Sunday, January 24, 2021
Home अर्थ सेयरधनीलाई २ अर्ब २० करोड लाभांश बाँड्दै निगम

सेयरधनीलाई २ अर्ब २० करोड लाभांश बाँड्दै निगम

काठमाडौँ । नेपाल आयल निगम आफ्ना सेयरधनीलाई २ अर्ब २० करोड रुपैयाँ लाभांश बाँड्ने भएको छ । सेयरधनीलाई निगमको खुद नाफा रकमबाट चुक्ता पुँजीको २० प्रतिशतका दरले नगद लाभाशं रकम बाँड्न लागेको हो । मंगलबार निगमको ३९ औँ वार्षिक साधारण सभाले निगमका शेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ मा निगमले आर्जन गरेको खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख ९ सय ८१ रुपैयाँबाट चुक्ता पुँजीको २० प्रतिशत बराबरको नगद लाभाशं २ अर्ब २० करोड रुपैयाँ वितरण गर्ने निर्णय गरेको निगमका प्रवक्ता विनित मणि उपाध्याय जानकारी दिए । कम्पनी ऐन, २०६३ को दफा १०९ को उपदफा ४ को प्रावधान अनुरुप निगमले शेयरधनीलाई लाभांश बाँड्न लागेको उनले बताए ।

निगममा सरकारको ९९.४६ प्रतिशत सेयर रहेको छ । सेयरधनी उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक गरी निगममा ९९.४६ प्रतिशत सेयर सरकारको रहेको छ । जसमा सबै भन्दा धेरै अर्थमन्त्रालयको सेयर रहेको छ । निगममा अर्थ मन्त्रालयको ७३.४१ प्रतिशत सेयर रहेको छ । उद्योग वाणिज्य आपूर्ति मन्त्रालय २०.३२ प्रतिशत सेयर रहेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ५.७३ सेयर निगममा रहेको छ । अन्य संस्थाहरुको एकदमै न्युन ०.५४ प्रतिशत सेयर रहेको छ ।

निगमका अनुसार निगमको सञ्चित मुनाफा २२ अर्ब पुगेको छ । पेट्रोलियम पदार्थको कारोबार गर्दै आएको निगमले सञ्चित मुनाफा २२ अर्ब पु-याएको हो । आर्थिक वर्ष २०७१/०७२ सम्म घाटामा रहेको निगम त्यसपछि वित्तीयरूपमा सुदृढ हुँदै पछिल्लो वर्षहरूमा नाफा बढाउँदै लगेको छ । निगम पछिल्लो ६ वर्षदेखि भने क्रमश नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य घट्दै गए पनि स्थानीय बजारमा सोही अनुसार समायोजन नगरी अत्यधिक मूल्य कायम राख्दा निगम नाफा कमाउन सफल भएको हो । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले निगमले नाफा कमाउँदै गएपछि गत असार मसान्तसम्म सञ्चित नाफा २२ अर्ब पु¥याउन सफल भएको बताए ।

यो पनि पढ्नुहोस   पाँच महिनामा ३ खर्ब २८ अर्ब रुपैयाँ खर्च

साहका अनुसार आर्थिक वर्ष २०७०/०७१ सम्म घाटामा रहेको निगम आर्थिक वर्ष २०७१/०७२ मा १५ अर्ब ४ करोड नाफा कमाउन सफल भएको थियो । यसैगरी आर्थिक वर्ष ०७२/०७३ मा १९ अर्ब ३६ करोड नाफा कमाएको थियो भने आर्थिक वर्ष २०७३/०७४ मा ९ अर्ब ४५ करोड नाफा कमाएको थियो । यसैगरी आर्थिक ०७४/०७५ मा ३ अर्ब ५८ करोड नाफा कमाएको थियो भने २०७५ /०७६ मा ८ अर्ब ७५ करोड नाफा कमाएको थियो । गत आर्थिक वर्ष निगमले १२ अर्ब ९० करोड नाफा कमाएको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७२ /०७३ देखि निरन्तर नाफामा गएपछि निगमले सेयर जारी गरेर चुक्ता पुँजी बढाएर ११ अर्ब पु¥याएको थियो । अघिल्लो तीन वर्ष देखि निगमले आफ्ना सेयरधनीलाई २० प्रतिशतदरले लाभांश समेत बाँड्दै आएको छ । निगमले नाफामा गएसँगै आर्थिक वर्ष २०७३/०७४ मा १४ करोड, ०७४/०७५ मा २ अर्ब २० करोड र ०७६/०७७ मा २ अर्ब २० करोड लाभांश रमक वितरण गर्न लागेको हो ।

निगमले आर्थिक वर्ष २०७६/०७७मा १ अर्ब ४५ अर्ब ९८ करोड रुपैयाँ बराबरको २५ लाख ९० हजार ६ सय ९३ किलोलिटर इन्धन आयात भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ९२ अर्ब ७२ करोड रुपैयाँ बराबरको २९ लाख ३८ हजार ९ सय ३० किलोलिटर आयात भएको थियो । आर्थिक २०७४/०७५ मा १ खर्ब ५४ अर्ब ७९ करोड रुपैयाँ बराबरको २६ लाख ७० हजार ८ सय ६६ किलोलिटर इन्धन आयात भएको थियो ।

(Visited 103 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना भाइरसका कारण एक सातामा विदेशमा थप नौ जना नेपालीको निधन

काठमाडाैं ।  कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा...

