Sunday, May 9, 2021
Home अर्थ निगम र केयू बीच हाइड्रोजन इन्धन उत्पादन गर्न सम्झौता

निगम र केयू बीच हाइड्रोजन इन्धन उत्पादन गर्न सम्झौता

,

काठमाडौं । नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय बीच हाइड्रोजन इन्धन उत्पादन गर्न सम्झौता भएको छ । पेट्रोलियम पदार्थ र ऊर्जा क्षेत्रको विकासमा शैक्षिक संस्था र सरकारी निकायवीच सहकार्य वृद्धि गर्ने उद्देश्य सहित शुक्रबार निगम र केयुबीच एमओयूमा हस्ताक्षर भएको हो । एमओयुमा केयुबाट स्कुल अफ इन्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपाली र निगमबाट निर्देशक दीपक बरालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेल र केयुका पूर्व रजिष्ट्रार डा. भोला थापाको उपस्थिति रहेको थियो ।

भारतबाट इन्धन खरिद गरी नेपाली बजारमा बिक्री गर्ने आयल निगमले एओयूपछि भने केयुको सहयोगमा नेपालमै इन्धन उत्पादन गर्दै निर्यात गर्नेसम्मको योजना बनाएको छ । यदि बिजुली खेर जाने अवस्था आए त्यसैबाट ‘हाइड्रोजन इन्धन’ उत्पादन गर्ने योजना रहेको केयु मेकानिकल इन्जिनियरिङ विभागका उपप्राध्यापक विराजसिंह थापाले बताए । ‘हाइड्रोजन इन्धन भविष्यको ऊर्जा र इन्धन हो । विकसित मुलुकहरुले गाडी, विमान, रेललगायतमा हाइड्रोजन इन्धन प्रयोग गरी परम्परागत इन्धनलाई विस्थापित गर्दै लगेका छन्,’ उनले भने, ‘नेपालसँग बिजुली भएकाले ग्रीन हाइड्रोजन इन्धनको उत्पादन गर्न सकिन्छ ।’ थापाले नेपालसँग बिजुली सरप्लस हुने तर, निगम भने भारतबाट इन्धन खरिद गरिरहने अवस्थालाई न्यूनीकरण गर्ने विषय एमओयूको महत्वपूर्ण पक्ष भएको बताए । यी सबै कार्यहरुलाई चाहिने प्राविधि, नीति निर्माण, पूर्वाधार, जनशक्ति र ज्ञानलगायतको पक्ष केयुले विकास र विस्तारमा गर्दै लैजाने उनले बताए ।

स्वदेशी स्रोतबाटै उत्पादित इन्धन र ऊर्जाको खपत नेपालमा हुन नसके निर्यात गर्नेसम्मको परिकल्पना गरिएको छ । केही समयअघि मात्रै ‘ग्रीन हाइड्रोजन ल्याब’ सञ्चालनमा ल्याएको केयुले अनुसन्धान र विकासका लागि आर्थिकरूपमा सबल कम्पनीको साथ खोजी गरिरहेको थियो । निगमसँग सहकार्य हुँदा प्रस्तावित योजनामा काम गर्न सहज हुने केयु प्राध्यापकहरूको भनाइ छ ।

सम्झौतापछि निगमले हाल सञ्चालन गरिरहेका सबै परियोजनाहरुमा आवश्यक पर्ने इन्जिनियरिङ परामर्श केयुले उपलब्ध गराउने बताइएको छ । केयुले आयल निगमको अटोमेसन, डिजिटलाइजेसन लगायतका पक्षमा समेत काम गर्ने सम्झौतामा उल्लेख भएको थापाले जानकारी दिए । केयुले निगमलाई आवश्यक पर्ने तालिमदेखि रिसर्च र पाठ्यक्रम विकासमा सहयोग गर्ने बताइएको छ । नेपाल भित्रै रहेका पेट्रोलियम खानीहरुको अन्वेषण गरी पेट्रोलियम पदार्थको उत्पादन र वितरणमा सहकार्य गर्ने पनि समझदारी भएको छ ।

