एपिएफ सेमिफाइनलमा


धनगढी । साविक विजेता नेपाल पुलिस क्लवलाई हराउँदै विभागीय टीम नेपाल एपिएफ क्लव सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीवार भएको तेस्रो क्वाटरफाइनलमा पुलिसलाई टाईब्रेकरमा हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो ।

पहिलो चरणमा वाई पाएर क्वाटरफाइनल पुगेको नेपाल पुलिस प्रतियोगिताको चौथो संस्करणमा भने एपिएफसँग टाईव्रेकरमा ४–३ ले पराजित हुँदै बाहिरिएको छ ।

निर्धारित समयमा दुवै टीमले गोल रहित बराबरी खेलेपछि टाईव्रेकरवाट निर्णय लिँदा त्यसमा एपिएफ सफल भएको हो । टाईव्रेकरमा एपिएफका सुदिप शिख्राकार, आशिष लामा, प्रविन स्याङतान र दिनेश राजवंशीले गोल गरे । एपिएफएका नवीन लामाको प्रहारलाई भने पुलिसका गोलरक्षक रोशन खड्काले बचाए ।

पुलिसका सौजन राई याक्खा, तेज तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे । कप्तान भरत शाहको प्रहार पोलमा लागेर गोल हुन सकेन् भने अजित भण्डारीको प्रहारलाई एपिएफका गोलरक्षक रोमन रसाईलीले बचाए । खेल सकिन केही मिनेट मात्रै वाँकी रहँदा एपिएफले राजु नगरकोटीको सट्टा रोमन रसाईली र पुलिसले सत्रुधन चौधरीको सट्टा रोशन खड्कालाई मैदान छिराएको थियो । एपिएफ खप्तड गोल्डकपको सेमिफाईनल पुग्नुका साथै उसले सहिद स्मारक लिगमा पुलिससँगको हारको बदला पनि लिएको छ । लिगमा एपिएफ १–० ले पराजित भएको थियो । खेलको म्यान अफ द म्याच एपिएफका आशिष लामा चुनिए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

खेलपछि प्रतिक्रिया दिदैं एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले पाएका मौका सदुपयोग गर्न नसक्दा खेलमा गोल हुन नसकेको भन्दै टाईव्रेकरमा सफल भएकोे बताए । खेल फिफ्टी फिफ्टीको थियो । हामीले गोल गर्ने धेरै मौका मिस गर्यौ तर किपरमा विश्वास थियो । त्यही अनुसार किपर चेञ्ज गरेपछि जित्यौ प्रशिक्षक श्रेष्ठले भने,– चेञ्ज गरेको किपर रोमनको वल जजमेन्ट राम्रो थियो । मैले जुनियर प्रतियोगितमा टीमलाई टाईव्रेकरमा जिताएको पनि देखेको थिए । त्यही अनुसार नतिजा आएको छ । प्रशिक्षक श्रेष्ठले अव सेमिफाइनलमा आयोजक टीमसँग खेल्दा घरेलु दर्शक र घरेलु मैदानले फरक पार्ने भन्दै सुदूरपश्चिम–११ सँगको खेल पनि प्रतिस्पर्धात्कम हुने बताए ।

नेपाल पुलिस क्लबका म्यानेजर संजीव जोशीले लगातार टीमले प्रतियोगिता खेल्दा आराम गर्नका लागि समय नपाउँदा जित्नलाई समस्या भएको भन्दै भाग्यले समेत साथ नदिएको बताए । अन्य प्रतियोगितामा तीन म्याच लगातार खेलेर खेल हुनुभन्दा केही घण्टा अगाडी मात्रै धनगढी पुग्यौं । आरामको लागि समय भएन् ।

तर पनि खेलाडीहरुले राम्रै खेलेका हुन् । म्यानेजर जोशीले भने– टप म्याचमा गोल हुने वल पनि हुन सकेन् । पेनाल्टीमा पनि ब्याडलक भयो । अब एपिएफले फाइनल प्रवेशको लागि शनिवार आयोजक सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगिताको चौथो क्वाटरफाइनलमा आज शुक्रवार हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देही प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आरजुलाई निर्वाचन आयोगकाे २४ घन्टे स्पष्टीकरण