Monday, March 8, 2021
[adrotate group="1"]
[adrotate group="2"]
Home Editor-Picks परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण: सीमा विवाद र कोरोना भाइरसविरुद्धको खोप मुख्य एजेन्डा
[adrotate group="3"]

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण: सीमा विवाद र कोरोना भाइरसविरुद्धको खोप मुख्य एजेन्डा

नेपाल–भारत छैटौं संयुक्त आयोग बैठक

[adrotate group="30"]
[adrotate group="31"]

काठमाडौं । नेपालमा राजनीतिक र संवैधानिक संकटका बीच हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा सीमा विवाद र कोरोना भाइरस खोपको विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने बताइएको छ ।

नेपाल र भारतको छैटौं संयुक्त आयोगको बैठकमा यसअघि विगतमा सम्झौता भएका विकास परियोजना, ऊर्जा, रेललगायतका विषयमा छलफल हुने कार्यसूची तयार भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । १ माघमा हुने भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री एस.जयशंकरसहितको अधिकारीसँग छैटौं संयुक्त आयोगको बैठक हुनेछ ।

पहिलो दिनको बैठकमा नेपालका तर्फबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमाको विषय परराष्ट्रमन्त्री ज्ञवालीले छलफलमा उठाउनेछन् । ती भूभागलाई समेटेर नेपालले नक्सा जारी गरे पनि अझै पनि सो क्षेत्र भारतको अधीनमै छ । संयुक्त आयोग बैठकसँग आपसी सम्बन्धका सबै पक्षमा छलफल गर्दै सम्बन्धित निकायलाई निर्देशन गर्ने अधिकारसमेत छ । यसकारण नेपालले हाल देखिएको सीमा विवादको समस्यालाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गर्नेछ ।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र नेपाल–भारतबीचको सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धिबारे यसपटक पनि छलफल हुनेछ

साथै नेपाललाई चाहिने कोभिड–१९ भ्याक्सिनको विषयमा पनि छलफल हुनेछ । भारतले कोभिड–१९ भ्याक्सिन दिने विषयमा यसअघि नै सहमति जनाइसकेको छ । दोस्रो दिन परराष्ट्रमन्त्री ज्ञवालीले राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

डिसेम्बरमै संयुक्त आयोगको बैठक बस्ने भनिए पनि राजनीतिक घटनाक्रमका कारण पछि धकेलिएको हो । सुरुमा संयुक्त आयोगको बैठकका लागि नेपालतर्फबाट मंसिरको दोस्रो वा अन्तिम साता प्रस्ताव गरिएको थियो । तर नेपालले प्रस्ताव गरे पनि भारतले अन्तिम सहमति जनाएको थिएन ।

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणपछि नेपाल र भारतका तर्फबाट उच्चस्तरीय भ्रमणको मिति तय हुने सम्भावना रहेको छ । सीमा विवादका कारण नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि पछिल्लो समय भारत अग्रसर रहँदै आएको छ । भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको नेपालको दुई दिने औपचारिक भ्रमणसँगै सम्बन्ध सुधारमा भारतले चासो दिएको हो ।

नेपाल र भारतको संयुक्त आयोगको बैठक आलोपालो बस्ने गरेको छ । यसअघि सन् २०१६ मा संयुक्त आयोगको बैठक भारतमा बसेको थियो । त्यसपछि सन् २०१८ को मेमा काठमाडौंमा संयुक्त आयोगको बैठक बसेको थियो । जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने तयारीमा थिए ।

त्यसपछि हुने भनिएको बैठक हुनुअघि नै लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि भारतीय नक्सामा समेटिएको भन्दै नेपालले नक्सा सच्चाउन भारतलाई अनुरोध ग-यो । सो प्रकरणपछि नेपालले नयाँ राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्धमा चिसोपना आएको थियो ।

काठमाडौंमा भएको पाँचौं संयुक्त बैठकमा मुख्य गरी उठाइएका नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र नेपाल–भारतबीचको सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धिबारे यसपटक पनि छलफल हुनेछ । लामो समयदेखि ईपीजी प्रतिवेदन अलपत्र छ । कहिले प्रधानमन्त्रीको व्यस्तता त कहिले चुनावको बहाना बनाउँदै भारतले प्रतिवेदन बुझ्न आनाकानी गर्दै आएको हो । ईपीजी प्रतिवेदनको विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छलफलमा सो कुरा उठाउनेछन् ।

ईपीजीको दुईवर्षे समयावधि २०७५ असार २० मै सकिएको हो । काठमाडौंमा बसेको ईपीजी अन्तिम (नवौं) बैठकमा दुवै पक्षका सदस्यले संयुक्त प्रतिवेदनमा हस्ताक्षर गरेका थिए । अन्तिम बैठकमा दुवै मुलुकका प्रधानमन्त्रीलाई औपचारिक कार्यक्रमबीच प्रतिवेदन हस्तान्तरण गर्ने तालिका तय भएको थियो ।

