लक्ष्मी आचार्यको गीतमा राजेश हमालको अभिनय

काठमाडौं । गायिका लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मन परयो’ सार्वजनिक भएको छ । आकर्षक भिडियो साहित सार्वजनिक गीतमा आचार्यलाई कुलेन्द्र बिश्वकर्माले स्वरमा साथ दिएका छन् ।

माया प्रेमका शब्दले भरिएको निकै मिठास पुर्ण गीतमा प्रलाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको छ । गीतको भिडियो पनि फिल्म शैलीमै तामझामका साथ तयार गरिएको छ । भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री नीता ढंगानाको साथमा गायिका लक्ष्मीको समेत अभिनय देख्न सकिन्छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो गीतलाई सिगार्न सफल देखिन्छ ।

शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले कार्यकर्ताले गरे मतगणनास्थलमा पत्रकारलाई दुर्व्यवहार