Saturday, March 6, 2021
Home प्रदेश प्रदेश ३ सर्वोच्चलाई प्रभावमा पार्ने प्रयासले न्यायसम्पादनमा अवरोध

सर्वोच्चलाई प्रभावमा पार्ने प्रयासले न्यायसम्पादनमा अवरोध

अवहेलनामा कारबाही हुन सक्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भई संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको अवस्थामा न्यायालयबाट आउने सम्भावित फैसलाको विषयमा न्यायालयकै अवहेलना हुने गरी विभिन्न खाले टीका टिप्पणी, भनाइ र अभिव्यक्ति आउने क्रम बढेको छ । जसका कारण सर्वोच्चको न्यायसम्पादनमै गम्भीर अवरोध सिर्जना हुन सक्ने सम्भावना देखिएको छ ।

न्यायलाई नै प्रभावमा पार्ने गरी कार्यहरू बढिरहेकाले त्यस्तो कार्य गर्नेविरुद्ध अवहेलनामा मुद्दा चलाउनुपर्ने मागसमेत उठ्न थालेको छ । न्यायसम्पादनमा अवरोध सिर्जना गर्ने जो सुकैमाथि सर्वोच्चले अवहेलनामा कारबाही गर्न सक्ने अधिकार संविधानले नै दिएको छ ।

संसद् विघटनविरुद्धको मुद्दामा न्यायालयबाहिर अनावश्यक बहस धेरै
–शंका उपशंकाका रूपमा हेरिनु न्यायलाई कमजोर बनाउने दुराशय

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ संवैधानिक इजालासमा जारी रहँदा विभिन्न आन्दोलनमा रहेका पक्षको फरक फरक मतका कारण न्यायसम्पादनमै अवरोध सिर्जना हुन पुगेको हो । न्यायालयले दिने न्यायको विषयमा शंका र उपशंका गर्नु पनि न्यायसम्पादनमा नै अवरोध सिर्जना गर्नुसरह रहेको कानुनविद्को तर्क छ । शुक्रबार मात्रै संवैधानिक इजलासमा रहेको विषयमा चार जना पूर्व न्यायाधीशहरूले दिएको अभिव्यक्ति पनि विवादित बनेको छ ।

नेपालको संविधानको धारा १२८ को उपधारा ४ मा मुद्दा मामिलाको रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालना गर्नुपर्ने उल्लेख छ । सर्वोच्च अदालतले आफ्नो वा मातहतका अदालतको न्यायसम्पादन कार्यमा कसैले अवरोध गरेमा कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने व्यवस्था संविधानले गरेको छ ।

सर्वोच्च अदालतले मातहतका अदालतको न्यायसम्पादन कार्यमा कसैले अवरोध गरेमा कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने व्यवस्था संविधानमा गरिएको छ ।

प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषय सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोक्ने काम भइसकेको अवस्थामा न्यायालय बाहिर नै अनावश्यक बहस हुनुले सर्वोच्चलाई न्यायसम्पादनमा अवरोध सिर्जना गर्न सक्ने देखिएको हो ।

संविधानको धारा ७६ ले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिएको छ कि छैन भन्ने विषयमा सर्वोच्चबाट निक्र्योल हुनुअघि नै सडकबाट फैसलाको प्रयास हुनुले संविधान र लोकतन्त्रमाथि गम्भीर धावा बोल्न खोजिएको अर्थका रूपमा विश्लेषण हुन थालेको छ ।

नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनका लागि बाहेकको कुनै अवस्थामा पनि प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको भन्दै नेकपाको प्रचण्ड–नेपाल पक्ष, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, जसपालगायतका दलले विरोध गर्दै आइरहेका छन् ।

अहिले दिनहुँजसो हुने सभा सम्मेलनमा सर्वोच्चमा विचाराधीन रहेको संसद् विघटनविरुद्धको रिटको विषयमा प्रश्न उठिरहेका छन् । केही कानुन व्यवसायीले संसद् विघटनको विषयलाई सर्वोच्चको पूर्ण इजलासबाट सुनुवाइ हुनुपर्ने माग गरिरहेका छन् । यद्यपि अहिलेसम्म संसद् विघटनविरुद्धको रिट संवैधानिक इजलासमै विचाराधीन रहेको छ ।

