करेन्ट लागेर मृत्यु भएको हात्तीको हिन्दु परम्परा अनुसार अन्त्येष्टि

सप्तरी । सप्तरीमा विद्युतीय धरापमा परि शनिबार जंगली हात्तीको मृत्यु भएको घटनाप्रति जिल्ला वन कार्यालय सप्तरीले चिन्ता व्यक्त गरेको छ । विद्युतीय धराप पारेर हात्तीलाई मारिनु गैरकानुनी समेत रहेको भन्दै जिल्ला वन अधिकृत सन्तोष झाले जंगली जनावरको सुरक्षाका लागि टाक्सफोर्स गठन आवश्यकतामा जोड दिएका छन् ।

डेढ महिनाअघि सप्तरीको कंचनरुप नगरपालिका ५ स्थित परेमारामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको अन्दाजी २०/२१ वर्षको हात्ती विद्युतीय पोलमा करेन्ट लागेर मृत्यु भएको थियो । पछिल्लो पटक शनिबार सोही ठाउँबाट आएको अर्को १८/१९ वर्षीय हात्ती खडक नगरपालिका ४ अमाहाका कृषक गोसाईराम चौधरीले गहुँबालीको सुरक्षाका लागि खेतमा जडान गरेको विद्युतीय तारमा परी मरेको हो ।

जंगली जनावरलाई विद्युतीय पासो थापेर यसरी मार्ने काम गैरकानुनी भन्दै वन अधिकृत झाले यो मानव तथा वन्यजन्तुबीचको डरलाग्दो स्वरुप भएको समेत बताएका छन् । विद्युतीय धराप थाप्ने व्यक्ति हाल फरार रहेको जानकारी दिँदै उनले निजमाथि कानुनी कारवाही गरिने समेत बताएका छन् ।

वन्यजन्तुहरुको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम समेत अघि बढिसकेको उनको भनाई छ । यसैबीच शनिबार मरेको हात्तीलाई पण्डित समेतको उपस्थितिमा हिन्दु परम्परा अनुसार घटनास्थल नजिकै गहिरो खाडल खनेर अन्त्येष्टि गरिएको वन अधिकृत झाले जानकारी दिएका छन् । हात्तीको अन्त्येष्टिका लागि जिल्ला वन कार्यालयले आवश्यक सबै खर्चको व्यवस्था मिलाएको वन अधिकृत झाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
पोखराको मेयरमा एकीकृत समाजवादीको ५ सय मतान्तरले अग्रता