Saturday, March 6, 2021
Home Breaking News प्रहरीलाई छक्याउदै सैन्य शैलीमा पृथ्वीनारायण साहकाे सालिकमा सलामी

प्रहरीलाई छक्याउदै सैन्य शैलीमा पृथ्वीनारायण साहकाे सालिकमा सलामी

अध्यक्ष भन्छन् : नागरिक सेनामा भर्ती खुल्याे

काठमाडौं । नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पहिलोपटक सैनिक शैलीमा मनाएको छ ।

मोर्चाले घोषणा गरेको नागरिक सेनाले आज बिहान ८ः१५ बजे पृथ्वीनारायण शाहको सिंहदरबारको पश्चिमीगेटका अघिल्तिर रहेको पूर्ण कदको शालिकमा ग्रेटर नेपालको राजनीतिक नक्सा टाँग्नुका साथै पुष्पगुच्छा अर्पण गरेको थियो ।

फ्री कम्ब्याट शैलीमा जाने घोषणा गरेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नागरिक सेनासहित बिहानै सिंहदरबारको पश्चिम द्वारमा पुगेर सेनाले प्रयोग गर्ने प्रकारको गोलाकार पुष्पगुच्छासहित सैनिक सलाम अर्पण गरेको जानकारी दिए ।

सलामीमा नागरिक सेनाका प्रधान सेनापति र सीमित संख्यामा पृतनापतिहरूको उपस्थिति थियो । दुईजना पृतनापतिले पुष्पगुच्छा बोकेर शालिक अघि पुर्याएपछि नागरिक सेनाका परमसेनाधिपति भनिएका मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले पुष्पगुच्छा अर्पण गर्दै सलामी चढाउनुको साथै पृतनापतिहरूले पनि सलाम गरेका थिए ।

यो पनि पढ्नुहोस   सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

अध्यक्ष नेपाल भन्छन् ‘नागरिक सेनाले यो कार्यक्रम यति छिटो गर्यो कि त्यहाँ उपस्थित सुरक्षाकर्मीले के गर्न लागेको हो भन्ने नै बुझ्न सकेनन् ।’ मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले दुई वर्ष अघि नै ल्याएको नागरिक सेनाको अवधारणालाई पृथ्वी जयन्तीका अवसरमा मूर्त रूप दिइएको र आजदेखि नागरिक सेनामा भर्ती खोलिएको बताएका छन् ।

उनले सरकारले कडा सुरक्षा घेरा बनाएको थाहा भएकोले आफ्ना सैनिकहरू भद्रकाली, बग्गी खाना, रत्नपार्क, कालिकास्थान र माइतीघरमा निरीक्षणमा खटिएका हुँदा थोरै मात्र सलामीमा उपस्थित भएको बताए । नागरिक सेनाले हतियार नबोक्ने भन्दै आफूहरू नेपाली सेनाको सहयोगी मात्र भएको अध्यक्ष नेपालको दावी छ ।

(Visited 497 times, 1 visits today)
Loading comments...

आजको समाचार

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन...

साताका लोकप्रिय समाचार

आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

सप्तरी ।  एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

पूर्णिमा मिस ब्युटिफुल नेपाल र पवित्रा मिसेस ब्युटिफुल नेपाल

काठमाडौं । यो वर्षको मिस ब्युटिफुल नेपालको उपाधि पूर्णिमा क्षत्रीले र मिसेस ब्युटिफुल नेपालको उपाधि पवित्रा वञ्जारा जितेका छन् । दक्ष इन्टरनेसनल प्रालिले राजधानीमा...

किन आयो मन्त्रीलाई अर्बौंको प्रलोभन ?

काठमाडौं । वन तथा वातावारण मन्त्रालय सम्हालेको एक महिना नबित्दै मुलुकभरको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेका मन्त्री प्रेमबहादुर आलेमगरले आफूलाई केही पक्षबाट १...

सरकारसँग वार्ताका लागि चन्द समूहले बनायो प्रकाण्डको नेतृत्वमा टोली

काठमाडौँं । नेत्रविक्रम चन्द समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । टोलीमा उदय चलाउने ’दीपक’ सदस्य...

ट्रेन्डिङ

वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६० पुग्यो

  काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका –३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो...

पूर्वकप्तान पारसलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । पारसले सामाजिक संजालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्...

उपत्यकामा ११७७ जनालाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा उपत्यकामा ११७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १००१ जना, भक्तपुरका...

कोरोना संक्रमणबारे ट्रम्पले सिफारिस गरेको औषधि खाँदा श्रीमानको मृत्यु, श्रीमती बिरामी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि क्लोरोक्वाइन नामक औषधि सेवन गर्न सार्वजनिक अभिव्यक्ति...

काँग्रेस पनि कता कता अल्मलिएकाे छ : डा कोईराला

 काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार के गर्दैछ भन्ने कसैले भन्ने अवस्था नरएको बताएका...

विभिन्न देशबाट आज नेपाल आएका ६२ जनालाई खरिपाटी क्वारेन्टाइन लगियो

भक्तपुर । विभिन्न देशबाट आज नेपाल फर्किएका ६२ नेपालीलाई आज साँझ भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि...

मनकामना गुरुकुलको छात्रबासमा पहिरोले क्षति पुग्यो

संखुवासभा । सङ्खुवासभाको खाँदबारी–९ को मनकामना धाममा रहेको श्रीहरि अध्यामिक गुरुकुलको छात्रबासमा पहिरो क्षति पु-याएको छ । २८ गते बिहान आएको पहिरोले छात्रबासको २...

कोरोना संक्रमित सिनेकर्मी अस्पतालदेखि होम आइसोलेसनसम्म

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण निकै बढेको छ । कोरोनाबाट कलाकारहरू पनि त्यत्तिकै प्रभावित भएका छन् । यतिबेला विभिन्न कलाकारहरू...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन...

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन...

कांग्रेस अझै पर्ख र हेरकै रणनीतिमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा अझै पर्ख र हेरकै स्थितिमा देखिएको छ । उसले यस विषयमा...

पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छाड्ने मेयर साहको संकल्प

गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् । ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक...

धेरै पढिएका

स्राेताकाे मन जित्दै ‘हातैका पौजाले…’

काठमाडाैं । लाेक शैलीकाे गीत  रातो घलेकिमाको  सफलतापछि गायक तथा गीतकार कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’ सार्वजनिक भएको छ । कुशल बेलबासे र गायिका...

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर...

संसद्मा फोहोरी खेलको पुनरावृत्ति हुने डर

५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेको संसद् विघटनको प्रस्ताव सर्वोच्च अदालतले असंवैधानिक भन्दै करिब दुई महिनापछि प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएको छ । प्रधानन्यायाधिश...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)