गर्नु, सोच्ने क्षमतामा असर हुनु, सास फेर्न असजिलो हुनु, हडबडाउन थाल्नु, आ“खा र हातको तालमेल हुन छाडनु, मुटुको चाल बढ्नु, शरीरको तापक्रम कम हुनु, पेटमा समस्या उत्पन्न हुनु, रक्तचापमा कमी हुनु कार्बन मोनोअक्साइड विषाक्तताको लÔणहरू हुन । विषाक्तता माटोको घरमा भन्दा सिमेन्टेड घरमा छिटो र बढी हुन्छ । रगतमा सीओ नाप्न मिल्नेगरी छोटो समय मात्र रहन्छ तुरुन्तै निस्किहाल्छ । शरीरमा वा रगतमा सीओको मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ । रगतमा सीओको मात्रा ६० प्रतिशत ह“ुदा मान्छेले चेतना गुमाउ“छ, बेहोसी बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ ।

खतरनाक प्रदूषण : २०७७ पुस २१ गते अपराह्नसम्म विश्वका ५० सहरमध्ये काठमाडांैको वायुप्रदूषण नम्बर १ मा थियो । नेपालमा बर्सेनि मृत्यु ४२ हजार १ सय जना छ । प्रदूषित कणले श्वासप्रश्वास र रक्तसञ्चार प्रणालीमा प्रवेश गरेर मुटु, मस्तिष्क र फोक्सोलाई असर गर्छ । २२ गते बादल हट्दै गई घाम लागेकाले भिजिबिलिटी बढेको छ, प्रदूषणको मात्रा घटेको छ । पुस २० र २१ गते काठमाडौंका विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक ४ सय बढी भएको थियो । नेपाल सरकारले एक्यूआई ५० सम्म स्वस्थ ३ सय नाघे विपद्को रूप लिने भनिएको छ । एक्यूआईले आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । त्यसै पनि हिउँदमा वर्षायामभन्दा चार÷पाँच गुणा बढी हुन्छ ।

धुम्रपानभन्दा घातक मानिने वायुप्रदूषण खतराको घण्टीमा छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनपर्छ, जसलाई उपयुक्त मानिन्छ । ५१ देखि १ सय सामान्य, २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर र ३ सय १ भन्दा माथि पुगे घातक मानिन्छ । विश्व स्वास्थ्य संगठनले १० मृतकमध्ये १ जनाको वायुप्रदूषणबाट ज्यान जाने गरेको छ । एक अध्ययनमा युद्धसहित सबैखाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक छ र धुम्रपानबाट हुने मृत्युभन्दा धेरै छ । वायु प्रदूषणले सामान्यत आ“खा, नाक र वायुमार्गमा जलन उत्पन्न गर्छ र मुटुका साथै फोक्सोलाई बढी असर गर्छ । दम, मुटु र एलर्जीपीडित बढी जोखिममा हुन्छन् । वायुप्रदूषण–साइलेन्ट किलर, हावामा चारैतिर फैलिने भएकाले यसबाट कोही पनि जोगिन मुस्किल छ ।

अन्त्यमा, प्रदूषण, चिसो तथा शीतलहरले कष्टकर बनाउने सामान्य नै भयो । नेपालका लागि तर यसकै कारण ज्यान गुमाउनु, गुमनाम मृत्युवरण गर्नु बाध्य हुनु लज्जास्पद हो । सरकारले विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्य राष्ट्रिय मार्गदर्शन–२०७७ स्वीकृत गरे पनि त्यसअनुसारको छलफल, तयारी र उचित व्यवस्थापन भएको देखिँदैन । विपद्बाट ज्यान गुमाएका परिवारलाई २ लाखका दरले थप राहत दिने व्यवस्था छ । तर, क्षति न्युनीकरण तथा रोकथामका पहल साह्रै नगन्य छ ।

(Visited 92 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।जोशीको मस्तिष्कमा रगत जमेको र शल्यक्रियाको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ...

औषधि विभागका अधिकृत रु दुई लाख घुससहित पक्राउ

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय...

आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको छ । स्रोतका अनुसार बैठकले...

