काठमाडौं । लकडाउन र कोरोना महामारीका कारण गत भदौमा हुन नसकेको सातौं छायाछवि तीज म्युजिक अवार्ड–२०७७ काठमाडौंमा मंगलबार सम्पन्न भएको छ । यो अवार्ड विभिन्न ३६ विधामा प्रदान गरिएको छ । २८ विधामा प्रतिस्पर्धामूलक अवार्ड र आठ वटा अवार्ड क्रिटिक्स, पब्लिक च्वाइस र इनकरेजमेन्ट विधामा प्रदान गरिएको छ ।
सो कार्यक्रममा उत्कृष्ट तीज गीत एरेन्जरको अवार्ड मनोज राजभण्डारीलाई, तीज गीत मिक्सिङ अवार्ड भोला पौडेललाई, तीज गीत दोहोरी नव गायन अवार्ड आयुषा गौतमलाई, उत्कृष्ट तीज गीत गायिकाको अवार्ड रातो सारी लरक्कै गीतबाट गायिका सरिता भारतीलाई, तीज दोहोरी गीत सम्पादनको अवार्ड बरी लै माइती गीतबाट मिलन विश्वकर्मालाई, तीज गीत सम्पादक अवार्ड सम्झायो माइतीघर गीतबाट वीरेन्द्र भाट विपिनलाई प्रदान गरियो ।
तीज दोहोरी गीत छायांकारको अवार्ड रातो रातो सारीबाट मुकेश हुमागाईंलाई, तीज गीत छायाकार अवार्ड चट्टै माया फररबाट अजय रेग्मीलाई, तीज दोहोरी गीत मोडल (पुरुष) अवार्ड रोविन पोखरेललाई, तीज दोहोरी गीत मोडल (महिला) अवार्ड दीपाशा विसीलाई, तीज गीत मोडलको अवार्ड नन्दा बस्याललाई प्रदान गरिएको छ ।
तीज दाहोरी गीत भिडियो निर्देशकको अवार्ड मानसिंह खड्कालाई, तीज गीत नृत्य निर्देशकको अवार्ड सुरेन्द्र बसेललाई, तीज गीत भिडियो निर्देशक अवार्ड राजकुमार मगरलाई युगल तीज गीतको अवार्ड सुजाता केसी र रोजी श्रेष्ठलाई, तीज गीत युगल मोडल (मौलिक) अवार्ड नीतु कोइराला र सुशीला थापालाई प्रदान गरियो ।
तीज गीत शब्दको अवार्ड सुरक्षित तिजबाट दयाराम पाण्डेयलाई, तीज गीत मौलिक शब्दको अवार्ड भेल्भेटको चोलीबाट शुष्मा देवकोटालाई, तीज दोहोरी गीत लय अवार्ड नाच्न आकी छुबाट हेम श्रेष्ठलाई, तीज गीत लय अवार्ड योगेश काजीलाई, तीज दोहोरी गीत कम्पनीको राजकुमार फिल्म्सलाई, तीज गीत कम्पनी अवार्ड एस थ्री के इन्टरटेनमेन्टलाई, तीज दोहोरी गीत शब्दको अवार्ड लोकराज अधिकारीलाई प्रदान गरियो ।
तीज दोहोरी गीत गायक अवार्ड सूर्य खड्कालाई, तीज दोहोरी गीत गायिका अवार्ड बुहारी–३ बाट टीका सानुलाई, तीज गीत गायिकाको अवार्ड यसपालिको तीजबाट मञ्जु थापालाई, तीज गीत मौलिक गायिकाको अवार्ड पातली–२ बाट कला लम्साललाई, तीज मौलिक गीतको अवार्ड यस्तो बनोस् तिजबाट अनिता चलाउनेलाई प्रदान गरियो ।
यस्तै, जुरी अवार्ड हाम्री संगिनीबाट सञ्जु लम्साललाई, मोडलतर्फ जुरी अवार्ड सुशीला थापालाई, निर्देशनतर्फको जुरी अवार्ड छमछम गीतबाट सूर्य चन्दलाई प्रदान गरियो । यस्तै, भिडियो निर्देशकको पब्लिक च्वाइस अवार्ड देवेन्द्र कुँवरलाई, तीज दोहोरी गायिकाको पब्लिक च्वाइस अवार्ड सिर्जना खत्री हाउडे मायालाई प्रदान गरियो ।
यस्तै, तीज दोहोरी गीत गायक इनकरेजमेन्ट अवार्ड कमल बिसीलाई, सामाजिक सन्देश गीत अवार्ड गरीमा ज्ञवालीलाई र उत्कृष्ट मोफसल तीज गीत अवार्ड श्रीनगर फिल्म्सका मनीष पन्तलाई कार्यक्रममा प्रदान गरियो । कार्यक्रममा रंग पत्रकार राधिका अधिकारीलाई ५ हजार रुपैयाँ सहित छायाछवि नारी रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।