देउरानीको कुटाईबाट जेठानीको मृत्यु

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४८ वर्षीया आईती बुढाथोकीको देउरानीको कुटाइबाट मृत्यु भएको छ । जेठानीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४...

चार हप्तापछि मेलम्चीकाे सुरुङमा पानी हाल्न सकिने

काठमाडौँ । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि...

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी...

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको टिप्पणी गरेका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग...

साताका लोकप्रिय समाचार

ओलीले गल्ती गरेँ भनुन् केही समय जेल राखेर निकालौंला : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गल्ती गरेको स्वीकारेमा केही समय जेलमा राखेर माफी दिन सकिने बताएका...

४७ हजारका लागि जागिर खुल्यो (लिंकसहित)

काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खोलेको छ । करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि...

गुटगत निर्णय लिएर नेकपाका नेताहरु गाउँगाउँमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहका शीर्ष नेताहरू गुटगत निर्णय एवं सन्देश लिएर अहिले गाउँगाउँमा कार्यक्रम गर्न व्यस्त भएका छन् । तत्कालीन एमाले...

सडकमै नमुना संसद (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार विद्यार्थीहरूले राजधानीमा ‘नमुना संसद्’ आयोजना गरेका छन् । नेपाल टिन लिडर्सले पुतलीसडकस्थित पद्मोदय मोडमा सडकमै राष्ट्रिय सभाको सांकेतिक...

केपी ओलीको विरोध गरे मधेशको विकास असम्भव : महेश बस्नेत

सप्तरी, राजविराज । विपक्षी दलले आन्दोलन गरिरहेको बेला सप्तरीमा नेकपाको सत्तापक्षिय राष्ट्रिय यूवा संघ नेपालले प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन र सभा गरेको छ । विहीबार...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको पुष्टि

अर्घाखाँची । मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परीक्षणका लागि पठाइएको...

मन्त्री नेम्वाङको सय दिन : सय दिनमा ९ हजार ५ सय खाल्टाखुल्टी पुरियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल परिमार्जन गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको वसन्त नेम्वाङले...

मुलुकभर एक हजार तीन सय ५९ जनामा कोरोना संक्रमण

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९...

राष्ट्रिय गौरवका आयोजना समयमै सकाउन निर्देशन

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना सुस्त भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समयमै सक्न निर्देशन दिएको छ । आयोजना प्रमुखसँग चरणबद्ध छलफल गर्दै आयोजना...

संखुवासभाको सिलिचोङमा पहिरोबाट १०४ घर विस्थापित

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोबाट १०४ घर विस्थापित भएका छन् । पहिरोका कारण –१ सिसुवामा पहिरोका कारण १०४ घर विस्थापित भएका छन् ।...

साइपाल गाँउपालिकाको सबै वडामा खाद्यान्न

बझाङ । सडक सञ्जालसँग नजोडिएको बझाङको सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिका सबै वडामा खाद्यान्न पुगेको छ । गाउँपालिकाको वडा नम्बर १, २,...

गृह जिल्लामा बलियो छन् ओली

दमक । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्लामा बलियो देखिएका छन् । जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी र पार्टी कमिटीमा ओली समुह बलियो देखिएको...

तनहुँमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँको दक्षिणभेग घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा हालसम्म कोरोना संक्रमितहरुको संख्या ९ पुगेको जिल्ला...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

४७ हजारका लागि जागिर खुल्यो (लिंकसहित)

काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खोलेको छ । करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

भर्खरै

चार हप्तापछि मेलम्चीकाे सुरुङमा पानी हाल्न सकिने

काठमाडौँ । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि...

न्यायालय माथि दबाब दिनेहरू लोकतन्त्रवादी हुनै सक्दैनन् : प्रभु साह

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि दबाब दिनेहरू लोकतन्त्रवादी हुन नसक्ने बताएका छन् । आइतबार रौतहटको...

मकवानपुरमा नेकपा र जसपाले बहिष्कार गरे निर्वाचन कार्यालयको बैठक

हेटौंडा । वर्तमान सरकारले घोषणा गरेको निर्वाचनका लागि मकवानपुरमा आज आयोजना गरिएको बैठक नेकपा र जनता समाजवादी पार्टी (जसपा) बहिष्कार गरेका छन् । जिल्ला...

टेलिकमको कर्मचारी हुँ भन्दै ब्याट्री चोर्ने पक्राउ

सप्तरी, राजविराज । नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न दुईसहित ६ जनालाई...

धेरै पढिएका

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने...

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको...

एकै वकिलबाट तीन घण्टा लामो बहसले सुनुवाइ लम्बिने संकेत

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका छन् । सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि...

आहा ! इलामको पाटेनागी

इलाममा कैयौं पर्यटकीय गनतव्य छन् । कतिपय ठाउँ उत्कृष्ट गन्तव्य सूचिमा छन् भने कतिपय ओझेलमा छन् । त्यसो त, पाटेनागी क्षेत्र विकासमा इलाम नगरपालिकाले...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)