विदेशीलाई थप १४ दिन इन्डोनेशिया प्रवेश निषेध

जकार्ता । विदेशी नागरिकलाई इन्डोशिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ । कोरोनाभाइरसको महामारी थप फैलिने डरले विदेशी नागरिकलाई स्वदेश प्रवेशका लागि थप दुई हप्ता प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।

यसअघि लामो समयदेखि लगाइँदै आएको प्रतिवन्धलाई थप दुई हप्ता निरन्तरता दिने निर्णय भएको मन्त्री एयरलाङ्गा हार्तार्तोले जानकारी दिनुभयो । सरकारले प्रतिवन्धात्मक व्यवस्थाहरुलाई अहिले थप कडाइका साथ लागुगर्न लागेको पनि उहाँले बताउनुभयो । राष्ट्रपति जोको विडोडोले पनि विदेशी नागरिकलाई इन्डोनेशिया प्रवेशका लागि प्रतिवन्ध लगाउने समय बढाउने निर्णयप्रति समर्थन जनाउनुभएको छ । सरकारको यो निर्णयसँगै यही जनवरी २८ तारिखसम्म विदेशी नागरिकले इन्डोनेशिया प्रवेश नपाउने भएका छन् ।

इन्डोनेशियाली सरकारले यसअघि पनि यही जनवरी १ देखि १४ सम्म विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने निर्णयलाई निरन्तरता दिएको थियो । विदेशी सरकारी उच्च अधिकारी तथा अति महत्वपूर्ण व्यक्तिहरुलाई पनि आधारभूत मापदण्ड पुरा गरेर इन्डोनेशियाली सरकारको स्वीकृतिमा भ्रमणको व्यवस्था भने गर्न सकिने सरकारी अधिकारीहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमाल गठबन्धनका उम्मेदवार भन्दा झण्डै दोब्बर मतले अगाडि