Friday, April 23, 2021
Home अर्थ नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा पुनः ज्योत्सना

नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा पुनः ज्योत्सना

संघको गतिविधिमा साथ दिन व्यवसायीको आग्रह

,

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा पुनः ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । शनिबार राजधानीमा सम्पन्न संघको १६औं वार्षिक साधारण सभा तथा छैटौं महाधिवेशनबाट श्रेष्ठ पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । अहिले उनी नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन र हवाई यातायात समितिको सभापतिको जिम्मेवारीमा छिन् । पर्यटन र रत्न तथा आभूषणको क्षेत्रमा सक्रिय श्रेष्ठले यसअघि संघमा गरेको कामको उच्च मूल्यांकन गर्दै व्यवसायीले अहिले उनलाई पुनः संघको अध्यक्ष बनाएका हुन् ।

संघको प्रथम उपाध्यक्षमा नरेन्द्रकुमार गुप्ता, द्वितीय उपाध्यक्षमा शक्तिकुमार बेगामी, महासचिवमा जयराम पाण्डेय, सचिवमा प्रविण शाक्य र कोषाध्यक्षमा निभारत्न शाक्यसहित सबै जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, संघका अन्य १० जना सदस्यमा लोप्साङ छोडेन शेर्पा, विकास जोधानी, रिकेनसिंह महर्जन, मिरा मानन्धर, रवीन्द्ररत्न स्थापित, जीवनकुमार ठाकुर, सुनिलमान ताम्राकार, निर्मल ज्योति तुलाधर, प्रिन्स धानुका र विमलकुमार बेगामी रहेका छन् ।

संघको सो वार्षिक साधारण सभाको उद्घाटन वन तथा भूसंरक्षणमन्त्री प्रेमबहादुर आलेले गरेका थिए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहने भन्दै उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको र सोहीअनुसारको काम भइरहेको भन्दै एकै स्थानबाट निर्यातयोग्य सामग्रीको प्रवद्र्धन गर्न आगामी तीन महिनाभित्र निर्यातगृह सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । उनले गरगहना बनाउने कालिगढको व्यवस्था स्वदेशमै गर्न सरकारले आवश्यक बजेट विनियोजन गरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई आवश्यक निर्देशन दिइसकेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तीनवटै तहका सरकारबाट उद्यमी व्यवसायीलाई सहयोग हुनुपर्नेमा जोड दिँदै अन्तर सरकारी निकायबीच समन्वय नहुँदा निजी क्षेत्रले कहिलेकाहीँ झञ्झट बेहोर्नुपरेको बताए । उनले व्यावसायिक गतिविधि बढाउन तथा नीतिगत विषयमा सहजकर्ताको भूमिका निर्वाह गर्न एक संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोभिड–१९ का कारण शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई उकास्न सरकारीस्तरबाट पनि केही सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताउँदै उद्योग व्यवसायका विकृतिका रूपमा रहेको ‘बिचौलिया प्रवृत्ति’ अन्त्य गर्नुपर्नेमा जोड दिए ।

नेपाल रत्न तथा आभूषण संघका नवनिर्वाचत अध्यक्ष ज्योत्सना श्रेष्ठले अहिलेसम्म यस क्षेत्रका उद्यमी व्यवसायीले भोग्दै आएका विविध समस्या समाधानका लागि सरकारले सघाउनुपर्नेमा जोड दिइन् । उनले ८० प्रतिशतभन्दा बढी विदेशी कामदार रत्न तथा आभूषण व्यवसायमा रहेकाले स्वदेशीलाई सीपमूलक तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा सघाउन सरकारसँग आग्रह गरिन् । मुुलुकको दिगो आर्थिक विकासका लागि मात्र नभई नेपाली कला र सीपलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन यस संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको यथार्थ प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले सरकारले पनि संघलाई हौसला दिन सोहीअनुसारको व्यवहार गर्नुपर्ने धारणा राखेकी थिइन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले संघका प्राविधिक समस्या समाधान गर्न सहजकर्ताको भूमिका विभागले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

साताका लोकप्रिय समाचार

सरकार चलाउन कांग्रेसको अरुचि

काठमाडौं । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने...

अस्पतालमा कार्यरत ७ जना ‘नक्कली’ डाक्टर पक्राउ

काठमाडौं । अस्पतालमा काम गरिरहेका ७ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरेको आरोपमा उनीहरुलाई प्रहरीले आज पक्राउ...

रामबहादुर थापा पुनः गृहमन्त्रीमा नियुक्त

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् । नेकपा (एमाले) संसदीय...

भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

 एजेन्सी ।  भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२...

कम प्राथमिकता: उच्च जोखिम

यो आलेख तयार पार्दासम्म विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वका २ सय १९ देशका १४ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् ।...

ट्रेन्डिङ

उदयपुरमा आइसियू कक्ष तयार, चिकित्सक नहुँदा प्रयोग बिहिन

उदयपुर । कोरोनाको जोखिम बढ्दै गएपछि उदयपुर जिल्ला अस्पताल गाईघाटमा एक करोड भन्दा बढी लगानी गरेर भेन्टिलेरसहित पाँच बेडको आइसियू कक्ष निर्माण गरिएको छ...

कोभिड–१९ को खोप र महामारीका लागि नेपालले ८ खर्ब ७ अर्ब रुपैयाँ पाउने

काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिडविरुद्धका खोपको समतामूलक वितरणमा सहयोग पु¥याउन अन्तर्राष्ट्रिय...

कोरोना कहर : अभिभावकको रोदन सुन्दैन सरकार

काठमाडौं । चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै पहलकदमी अगाडि बढाउन सकेको छैन । अभिभावकले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले...

उपत्यकामा कोरोना : फैलिँदै सङ्क्रमण, बढ्दै जोखिम

काठमाडौँ । केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा गइन् । घरबाट कहीँकतै नगएकी उनमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको...

वीरमानको परिवारलाई आर्थिक सहयोग

काठमाडौं । उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइबाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम बुधबार काभ्रेमै पुगेर वीरमानका...

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी...

ओभरलोड भेटिए सामान तत्काल झारिने, कारबाही हुने !

काठमाडौं । सरकारले मालबाहक सवारी साधनमा बोकिने सामानमा कडाई गर्ने भएको छ । अबदेखि मालवाहक सवारीसाधनले ओभरलोड सामग्री बोकेमा तत्कालै सामान झार्नुका साथै कारबाही...

भारतमा कोरोना संक्रमितहरु डेढ लाख नाघे

नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएका व्यक्तिको संख्या छ हजार ३८७ रहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार...

कोभिड –१९ को प्रकोप बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा

नयाँदिल्ली । कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ ।यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै...

लकडाउनमै गीतकार ताराले ल्याइन् ‘ए हावा…’

काठमाडौं । मुलुकमा लकडाउन जारी रहेका बेला घरमा बसेका दर्शकका लागि भन्दै गीतकार तारा अधिकारीले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छन् ।...

आकस्मिक बाहेकको अपरेशन नगर्न अस्पताललाई सरकारको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ । लक्षण सहितका कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि मन्त्रालयले...

कन्याम भूलाउने देउमाईको ‘पानीटार’

इलाम । देशकै प्रमुख पर्यटकीयस्थल हो, कन्याम । सूर्योदय नगरपालिकामा पर्ने कन्याम घुम्नकै लागि नेपालबाट मात्र होइन, भारत र भुटानबाट समेत घुम्न आउँछन् ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)