Tuesday, January 19, 2021
Home खेल गौरिका र मन्देकाजी वर्ष खेलाडी

गौरिका र मन्देकाजी वर्ष खेलाडी

काठमाडौं । गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा ४ स्वर्ण पदक विजेता गौरिका महिलातर्फ वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।

त्यस्तै, मन्देकाजीले उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् । मन्देकाजीले फुटबलका बिकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिन्दै अवार्ड जितेका हुन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् । २०० मिटर फ्रि–स्टायल, २०० मिटर ब्याकस्ट्रोक, ४०० मिटर फ्रि–स्टायल र १०० मिटर फ्रि–स्टायलमा स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै, उनले ५० र १०० मिटर ब्याक स्ट्रोकमा रजत पदक जितेकी थिइन् भने स्विमिङ टिम इभेन्ट्समा तीन कांस्य पदक जितेकी थिइन् । त्यस्तै, २०७६ साल मै नेपालगन्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले १२ स्वर्ण जित्दै कीर्तिमानमाथि कीर्तिमान कायम गरेकी थिइन् ।

यता, मण्डेकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए । आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए । गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मण्डेकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए ।

पिपल्स च्वाइसमा अरुणा
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छन् । अरुणाले कराँतेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ, पौडीकी गौरिका सिंह र फुटबलकी सावित्रा भण्डारीलाई पछि पार्दै अवार्ड हात पारेकी हुन् । अरुणाले ईसेवाबाट १ लाख ९४ हजार ७ सय ४७ अर्थात २७.८४२ प्रतिशत मत पाईन् । यस्तै, फेसबुक लाइकमा ९ हजार ५ सय २२ अर्थात् ४.४७९ प्रतिशत मत पाइन् ।

प्रशिक्षकबाट २.७०४ र आयोजक मञ्चका सदस्यबाट २.५०० प्रतिशत मत प्राप्त गरिन् । यस्तै, मन्देकाजीले ईसेवाबाट १ लाख ६ हजार ६ सय ७२ अर्थात् १५.२५० प्रतिशत मत पाए । फेसबुक लाइकमा १६ हजार ३ सय २८ अर्थात ७.६८० प्रतिशत मत पाए । मुख्य प्रशिक्षकबाट ३.०५३ र मञ्चका सदस्यबाट २.४७४ प्रतिशत गरी कुल २८.४५७ प्रतिशत मत पाउँदै दोस्रो स्थानमा रहे । बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन भने पौडीकी गौरिकाले १३.३०१ प्रतिशत मत हासिल गरिन् । त्यस्तै, फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत पाइन् । एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा नेपालले स्वर्ण जित्दा अरुणा टोलीकी कप्तान थिइन् । उनकै कप्तानीमा नेपालले एक सेट पनि नगुमाई बंगलादेशमा स्वर्ण जितेको थियो ।

त्यस्तै, अरुणाकै कप्तानीमा नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलोपटक फाइनलमा पुगेको थियो । भारतसँग ३–२ को सेटमा पराजित भए पनि नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो अरुणालाई जिताऔं भन्दै पोखरामा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र कास्की जिल्ला भलिबल संघले न्यु डायमण्डसँग एपीएफको मैत्रीपूर्ण खेलसमेत खेलाइएको थियो ।

सुवासलाई युवा अवार्ड
गल्फका सुवास तामाङले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन् । सुवासले तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना मादेन लिम्बुलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
अवार्ड हात पारेसँगै सुवासले मञ्च परिवार र रोयल नेपाल गल्फ क्लबलाई विशेष धन्यवाद दिए । सुवासले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा दुई वटा स्वर्ण जितेका थिए । त्यस्तै, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका सुवासले राहुल विक र निश्चयजंग राजमाझीसँग टिम इभेन्ट्समा रजत पदक जितेका थिए । फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन बनेका उनले सूर्य नेपाल प्रिमियर लिगमा पनि च्याम्पियन बनेका थिए ।