साथै पहिले भारतीय प्रधानमन्त्रीलाई र त्यसपछि काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने समझदारी थियो । भारतीय पक्षको अनिच्छाका कारण ईपीजी प्रतिवेदन ‘औचित्यहीन’ बन्न लागेको छ ।

(Visited 120 times, 1 visits today)
[adrotate group="32"]
[adrotate group="33"]
Loading comments...
[adrotate group="34"]

आजको समाचार

[adrotate group="34"]

साताका लोकप्रिय समाचार

एम्बुलेन्सको ठक्करबाट बाटो काट्दै गरेकी वृद्धाको मृत्यु

सुनसरी । कोसी राजमार्गस्थित सोनापुर चोकमा बाटो काट्दै गरेकी एक वृद्धाको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । सुनसरी दुहबी नगरपालिका–८ की ६५ वर्षीया जगवती...

तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड

पोखरा । प्रभु बैंक लिमिटेडले ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज शुक्रबार एक...

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

महेन्द्रनगर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन...

ट्रेन्डिङ

तुलसीपुरमा हत्या गरिएको अवस्थामा युवकको शब भेटियो

तुलसीपुर । तुलसीपुरमा एक युवकको हत्या गरिएको छ । तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निबासी २८ बर्षका मन्दिप भुजेको गएराति हत्या भएको ईलाका प्रहरी कार्यालय...

विवादबीच जसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक कात्तिक पहिलो हप्ता बस्ने भएको छ । विवादबीच बस्न लागेको कार्यकारिणी समितिको बैठकले महŒवपूर्ण...

जेभियर इन्टरनेशनल कलेजद्वारा आयोजित मनोवैज्ञानिक गोष्ठी सम्पन्न

काठमाडौं । कोरोना संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन अहिलेसम्म पूर्णरुपमा खुलेको छैन । यो अवस्थामा मानिसले मनोवैज्ञानिक दबाब झेल्नु स्वभाविक हो ।...

मध्यम तथा लामो दूरीमा १५ प्रतिशत सवारीसाधन सञ्चालन

काठमाडौँ । मध्यम तथा लामो दूरीमा दिनभरमा आज झण्डै १५ प्रतिशत सवारीसाधन सञ्चालन भएका छन् । मध्यम तथा लामो दूरीमा सवारीसाधन सञ्चालन भएको पहिलो...

अन्तर कलेज फुटबल : निहारिका र ग्रिनल्याण्ड भिड्ने

मोरङ, ५ चैत । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि निहारिका र ग्रिनल्याण्ड कलेज भिड्ने भएका छन् ।...

रुखमा झुण्डिएको अवस्थामा वडाध्यक्ष मृत भेटिए

महेन्द्रनगर । कञ्चनपुर दक्षिणी भेगमा पर्ने बेलडाँडी गाउपालिकामा एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका–५ का वडाध्यक्ष ५७ वर्षीय कृष्ण...

जातीय विभेद किन ?

नश्ल र जातजातिमा आधारित विभेद २१औं शताब्दीसम्म पनि विकसित भनिएका समाज र राज्यलगायतमा व्याप्त रहनु समस्त मानवजातिको कलंक हो । जातीय विभेदजन्य घटना घट्नु...

प्रतिनिधिसभा विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

[adrotate group="36"]

प्रमुख

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता...

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...
[adrotate group="37"]

भर्खरै

६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य...

विमेन इन रोटरीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । विमेन इन रोटरी रोटरी डिस्ट्रिक्ट ३२९२ ले समान भविष्यका लागि महिला नेतृत्व भन्ने नाराका साथ एकसय १३ औं अन्तर्राष्ट्रिय नारी दिवस शनिबार...

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहने सर्वोच्च अदालतको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः अस्तित्वमा आएका छन् ।...

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर...
[adrotate group="38"]

धेरै पढिएका

तीन हजार मान्छे भित्र रहेकाे बेला ताजमहलमा बम भएकाे हल्ला चलेपछि…

 एजेन्सी । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको...

एम्बुलेन्सको ठक्करबाट बाटो काट्दै गरेकी वृद्धाको मृत्यु

सुनसरी । कोसी राजमार्गस्थित सोनापुर चोकमा बाटो काट्दै गरेकी एक वृद्धाको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । सुनसरी दुहबी नगरपालिका–८ की ६५ वर्षीया जगवती...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

गायनको पर्खाइमा आराम गर्दै योगेश वैद्य

काठमाडौं । उमेरले ७२ वर्ष पुगे पनि गायक योगेश वैद्यलाई अझै धेरै गीत गाउनु छ । तर, पछिल्लो समय उनलाई स्वास्थ्यले साथ दिएको छैन...
[adrotate group="39"]
[adrotate group="40"]

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)