Monday, January 25, 2021
Home भर्खरै प्रतिनिधिसभा विघटन मुद्दा सुनुवाइः बृहत् पूर्ण इजलासको माग

प्रतिनिधिसभा विघटन मुद्दा सुनुवाइः बृहत् पूर्ण इजलासको माग

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आज बिहान बहस शुरु गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा गत बुधबार सुनुवाइ शुरु भएकामा न्यायाधीश कार्कीबारे प्रश्न उठेपछि आज उनका स्थानमा न्यायाधीश सपना मल्ल तोकिएकी छन् । न्यायाधीश कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उनका स्थानमा आज मल्ल तोकिएकी हुन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेको अन्य पाँच न्यायाधीश रहने व्यवस्था छ । यही पुस १० गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले पुस १९ गते महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन् ।

अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कल प्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने र प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।

त्यस्तै अदालतले माग गरेको अदालतको सहयोगी (एमिकस क्युरी) मा नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता पाठकको नाम सिफारिश गरेका छन् ।

यो पनि पढ्नुहोस   प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १४ रिट निवेदन दर्ता भएको थियो । राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर केसी, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले रिट निवेदन दायर गरेका थिए ।

कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिशका आधारमा भए गरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ । रासस

(Visited 46 times, 1 visits today)
Loading comments...

आजको समाचार

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

अझै हिउँदे वर्षा भएन

काठमाडौँ । यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्नेभएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो ।...

महोत्तरीमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा...

खोप लगाउने तयारी अन्तिम चरणमा

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध भारत सरकारबाट उपहारस्वरूप प्राप्त १० लाख डोज खोप लगाउने तयारी अन्तिम चरणमा पु-याएको छ । यसका लागि...

पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च

काठमाडौं । वर्तमान सरकारको चासो र निकै प्राथमिकतामा परेको पानीजहाजको क्षेत्रमा एक वर्ष कानुनको मस्यौदा तयार गर्न र अध्ययनमै बितेको छ । नेपाली पानीजहाज...

साताका लोकप्रिय समाचार

नारायण प्रधानको नेतृत्वमा द्वन्द्व कलाकारमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली चलचित्रमा फाइट आर्टिस्टको रूपमा काम गर्दै आएका द्वन्द्व कलाकारको संस्थाले नयाँ नेतृत्व पाएको छ । द्वन्द्व निर्देशक तथा द्वन्द्व कलाकारहरूको छाता...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

पक्राउ पुर्जी जारी भएको दुई महिनासम्म पनि समातिएनन् आरोपित

गुल्मी । गुल्मीमा अदालतले पक्राउ पुर्जी जारी गरेको दुई महिना बितिसक्दा पनि आरोपित प्रहरी नियन्त्रणमा आउन सकेका छैनन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर...

कोरोनाविरुद्ध खोप लगाउँदा असर देखिए सरकारले उपचार गर्ने

काठमाडौं । कोरोना भाइरसविरुद्ध नेपालमा खोप भित्रिएसँगै कुनै व्यक्तिलाई खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या...

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षको मागदाबीलाई अस्वीकार गरेको छ । आइतबार बसेको बैठकले दुवै पक्षको मागदाबीलाई अस्वीकार गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री...

ट्रेन्डिङ

नगरसभा स्थगित : नगरप्रमुखको शैलि बिरुद्ध वडाअध्यक्ष धर्नामा

जनकपुरधाम । वडाध्यक्षहरुको चर्को विरोधपछि मंगलबारका लागि बोलाइएको जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा स्थगित गरिएको छ । जनकपुरधाम उपमहानगरको पाँचौ नगरसभा आज विहान ८ बजे बोलाइएकोमा नगरसभासदको...

बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

नेपालगन्ज । बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण...

सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

कोभिड १९ बाट निको भएर घर फर्कनेको सङ्ख्या सात

काठमाडौ । कोरोना भाइरसको हालसम्म ४० हजार ४३१ जनाको प्रयोगशाला परीक्षण भएको छ । पिसिआर विधिबाट नौ हजार ११ र ¥यापिड डायग्नेस्टिक...

रोजगारीका लागि भारत गएका बालक सम्पर्क बिहिन

गुल्मी । रोजगारीका लागि भारत गएका गुल्मीका बालक हराएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका २ पिपलधाराका १४ बर्षिय बालक सागर परियार...

काेराेनाबाट विश्वमा ६९ हजार ५०२ काे मृत्यु, कुन देशमा कति संक्रमित (सूचीसहित)

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ । प्राप्त पछिल्लो...

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

भरतपुर । चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका...

चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

भर्खरै

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

रौतहट । नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दावन नगरपालिका वाड नं. ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

धेरै पढिएका

मनाङको जंगलमा लागेको आगो २ महिनापछि नियन्त्रण

लमजुङ । हिमाल पारीको जिल्ला मनाङको जंगलमा लागेको आगो करिब २ महिनापछि नियन्त्रणमा आएको छ । नासों गाउँपालिका ८ ताचैं गाउँनजिकैको जंगलमा लागेको आगो...

चिकित्सा शिक्षा शुल्क बढाउने प्रयास नाजायज

देश कोरोना महामारीले थला परेर उठ्न नसकिरहेका बेला चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई ठाडै अस्वीकार...

नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् । निर्वाचनका लागि नेपाल...

अनि कोमललाई विवाह गर्ने चाहना हरायो

काठमाडौं । गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 3 visits today)