Tuesday, March 2, 2021
Home प्रदेश प्रदेश ३ माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने

माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने

नुवाकोट । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।

जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गोरु जुधाइका कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै स्थानमा गोरु जुधाउन थालिएको हो । यहाँको गोरु जुधाइ हेर्न विगतमा हजारौं दर्शक आउने गरेका थिए । कोरोनाका कारण यस वर्ष दर्शकमा केही कमी आउन सक्ने भए पनि परम्परालाई निरन्तरता दिनेक्रममा मेला नरोकिएको आयोजकले जनाएका छन् ।

यस्तै विदुर नगरपालिका–१० बेत्रावतीमा पनि सीमित रुपमा गोरु जुधाइने भएको छ । कोरोनाको कारण सीमित रुपमा मेला सञ्चालन गर्ने योजना बनाएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ । यस वर्ष वरपरका चार हल मात्र गोरु जुधाइने योजना बनाएको क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले जानकारी दिए । कोरोनाका कारण धेरै प्रचारप्रसारमा जोड नदिई परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै सङ्ख्यामा गोरु जुधाइने योजना बनाएको उनले बताए ।

यो पनि पढ्नुहोस   प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

बेत्रावतीमा विजेता गोरुधनी किसानलाई रु पाँच हजार, हार्ने गोरुधनी किसानलाई रु चार हजार पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ । यस्तै पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा ६ हल गोरु जुधाउने आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले जानकारी दिए । विजेता तथा सहभागी गोरुका धनीलाई रु १५, १० र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस्तै शिवपुरी गाउँपालिका–५, शेराबगरमा चार हल गोरु जुधाइने आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले जानकारी दिए ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

मिस इको इन्टरनेसनलमा नेपालबाट अनुष्मा

काठमाडौं । ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकार प्राप्त नेपाली...

कांग्रेसले भन्यो – तत्काल सत्ता सहकार्यको सोच छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ...

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला,...

गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

धनकौल । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

ट्रेन्डिङ

मिचिएको भूमि फिर्ता लिन अन्तर्राष्ट्रिय अदालत जान सुझाव

काठमाडौं । भारतले मिचेको नेपाली भूमि फिर्ता नगरे ग्रेटर नेपालको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत जानुपर्ने माग तीव्र रूपमा उठ्न थालेको छ । भारतले पछिल्लोपटक...

जाडो याममा कोभिड–१९ बढ्न सक्छ

जाडोमा शरीरमा सुक्खापन हुने, शरीरमा श्वासप्रश्वास प्रणालीका कोषिकाहरू कम सक्रिय रहँदा कोरोना श्वासप्रश्वासमा कोरोना लामो समयसम्म रहने हुन्छ । जाडोमा अन्य समयभन्दा प्रतिरोधी शक्ति...

अरुण तेस्रोका मजदुरको आन्दोलन जारी

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरले मंगलबारपनि आन्दोलन जारी राखेका छन् । ज्याला नबढाएको र जिल्ला...

कोरोना संक्रमणबाट ९७ बर्षीय बृद्धको निधन

लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारणले बिहीबार ९७ बर्षीय एक बृद्धको कोरोना संक्रमणपछि निधन भएको छ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा उपचारको क्रममा उनको...

मधेशमा दिप प्रज्वलन, ओलीको मधेश रणनिति असफल

सप्तरी राजविराज । कोरोना भाइरसको सम्भावित संक्रमण र लकडाउनका कारण अधिकांश समय घरमै बिताउने गरेका...

सर्त खुकुलो पार

विदेशी भूमिमा रहेका नेपाली स्वदेशमा चार्टर उडानबाट भिœयाइरहेका बेला अन्तर्राष्ट्रिय उडानलाई नियमित बनाउन माग भएपछि सरकारले यसबारे सर्तैसर्त अघि सारेर उडान खुला गरिने सार्वजनिक...

कोरोनाले मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ हजार २३५ सय नाघेको छ । भाइरसबाट १० लाख १६ हजारभन्दा बढी...

नेताहरूमा कोरोना देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक २५ गतेसम्म स्थगित

काठमाडौं । नेपाली काँग्रेसका केही नेताहरुमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सोमबारका लागि निर्धारित पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएकोे छ । काँग्रेस केन्द्रीय कार्यालयमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ ।...

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।जोशीको मस्तिष्कमा रगत जमेको र शल्यक्रियाको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ...

प्रचण्डसँग वामदेवको प्रस्ताव :ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र...

कौरामा जम्दै सन्तु र सिन्धु

काठमाडौं । गायक सन्तु थापा र गायिका सिन्धु मल्ल गोदावरी पार्कमा मंगलबार कौरा गाउँदै भेटिएका छन् । उनीहरू पछिल्लो समय कौरामा जम्दै छन् ।...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)