च्याम्पियन लिग: चेल्सी र म्युनिख सफल

लन्डन । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिख र लन्डन क्लब चेल्सी विजयी भएका छन् ।म्युनिखले लाजियोलाई पराजित गरेको हो भने चेल्सीले स्पेनिस क्लब...

सात महिनामा पाँच सय ५ फरार अपराधी प्रहरी नियन्त्रणमा

सप्तरी, राजविराज । चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएका ५ सय ५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको...

ट्रेन्डिङ

रुकुम पश्चिममा एउटै कार्यालयका १० जना कर्मचारीमा कोरोना संक्रमण

तुलसीपुर । रुकुम पश्चिममा कोलिनीका कार्यालयमा कार्यरत ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यस अघि गएको साउन २८ गते नेपालगञ्जबाट रुकुम पश्चिम...

ढोकाअगाडि सुशासनको शपथ, टेबलमुनिबाट घुसको बकस

काठमाडौं । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न । म देश र...

कोरोना, लकडाउन र अर्थतन्त्र

सरकारले सीमानाकाबाट आवागमन रोक्न र घरबाहिर ननिस्कनका लागि लकडाउनको अवधि २५ चैतसम्म पु¥याएको छ । योसँगै कोरोना भाइरस संक्रमण तथा रोकथाममा खटिने...

कान्तिपुर समूह विजेता

मोरङ ।   कान्तिपुर र कोसी कलेज विराटनगरमा जारी यू–२१ अन्तरकलेज लिगकम नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । विराट बुद्ध स्पोर्ट्स क्लबको...

काभ्रेमा कोरोना संक्रमितको संख्या बढ्दै, थप ३ जनामा संक्रमण

काभ्रेपलाञ्चोक । जिल्लाका थप तीन जनामा कोरोना पुष्टि भएको छ । बनेपा नगरपालिका १३ भैँसेपाटी, पनौती नगरपालिका वडा नम्वर २ कुशादेवी र वडा नम्वर...

कोरोनावाट जोगाउन थुनुवालाई धरौटीमा हिरासतमुक्त

जनकपुरधाम । कोरोना भाइरस संक्रमण जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रहरी कार्यालय धनुषाले थुनुवालाई धरौटीमा हिरासतमुक्त गर्न सुरु गरेको छ ।...

भ्रुण हत्या आरोप लागेका अध्यक्ष सम्पर्कविहीन

पाँचथर । अन्तरजातीय विवाह गरेकी एक दलित किशोरीलाई भ्रुण हत्या गर्न बाध्य पारेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर...

अस्पताल पुग्ने निःशुल्क सेवा चाहिए सुभासलाई फोन गर्नुस् !

काठमाडौं । लकडाउनमा अत्यावश्यक सेवा सुचारु हुनुपर्छ । अत्यावश्यक सेवा के हो भन्ने कुरा कानुनले व्याख्या गरेको छ । त्यो व्याख्यामा स्वास्थ्य...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

धेरै पढिएका

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

मिस र मिसेस ब्युटिफुलका प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं । दक्ष इन्टरटेनमेन्टले १५ फागुनमा राजधानीमा मिस ब्युटीफुल नेपाल र मिसेस ब्युटिफुल नेपाल २०२१ आयोजना गर्ने भएको छ । मिस ब्युटीफुल नेपाल २०२१...

अब सबै होटलहरूमा सरकारी निशान छाप

काठमाडौं । सरकारले मुलुकभरमा रहेका सबै प्रकारका होटलहरूमा सरकारी निशान छाप अंकित संकेतहरू राख्नुपर्ने नियम ल्याएको छ । सरकारले सबै होटललाई अनिवार्य रूपमा आफ्नो वर्गीकरणअनुसारको...

निर्यात ७ प्रतिशतले वृद्धि

काठमाडौं । गत महिनासम्म आयातमा कमी र निर्यातमा बढी रहे पनि माघमहिनासम्ममा आइपुग्दा आयातले गत वर्षकै लय समाएको छ भने निर्यात ७ प्रतिशतले बढेको...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)