दाङ । नेकपा दाहाल -नेपाल समुह निकट अनेरास्ववियूले दाङमा जिल्ला कमिटी गठन गरेको छ । जंग रोकाको संयोजकत्वमा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
सहसंयोजकमा रवीन्द्र डागीं रहेका छन् । यस्तै कार्यालय सदस्यहरुमा कल्याण अधिकारी, प्रकाश रावत, गिर बहादुर महरा, रवीन वली, निश्चल केसी लगायत रहेका छन् । नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको प्रमुख आतिथ्यतामा भेला भएको हो ।