सिजरिन र गीतालाई लाइफ टाइभ एचिभमेन्ट अवार्ड
टेबल टेनिसका पुराना खेलाडी सिजरिन शाह र गीता क्षेत्रीलाई पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवाडैको १७ औं सस्करणमा दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता शाह र क्षेत्रीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

तीन दशक (सन् १९९१) मा आयोजना भएको पाँचौं सागमा यो जोडीले टिम इभेन्ट्समा स्वर्ण पदक जितेको थियो । महिला टिम इभेन्ट्समा नेपाली खेलकुद इतिहासकै त्यो एक सर्वकालीन गौरवको उपलब्धि हो । श्रीलंकाको कोलम्बोमा क्षेत्री र शाहले दिलाएको त्यो उपलब्धि साग खेलकुदमा महिला खेलाडीले देशका लागि नेपालका पहिलो स्वर्ण पदक हो । दक्षिण एसियालको पावर हाउसका रूपमा स्थापित भारतका खेलाडीलाई हराउँदै उनीहरूले स्वर्ण पदक जितेका थिए । तेस्रो सागदेखि नेपालको प्रतिनिधित्व गरेकी शाहले सातौं सागसम्म खेलेकी थिइन् । आफ्नो खेल जीवनमा उनले ८ पदक जितेकी थिइन् । सागमा स्वर्णसहित ६ पदक जितेकी क्षेत्रीले भने स्वर्ण जितेपछि खेलिनन् । शाह र क्षेत्रीको सफलतापछि अहिलेसम्म सागमा नेपालले स्वर्ण पदक जित्न सकेको छैन ।

यो पनि पढ्नुहोस   मेस्सीलाई रातो कार्ड

आयशा र सन्तोषीलाई स्पेसल अवार्ड
तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले १७औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’अन्तर्गत स्पेसल अवार्ड पाएका छन् । आयशा र सन्तोषीले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय जगत्मा स्वर्ण पदक जितेका थिए । २०७६ सालमा नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोकी आयशाले दुई वटा स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै, उनले आठौं राष्ट्रिय खेलकुदमा भने कांस्य पदक जितेकी थिइन् । एथ्लेटिक्सकी सन्तोषीले १३ औं सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । सन्तोषी १३औं सागमा एथ्लेटिक्समा स्वर्ण जित्ने एक मात्र महिला खेलाडी हुन् । १३औं सागमा एथ्लेटिक्समा नेपालले ३ स्वर्ण जितेको थियो ।

दिगमलाई पारा एथलेट सम्मान
पारा क्रिकेट टोलीका कप्तान, बास्केटबल र टेबल टेनिसका खेलाडी दिगमसिंह चेम्जोङ पारा एथलेटिक अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा मंगलबार सम्मानित भएका हुन् । ह्वील चेयर क्रिकेटमा उनले पाकिस्तानको कराँची इगल्सबाट खेलेर पहिलो व्यावसायिक नेपाली पारा खेलाडीको इतिहास लेखाएका छन् । नेपालमा गत वर्ष भएको एसियाली ह्वील चियर क्रिकेटमा उनले अलराउन्ड प्रदर्शन गरेका थिए ।

गत वर्ष पोखरामा भएको पारा टेबल टेनिसमा उनले रजत पदक जितेका थिए । २१ वर्षको उमेरमा वैदेशिक रोगजारीका लागि खाडी मुलुक कतार पुगेका दिगम अर्को वर्ष एउटा भयंकर सडक दुर्घटनामा परका थिए । ११ महिनाको लामो अस्पताल बसाइपछि उनी स्वदेश फर्केका थिए । २०६६ सालमा नेपाल फर्किदा उनले पारा खेलाडी बन्ने उद्देश्य बनाइसकेको बताएका छन् । अर्को वर्ष स्पाइकल कर्ड पारा पौडी हुने खबर उनले सुने । त्यस अवसर उनको जीवन बदलियो । त्यसमा उनले स्वर्ण पदक जिते । त्यसपछि उनको खेल जीवन अघि बढ्यो । यस्तै, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड अहमद खवारी इशालाई प्रदान गरिएको छ ।

