Wednesday, March 3, 2021
Home बिचार न्याय सम्पादनमा अवरोध नहोस्

न्याय सम्पादनमा अवरोध नहोस्

प्रतिनिधिसभा विघटन भएलगत्तै यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्चले संविधानले व्यवस्था गरेअनुसार नै संवैधानिक इजलास खडा गरी यसमा सुनुवाइ जारी राखेको छ । सर्वोच्चमा सुनुवाइ जारी रहेको अवस्थामा यो विषयको पक्ष विपक्षमा बोल्नु भनेको न्याय प्रणालीमाथि नै धावा बोल्नुसरह हो । त्यसैले, अदालतमा प्रवेश गरिसकेको संवेदनशील विषय भएकाले अब अदालतको फैसला कुर्नु नै बुद्धिमानी हुनेछ ।

यस विषयमा न्यायालयबाट सुनुवाइ हुनुपूर्व नै न्यायालयकै अवहेलना हुनेगरी राजनीतिक जगत्मा विभिन्न खाले टीकाटिप्पणी, भनाइ र अभिव्यक्ति आइरहेका छन् । यसले सर्वोच्चको न्याय सम्पादनमै गम्भीर अवरोध सिर्जना हुन सक्ने सम्भावनालाई बढाएको छ । यस विषयको रिटमाथि सुनुवाइका लागि सर्वोच्चले आवश्यक पर्ने सबै कुराको तारतम्य मिलाइरहेको छ । अदालतको सहयोगी एमिकसक्युरीको समेत व्यवस्था गरिसकिएको छ । त्यसैले धैर्यतापूर्वक अदालतको फैसला कुर्नु नै कानुनी शासनको पालना गर्नु हो ।

सर्वोच्चलाई संविधानको व्याख्या गर्ने अधिकार छ । यो अन्तर्राष्ट्रिय मान्यताप्राप्त अधिकार पनि हो । सबै देशमा संविधानतः यस्तो प्रावधान राखिएको हुन्छ । नेपालको संविधानको धारा १२८ को उपधारा ४ मा मुद्दा मामिलाको रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालना गर्नुपर्ने उल्लेख छ । त्यसैले, यस विषयमा न्यायपालिकालाई स्वतन्त्र किसिमले फैसला गर्ने अधिकार दिइनुपर्छ । कानुनी राज्यमा न्यायपालिकालाई ‘यसो गर’ र ‘उसो गर’ भनेर आदेश र अभिव्यक्ति दिनुलाई कुनै हालतमा पनि जायज मान्न सकिँदैन । कानुनभन्दा माथि कोही पनि हुँदैन । राजनीतिक दलदेखि नागरिक समाजका सबै पक्षले स्वतन्त्र न्यायपालिकामाथि विभिन्न खाले शंका उपशंका व्यक्त गर्दै अनास्था फैलाउने प्रयास गर्नुहँुदैन । नेपालको संविधान २०७२ को धारा ४८ ले नागरिकको कर्तव्य पनि स्पष्ट रूपमा व्यवस्था गरिदिएको छ । जसअनुसार संविधान र कानुनको पालना गर्नु हरेक नागरिकको परम् कर्तव्य हो । यस प्रकारको संवैधानिक कर्तव्यबाट कोही नागरिक पनि विचलित हुनुहँुदैन ।

नेपाली राजनीतिमा आएको तरलतासँगै आआफ्ना लबी र खेमा तथा पक्षहरूलाई आश्वस्त पार्न दलका स्वयं नेताहरूले संविधानको प्रावधानलाई आआफ्नो पक्षमा व्याख्या गरिरहेका छन् । आम नागरिकहरूले पनि आआफ्ना मत बोलेर, लेखेर वा चिया चौतारी गफमा अभिव्यक्त गरिरहेका छन् । विज्ञहरू पनि यसमा मुख बन्द गरेर बस्न सकेका देखिँदैनन् । पूर्वप्रधानन्यायधीशहरूको एउटा समूह पनि विज्ञप्ति जारी गरी विचाराधीन विषयमा बोलेर विवादित बनेको छ ।

तर, पछिल्लो चरणमा न्यायलाई नै प्रभावमा पार्नेगरी कार्यहरू बढिरहेको देखिन्छ । त्यस्तो खालको दुर्भाग्यपूर्ण अवस्था आउन दिनुहुँदैन । विभिन्न खाले गतिविधि र अभिव्यक्तिले न्यायालयको अधिकार क्षेत्रमा हस्तक्षेप गरिरहेका विषयहरू पनि आउन थालिरहेका छन् । कतिपयले यस्ता टीकाटिप्पणी गर्नेविरुद्ध अवहेलना मुद्दा चलाउनुपर्ने मागसमेत गरिरहेका छन् ।
मुद्दाको फैसला नहँुदासम्म न्यायालयमा विचाराधीन विषयमाथि टिप्पणी गरिनु न्यायसंगत मानिँदैन । बरु यसले उल्टै न्यायसम्पादनमा अवरोध सिर्जना गरेको मानिन्छ । यस्तो अवस्थामा सर्वोच्चलगायत कुनै पनि अदालतले अवहेलनामा कारबाही गर्न सक्ने अधिकार राख्छ । संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत नै हो भन्ने तथ्यलाई कसैले पनि बिर्सनुहँुदैन ।