केही समयअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा विचाराधीन रहेको सो मुद्दाको विषयमा अदालतले संसद् पुनस्र्थापना गर्ने दाबी गरे । अदालतले संसद् पुनस्र्थापना नगर्नेमा आफू ढुक्क रहेकोसमेत प्रस्ट्याएका थिए । संसद् विघटनको विषयमा सर्वोच्चमा परेको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाहिर टिप्पणी गर्न नहुने र फैसलालाई मान्नुपर्ने बताइरहेको बेला, अर्को वरिष्ठ नेता रामचन्द्र पौडेले संसद् विघटनविरुद्ध सडकबाट आन्दोलन गर्नुपर्ने र अदालतले प्रधानमन्त्री ओलीको कदमलाई साथ दिन नहुने बताएका छन् ।

यो पनि पढ्नुहोस   काग्रेस अझै अनिर्णीत

पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त रूपमा विज्ञप्ति निकालेर संसद् विघटन गर्नु असंवैधानिक कदम भन्दै न्यायालयलाई दबाब दिएका छन् । उनीहरूको यस्तो दबाब दिने कार्यलाई केहीले संविधान र न्याय प्रणालीलाई नै चुनौती बताएका छन् भने केहीले न्यायप्रणाली र लोकतन्त्रको रक्षाका लागि उनीहरूले आवाज उठाएको दाबी गरेका छन् । जस्तासुकै दाबी रहे पनि सर्वोच्चमा विचाराधीन विषयमा पूर्व प्रधानन्यायाधीशले आवाज उठाउनुलाई पदीय जिम्मेवारीमाथिको खेलबाडका रूपमा विश्लेषण गरिएको छ ।

संविधानको धारा १३५ मा प्रधानन्यायाधीशले सेवानिवृत्त भएपछि कुनै पनिन अड्डा अदालतमा बहस पैरवी, मेलमिलाप वा मध्यस्ततासम्बन्धी कार्य गर्न नपाइने व्यवस्था छ । संविधानको यो व्यवस्थाले पूर्व न्यायाधीशलाई सर्वोच्चमा विचाराधीन विषयमा कुनै प्रकारको दबाब दिन नमिल्ने अर्थका रूपमा विश्लेषण गर्न सकिने बताइएको छ ।

संसद् विघटनको न्यायिक परीक्षण सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको अवस्थामा सम्भवतः पहिलोपटक पूर्व प्रधानन्यायाधीशले सामूहिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेपछि उनीहरू विवादितसमेत भएका छन् । उनीहरूको विज्ञप्तिको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्रै युवा विद्यार्थीको भेलामा सडकबाट आदेश जारी नगर्न चेतावनीसमेत दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि न्यायलाई कतैबाट अवरोध सिर्जना हुन नहुनेमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व प्रधानन्यायाधीशको असंवैधानिक वक्तव्यबाजी संविधानको भाग ११ मा रहेको न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप रहेको बताएका छन् ।

‘यो अदालतलाई प्रभावित गर्ने र भीडको निहित चाहनामुताबिक फैसला गर्न प्रेरित र बाध्य गर्ने दूराशयपूर्ण कार्य हो,’ प्रेस सल्लाहकार थापाले राजधानीसँग भने । थापाले सामाजिक मर्यादा र मानकका सारा स्थापित सीमा भत्काउने यस्तो क्रियाकलापले न्यायिक क्षेत्रमा अराजकता र भीडतन्त्रको पैरवीलाई प्रोत्साहित गर्ने आरोप लगाए । मानव अधिकारकर्मी सुबोधराज प्याकुरेलले पनि सामाजिक सञ्जालमार्फत पूर्व न्यायाधीशको विज्ञप्तिको विरोध गरेका छन् । प्याकुरेलले पूर्वप्रधानन्यायाधीशको एउटा जत्थाले विचाराधीन मामिलामा सार्वजनिक रूपमा कोकोहोलो गर्नुले मर्यादाका सबै सीमा भत्काएको आरोप लगाएका छन् ।

‘फैसला जे आओस्, नजिर बिग्रियो । अराजकहरू देशको हरेक कोठाचोटामा पुगिसकेका रहेछन् भन्ने प्रमाणित भयो । अन्तिम युद्धको ललकार गरेका हुन् ? नेपाल सिंगै लज्जाग्रस्त भइन्,’ प्याकुरेलले भनेका छन् ।

(Visited 142 times, 1 visits today)
Loading comments...