नवीन वर्ष उत्कृष्ट प्रशिक्षक
तेक्वान्दोका प्रशिक्षक नवीनकुमार श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका छन् । नवीनले उसुका अमर कुमार थिङ, कराँतेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । १३औं सागमा तेक्वान्दोबाट नेपालले सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जित्दा नवीन प्रशिक्षक थिए । तेक्वान्दोमा नेपालका सबै २९ जना खेलाडीले पदक पाएका थिए । उनी चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप नेपालले खेल्दा टिमका प्रशिक्षक थिए । वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका नवीनले एक थान पल्सर मोटरसाइकल पाएका छन् ।

महिला भलिबललाई टिम अफ द इयर अवार्ड
महिला भलिबल टिमले टिम अफ द इयरको अवार्ड पाउन सफल भयो। एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपको उपाधि जित्दै नेपाली महिला टिमले ऐतिहासिक सफलता पाएको थियो । नेपालले एक सेट पनि नगुमाई स्वर्ण जितेको थियो । नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलोपटक फाइनलमा पुगेको थियो । भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो ।

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइज अवार्डका विजेताले पल्सर स्पोर्ट्स मोटरसाइकल पाएका छन् । त्यस्तै, हरेक विधाका विजेताले ५० हजार नगद पाएका छन् । विजयी खेलाडीलाई हंसराज हुलास चन्दका प्रमुख शेखर गोल्छा, अभिमन्यु गोल्छा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ, ई–सेवाका सीओओ रोशन लामिछाने, केल्मी नेपालका प्रतिनिधि मनीषा शर्मा, डिस मिडिया नेटवर्कका सञ्जय राजभण्डारी, इमेज च्यानलका लक्ष्मण हुमागाईं, सूर्य नेपालका केशव प्रधानलगायतले पुरस्कृत गरे । पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ ।

डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) हुने अवार्डमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, ई–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको प्रायोजन रहेको थियो ।

(Visited 33 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुनकोशी गाउँपालिका कार्यालयमा प्रचण्डको फोटो !

सिन्धुली । सरकारी कार्यालयहरुमा प्रायः राष्ट्रप्रमुख र सरकारका कार्यकारी प्रमुखहरुको फोटो राख्ने प्रचलन छ । तर यहाँको सुनकोशी गाउँपालिकामा भने नेकपाका अध्यक्ष प्रचण्डको फोटो...

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

नयाँ प्रजातिको कोरोना भाइरसबाट नेपाल कति जोखिममा ?

काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलायत हुँदै नेपाल फर्किएकामध्ये तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो...

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार निर्वाचन आयोगको वार्षिक प्रतिवेदन...

त्रिभुवन विश्वविद्यालयमा जागरण जरुरी

नेपालको सबैभन्दा ठूलो र पुरानो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय अहिले आलोचनाको केन्द्रमा रहेको छ । यस मातहतका क्याम्पस तथा निकाय पनि टीकाटिप्पणी र आलोचनाको...

साताका लोकप्रिय समाचार

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो...

६ लाख पाउने लोभमा सामुहिक बलात्कारमा परेँ भन्दै झुटो विवरण दिने युवती पक्राउ

रौतहट । ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ परेकी छिन । २८ पुसमा ओखलढुंगा घर बताउने अन्दाजी...

अनलाइन फुड फेस्ट शुक्रबारदेखि

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत तीन वर्षदेखि नियमित रूपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिभल यस वर्ष पनि...

राजनीतिक आबद्धताको आरोपभित्रको राजनीति

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा उठेका प्रश्नका कारण माननीय न्यायाधीशले इजलास छाड्नुपर्ने अवस्था आयो । यो घटनाले अर्को गम्भीर प्रश्न खडा गरेको छ ।...

