Thursday, August 5, 2021
Homeप्रदेशप्रदेश २सुनसरीका २६० जना पत्रकारको दुर्घटना बीमा

सुनसरीका २६० जना पत्रकारको दुर्घटना बीमा

,
sharethis

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क दुर्घटना बीमा गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका दुई सय ६० जना पत्रकारहरुको एक वर्षे दुर्घटना बीमा गरिएको हो ।

मंगलबार अजोड ईन्स्योरेन्स कम्पनी सुन्धारा काठमाण्डौँमा ईन्स्योरेन्सका कार्यकारी प्रमुख कुमारबहादुर खत्री र युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीबीच सम्झौता भएको छ । सम्झौतामा एक वर्षसम्म बीमा गरेका पत्रकारको दुर्घटनामा मृत्यु भएमा ७ लाख र दुर्घटनामा घाईते भएमा ७० हजार सम्म प्रदान गरिने उल्लेख गरिएको छ ।

‘हामीले यसअघि कोरोना बीमा गरेका पत्रकारहरुको दुर्घटना बीमा गरिएको हो,’ अधिकारीले भने, ‘युनियन सुनसरीले विराटनगरको नोबेल अस्पतालसँग जिल्लाका पत्रकारको उपचारका लागि ५० प्रतिसत छुट गर्नेगरी सम्झौता समेत भएको छ ।’ उनका अनुसार यसअघि कोरोना बीमा गरिएकामध्ये ३२ जनालाई संक्रमण भएको र ती मध्ये २२ जनाको जनही १ लाखका दरले पैसा आइसकेको छ । ‘२२ जनाको पैसा आइसेको र १६ जनाको हस्तान्तरण भइसकेको छ,’ उनले भने, ‘बाँकी ७ जनाको केही दिनमा एक कार्यक्रम गरी पैसा हस्तान्तरण गरिनेछ, अन्य दश जनाको आउने प्रक्रियामा छ ।’ उनका अनुसार यसअघि युनियन कार्यसमितिले पत्रकारहरुका लागि फुड बैँक समेत सञ्चालनमा ल्याएको थियो ।

फ्रन्टलाइनमा रहेर दैनिक फिल्डमा खट्ने पत्रकारहरु जोखिममा रहेकाले आँफूहरुले उक्त बीमाको कार्यक्रम ल्याईएको उनको भनाई छ । उनका अनुसार सुनसरीका दुई सय ६० जना पत्रकारले आफ्नो परिचय खुल्ने परिचयपत्र उपलब्ध गराएपछि बीमाको प्रक्रिया अगाडि बढ्नेछ ।

(Visited 108 times, 2 visits today)

आजको समाचार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमितले भरियो टेकु अस्पताल, टहरामै बिरामीको उपचार (फोटोफिचर)

  काठमाडौं । एक साता यता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमितले भरिएका छन् । संक्रमितका लागि ४० वटै बेड बिरामीले भरिएपछि...

महानगरपालिकाको नयाँ भवन निर्माण ठेक्कामा व्यवसायीको मिलेमतो

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माण गर्न लागेको नयाँ भवन निर्माण ठेक्का आफ्नो हातमा पार्न व्यवसायीले सेटिङ मिलाएको पाइएको छ । काठमाडौं महानगरपालिकाले समानान्तर निर्माण...

बेपत्ता बालिका ३ वर्षपछि सकुशल घर आइपुगिन्

  सप्तरी,राजविराज । पर्साको विरगंज माहानगपालिका ११ परवानीपुरबाट हराएकी ११ वर्षीया किशोरीलाई झण्डै ३ वर्षपछि भारतबाट उद्धार गरी मंगलवार परिवारलाई जिम्मा लगाइएको छ । ११ वर्षको...

साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर...

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

ट्रेन्डिङ

जिल्ला न्यायाधीशका लागि २६ जना अन्तरवार्तामा छनोट

काठमाडौं । न्याय सेवा आयोगले जिल्ला अदालतमा रिक्त २९ पदमा विज्ञापन गराएकोमा २६ जनामात्र अन्तर्वार्ताका लागि छानिएका छन् । २ सय २९ जना परीक्षामा सहभागी...

अनिलको संगीतमा नरेन्द्र प्यासीको स्वर

काठमाडौं । गीत लेखन संगीत सिर्जनमा व्यस्त रहेका अनिल खनालको संगीतमा नयाँ आधुनिक गीत सार्वजनिक भएको छ । ‘स्मृति’ एल्बममा संग्रहित ‘कस्तो यो खेल...’...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)