थापाले आयल निगम र केयुबीच इन्धन र ऊर्जा क्षेत्रमा पाँच वर्ष सहकार्यका लागि सम्झौता भएपनि प्रभावकारिता अनुसार सम्झौता नविकरण गर्दै लग्ने बताए । केयुले निगमकै स्रोतबाट यी परियोजना सञ्चालन गर्ने जनाएको छ ।

(Visited 149 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

साताका लोकप्रिय समाचार

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

जनकपुरमा २१ गतेदेखी निषेधाज्ञा

जनकपुरधाम । कोभिड १९को नयाँ भेरियन्टको संक्रमण जनकपुरधाममा बढ्दै गएको बेला जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लामा...

अझै सामाजिक बहिस्कार हुने डरले कोरोना परिक्षण गर्दैनन्

बझाङ । शुक्रबार खप्तडछान्ना गाँउपालिकाका ३७ बर्षिया पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भयो । मृतक पुरुष केही समय अघि देखी नै विरामी परेका भएपनि...

धनगढी प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । सब्सिच्युट दर्शन गुरुङको गोल मद्दतमा पोखरा थन्डर्सलाई...

बेलायतबाट नेपाली चलचित्र

काठमाडौं । दन्त चिकित्सक डा. कपिल रिजालले नयाँ चलचित्र निर्माण गरेका छन् । उनले आफ्नो निर्देशनमा लघु चलचित्र कर्मा: लाइफ इज ए बुम-याङ, यु...

ट्रेन्डिङ

फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी

लन्डन । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहको खेलमा गएराति फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी भएका छन् । साविक विश्व विजेता फ्रान्सले...

भागरथी हत्या : अभियुक्त केही दिनमै सार्वजनिक !

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. ७ चडेपानिकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको ८ दिन पुरा भएको छ । अहिलेसम्म...

अझै भयावह बन्दै कोरोना संक्रमण

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने...

राजनीतिक पूर्वाग्रहको आधारमा जग्गा प्रकरणमा मेरो नाम जोडियो : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले धरान सर्दु जलाधार क्षेत्रको ‘सरकारी जग्गा व्यक्तिको नाममा गरेको भनी आफ्नो नाम जोडेर गलत प्रचारप्रसार गर्नुलाई राजनीतिक पूर्वाग्रह भएको’...

सरकारी खाता ५६ अर्बले घाटामा

काठमाडौं । आर्थिक वर्ष २०७६-७७ को नौ महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५६ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो...

संखुवासभामा एमाले माधव–केपी समूहको जुहारी

संखुवासभा । सर्वाेच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई ब्यूँताएकोपछि संखुवासभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली समुह र वरिष्ठ नेता माधव नेपाल समुहबीच...

पराजित बैंग्लोर शीर्ष चारमा सुरक्षित

युएइ । इरोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भए पनि बैंग्लोर शीर्ष चारमा...

कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

एजेन्सी । विश्वभर महामारीकारूपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । २४ घण्टामा ५ हजार ३ सयको मृत्यु भएसँगै ज्यान...

नगरपालिका प्रवेशद्धारमा ‘हेल्थडेस्क’

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले कोरोना भाइरस संक्रमण हुन नदिन नगरपालिकाको प्रवेशद्धारमा स्वास्थ्य चेकजाँच सुरु गरेको छ । हेल्थडेस्कमा दैनिक ५०...

सप्तरीका कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु

राजविराज । सप्तरीका कोरोना संक्रमित एक जनप्रतिनिधिको आज मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार तिरहुत गाउँपालिका–३ का कोरोना...

बाइडेनको जित अस्विकार गर्ने मुद्धा सर्वोच्चद्धारा खारेज

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्धाहरुमा पर्याप्त...

विश्वको बढी प्रभावित १० मुलुकहरूको कोरोना सङ्क्रमितको सङ्ख्या (अपडेट)

बेइजिङ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ । विश्वविद्यालयको शनिबार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)