एकै वकिलबाट तीन घण्टा लामो बहसले सुनुवाइ लम्बिने संकेत

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका छन् । सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि...

ट्रेन्डिङ

आँगनमा डोजर चल्न थाल्यो, जाने ठाउँ छैन

चुरे मकवानपुर । मकवानपुरको एक निजी उद्योगले आफ्नो स्वार्थको लागि खानी उत्खनन् गर्दा स्थानीय सर्वसाधारणको घरवास उठेको छ । हेटौंडामा उद्योग रहेको रिद्धिसिद्धि सिमेन्ट...

वैवाहिकको बखेडा

नागरिकता नागरिक हुनुको भाव या अवस्था हो । नागरिकता नागरिकले आफ्नो राष्ट्रप्रति बफादार रही कर्तव्यपालन गरेबापत प्राप्त हुने अधिकार हो । यो राज्य र...

फूलबुट्टे सारी…अनामिकाको छमछमी

काठमाडौं । गायिका बिन्दु परियारको स्वरमा यसपटकको तीजमा नयाँ गीत निकाल्ने क्रममा नयाँ गीत फूलबुट्टे सारी... रिलिज भएको छ । जसमा शान्तिप्रियको शब्द र...

सीसीएमसी पुनर्गठन, चार मन्त्री थपिए

काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय काम गर्न नसकेको आरोप खेप्दै आएको सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संकट व्यवस्थापन केन्द्र...

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार...

पानोरमा रिसोर्टलाई तीन महिना निलम्बन

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरमा रिसोर्टलाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निलम्बन गरेको...

११ सहसचिवको सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार उनीहरूको काज...

कोरोना आशंकापछि १८ सय व्यक्ति बस्दै आएको सनसिटी अपार्टमेन्टमा सिल

काठमाडौं । राजधानीको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्दै आइरहेका केही व्यक्तिमा कोरोना संक्रमणको आशंका पाइएपछि पुरै अपार्टमेन्ट सिल गरिएको...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका...

एकै वकिलबाट तीन घण्टा लामो बहसले सुनुवाइ लम्बिने संकेत

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका छन् । सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि...

रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको प्रहरी जनाएको छ । दमकल, प्रहरी, स्थानीयवासीको...

भर्खरै

सुनकोशी गाउँपालिका कार्यालयमा प्रचण्डको फोटो !

सिन्धुली । सरकारी कार्यालयहरुमा प्रायः राष्ट्रप्रमुख र सरकारका कार्यकारी प्रमुखहरुको फोटो राख्ने प्रचलन छ । तर यहाँको सुनकोशी गाउँपालिकामा भने नेकपाका अध्यक्ष प्रचण्डको फोटो...

धनकुटाकी कोरोना संक्रमित बृद्धाको मृत्यु

धनकुटा । धनकुटाकी कोरोना संक्रमित एक बृद्धाको आज बिहान धरानमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार निर्वाचन आयोगको वार्षिक प्रतिवेदन...

दीप बस्न्यातको ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । बालुवाटार ललिता निवासको सरकारी जग्गा हिनामिनामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्बन्धमा ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्च अदालतले आदेश...

धेरै पढिएका

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत्...

मुलुकको राजनीतिक अवस्था गम्भिर छ, पत्रकार पनि चनाखो हुनुपर्यो : मुख्यमन्त्री

सप्तरी,राजविराज । प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले मुलुकको राजनीतिक अवस्था गम्भीर अवस्थामा रहेका कारण सञ्चारकर्मीले पनि यसका बारेमा चासो देखाउन जरुरी रहेको बताएका...

उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ

काठमाडौं । गत असारको तुलनामा उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको भए पनि उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको निष्कर्ष निकालिएको छ...

स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन सकस बन्दै

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन गर्ने कार्यक्रम अघि सारे पनि कार्यान्वयनमा सकस देखिएको छ । सरकारको नीति तथा कार्यक्रम २०७७-७८ मा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)