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ संवैधानिक इजालासमा चलिरहेका बेला आआफ्नै किसिमले फैसला गर्न खोज्नु दुराशययुक्त कार्य हो । यसलाई कुनै पनि सभ्य समाजले सकारात्मक रूपमा लिन सक्दैन । संघीय लोकतान्त्रिक गणतन्त्रमा शक्ति पृथकीकरण तथा सन्तुलन र नियन्त्रणको सिद्धान्तलाई आआफ्नो स्वार्थमा ढालेर कानुनी शासनमाथि प्रश्न गर्ने अधिकार कसैलाई पनि छैन ।

तथापि, न्यायसम्पादनको कार्य आफंैमा गम्भीर र सार्वजनिक महŒवको विषय हो । संसद् त झन् जनताको सार्वभौम थलो हो । यसको सार्वजनिक बहस र चिन्ता हुनु स्वाभाविकै हो । तर, पनि न्यायालयले दिने न्यायको विषय शंका र उपशंकाको घेरामा राखिनुहुँदैन । सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोक्ने काम भइसकेका बेला न्यायालयबाहिर बहस र विवाद नगर्न राजनीतिक प्रणालीको लाइफलाइन मानिने राजनीतिक दल, तिनका नेता र आम नागरिक पनि सचेत र अनुशासित हुनैपर्छ ।

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको छ । स्रोतका अनुसार बैठकले...

श्रम र श्रीको मूल्य स्वदेशमै खोजौं

हरेक मानिसले सुख, सुविधा, समृद्घि, इज्जत एवं प्रतिष्ठाको लागि संघर्ष गरेको हुन्छ । संसारमा सबैलाई मिठो खाऊँ, राम्रो लगाऊँ, सम्पत्तिबाट पूरा हुन सक्ने सुविधा...

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बैठक बिहान साढे ८ बजे भनिएको थियो...

कांग्रेसले भन्यो – तत्काल सत्ता सहकार्यको सोच छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ...

प्रचण्डसँग वामदेवको प्रस्ताव :ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र...

ट्रेन्डिङ

बझाङमा असिनापानीले अन्नबाली नष्ट

बैशाख । बझाङमा असिना पानीले भित्र्याउन लागेको अन्नबाली नष्ट पारी दिएको छ । जिल्लाको छविस पाथिभेरा, थलारा, दुर्गाथली र खप्तडछान्ना गाँउपालिकामा पाकेको...

क्वारेन्टिनबाट फर्केको दुईदिनपछि मण्डलको मृत्यु

जलेश्वर । महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ । यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै...

विज्ञ भन्छन्– सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून छ

चितवन । अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि...

कृषि क्षेत्रको उत्पादन ३.२ प्रतिशतले बढ्यो

काठमाडौं । पछिल्लो एक दशकमा कृषि क्षेत्रको उत्पादन औसत ३ दशमलव २ प्रतिशत वृद्धि भएको छ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको...

‘नाकाबन्दी भएर के भो, मनबन्दी भएकै छैन’

दैलेख । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले देश पुरै बन्दाबन्दीमा छ । एक जिल्लादेखी अर्को जिल्ला एक...

वुहानवाट फर्किएकालाई परिवारका सदस्यले १४ दिनसम्म भेटन नपाउने

काठमाडौं । चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न शनिबार दिउँसो २ ः ४५ बजे नेपाल एयरलाइन्सको वाइडबडी...

मेलम्ची खानेपानी आयोजनाको सुरुङभित्र पानी हालेर परीक्षण

सिन्धुपाल्चोक । राजधानीबासीको पानीको प्यास मेटिने बहुचर्चीत मेलम्ची खानेपानी आयोजनाको अस्थाई ड्यामबाट सुरुङमा पानी हालेर परिक्षण गरिएको छ । खानेपानी मन्त्री विना मगरको उपस्थितिमा...

पुजारी मारिएको ठाउँमा मन्दिर शिलान्यास

गौर । गोली हानेर पुजारीको हत्या गरिएको स्थानमा मन्दिर तथा मठ निर्माण गर्नका लागि आज शिलान्यास गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

प्रचण्डसँग वामदेवको प्रस्ताव :ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

भ्रष्टलाई नामेट पार्न जाग हे अख्तियार !

यतिखेर मुलुकमा सुशासनको दियो बाल्ने प्रमुख जिम्मेवारीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राज्य सञ्चालनमा मुख्य भूमिकामा रहेका अन्य संवैधानिक आयोगलाई समेत कमजोर बनाउने...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)