आजको समाचार

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४...

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १८ चलचित्र

काठमाडौं । नवौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२१’ (नाफ २०२१) आगामी १२० वैशाखबाट १२ वैशाखसम्म काठमाडौंमा आयोजना हुने भएको छ । यो महोत्सवका लागि...

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

सातामा ६ अर्बले कारोबार घट्दा बजार पुँजीकरण ५६ अर्बले घट्यो

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबार रकम र बजार पुँजीकरण दुबै घटेका छन् । गत साताको तुलनामा करोबार रकम ६ अर्बले...

साताका लोकप्रिय समाचार

पूर्णिमा मिस ब्युटिफुल नेपाल र पवित्रा मिसेस ब्युटिफुल नेपाल

काठमाडौं । यो वर्षको मिस ब्युटिफुल नेपालको उपाधि पूर्णिमा क्षत्रीले र मिसेस ब्युटिफुल नेपालको उपाधि पवित्रा वञ्जारा जितेका छन् । दक्ष इन्टरनेसनल प्रालिले राजधानीमा...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

स्राेताकाे मन जित्दै ‘हातैका पौजाले…’

काठमाडाैं । लाेक शैलीकाे गीत  रातो घलेकिमाको  सफलतापछि गायक तथा गीतकार कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’ सार्वजनिक भएको छ ।
यो पनि पढ्नुहोस   काग्रेस अझै अनिर्णीत
कुशल बेलबासे र गायिका...

काग्रेस अझै अनिर्णीत

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

ट्रेन्डिङ

इटहरीमा एकैदिन ५८ जनामा कोरोना संक्रमण पुष्टि

इटहरी । इटहरी उपमहानगरपालिकामा एकैदिन ५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बुधबार इटहरी उपमहानगरपालिकामा एकैदिन ५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि...

मन्त्री नै बस रिजर्भ गर्दै मजदुर घर पठाउँदै

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले लकडाउनले भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदुरलाई उद्दार गरी घर पठाएका छन्...

हालान्ड डर्टमन्डमै केन्द्रित

म्युनिख । जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार अर्लिङ ब्राउट हालान्डले स्पेनिस क्लब रियल मड्रिड जाने हल्लालाई अस्वीकार गरेका छन् । १९ वर्षे युवा...

इरानमा पनि कोरोना भाइरसबाट ५ जनाको मृत्यु

तेहरान । इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको...

हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु

खाँदबारी । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौँस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग...

वैदेशिक रोजगारी र विदेश अध्ययन जान खुला

काठमाडौं । सरकारले वैदेशिक रोजगारी र विदेश अध्ययनमा जान चाहनेका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार...

कोभिड–१९ रोकथाममा खटिएका चिकित्सक भन्छन्– हामी आफैं चनाखो छौं, किन डराउने ?

काठमाडौं । कोभिड–१९ रोकथाममा सक्रिय चिकित्सकले आफू सचेत हुँदै संक्रमितको उपचारमा खटिएको बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर...

कोरोना प्रभाव : श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छाड्ने मेयर साहको संकल्प

गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् । ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक...

दाहाल संसदीय दलको नेता चयन

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको...

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा...

तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड

पोखरा । प्रभु बैंक लिमिटेडले ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज शुक्रबार एक...

धेरै पढिएका

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार सभापति देउवाले आज दिउँसो ३...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

‘आँधी तुफान २’ मा महिलाकाे द्वन्द

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार काठमाडौ मल स्थित डाड्युपन्यु रेष्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)