Tuesday, January 19, 2021
Home Breaking News सुजाताकाे प्रश्न : देउवा किन ओलीको पछि लाग्नु भाे ?

सुजाताकाे प्रश्न : देउवा किन ओलीको पछि लाग्नु भाे ?

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव गर्न खोजे रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताइन् ।

सभापति शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको कोइरालाको टिप्पणी थियो । असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत बताइन् । उनले देउवाको पछिल्लो गतिविधिमाथि केन्द्रीय कमिटी बैठकमा कुरा उठ्ने समेत बताइन् । ‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको किन पछि लागिरहनुभएको छ आश्चर्य लागेको छ,’ पूर्व उपप्रधानमन्त्री कोइरालाले भनिन्, ‘रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो ।’ संसद पुनःस्थापना नगरी चुनावमा जान खोजेमा रक्तपात हुने खतरा औल्याइन् । देशमा अर्को रक्तपात ल्याउने अवस्था आइरहँदा देउवाले बारम्बार चुनावको कुरा गरेकोमा आपत्ती जनाइन् । उनले भनिन्,‘ चुनावमा रक्तपात हुन्छ । देउवाजी ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस् ।’

संसदविना देश अघि बढदैन

संसद विना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुने खतरा औल्याइन् । उनले भनिन्, ‘संसद विना देशलाई अगाडि बढाउन खोजे यस्तो अवस्था आउँछ कल्पना पनि गर्न सक्नुहुन्न ।’ चुनावको विपक्षमा आफूहरु नभएको तर त्यसका लागि संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको बताइन् । सविधान पुनःस्थापना विना चुनाव हुननसक्ने र भएमा पनि रक्तपात हुने बताइन् । ३० वर्ष देखि देउवा बारम्बार प्रधानमन्त्री बन्दै आएको स्मरण गराउँदै भनिन्,‘ ३० वर्ष देखि देउवाजी प्रधानमन्त्री बन्दै आउनुभएको छ । फेरि फेरि तपाईं नै प्रधानमन्त्री बन्नुहोस् तर संसद पुनःस्थापना गर्नुहोस् ।’

यो पनि पढ्नुहोस   सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भएपनि पुनःस्थापना गर्ने बताइन् । उनले काँग्रेस संसद पुनःस्थापनाको पक्षमा आन्दोलनमा गइसकेको बताइन् । संसद पुनःस्थापना विना काँग्रेस चुनावमा नजाने स्पष्ट पारिन् । उनले भनिन्,‘आन्दोलनमा गएर भएपनि संसद पुनःस्थापना गर्छौं ।’ आफूहरुले अदालतको फैसला पर्खिरहेको समेत कोइरालाले बताइन् ।

ओली सरकार कामचलाऊ भएकाले भारतसँग गम्भीर र संवेदनशील विषयमा कुनैपनि सम्झौता गर्न नसक्ने बताइन् । सीमाको विषयमा ओलीले भारतसँग कुरा गर्न नसक्ने बताइन् । उनले भनिन्,‘कामचलाऊ सरकारले सीमाका विषयमा वार्ता गर्न मिल्दैन । ओलीले एक्लैले भारतसँग वार्ता गरेको मान्य हुँदैन ।’ सहमति, सहकार्य र एकतालाई लत्याएर ओली बढेको आरोप लगाइन् । ओलीले संविधानलाई नै कुल्चेर देशलाई दुर्घटामा पु¥याएको कोइरालाको आरोप थियो ।

ओली रंग बदलिरहन्छन्, विश्वास गर्न सकिन्न

ओली रङ्ग बदलिरहने र विचार बदलिरहने प्रधानमन्त्री भएको टिप्पणी गर्दै विश्वास गर्न नसक्ने बताइन् । उनले भनिन्,‘ ओलीजीलाई म विश्वास गर्न सक्दिनँ । अरुले पनि विश्वास गर्न छाडिसके ।’ ओलीको बोलीमा नअलमलिने सबैलाई आग्रह गरे । ओलीमा मीठो भाषण गर्ने र गलत काम गर्ने कार्यशैली भएको बताइन् । उनले भनिन्,‘हिटलर पनि मीठो भाषण गर्थे, उनको भाषण सुनेर महिलाहरु रुन्थे तर उनले रक्तपात मच्चाए ।’

कम्युनिस्टहरुको झगडाले देश धरापमा परेको बताइन् । देशलाई संकटबाट जोगाउन ढिलो गर्न नहुने बताइन् । ओलीको क्रियाकलापविरुद्ध सबै राजनीतिक दल र शक्ति एक ठाउँमा उभिनुपर्नेमा उनको जोड थियो । संसद पुनःस्थापनामा सबै एकढिक्का हुनुको विकल्प नभएकोमा जोड दिइन् । विगतमा गिरिजाप्रसाद कोइरालाले अडान लिएर संसद पुनःस्थापना गरी संविधान र देशलाई सही ट्रयाकमा ल्याएको स्मरण गराइन् ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका...

परीक्षणमै संघीयता

झन्डै २ सय ४० वर्ष पुरानो एकात्मक राजतन्त्रप्रणालीको शासन व्यवस्था समाप्त भई हाम्रो मुलुक संघीय लोकतान्त्रिक राज्य प्रणालीमा परिणत भएको धेरै समय भइसक्दा पनि...

त्रिभुवन विश्वविद्यालयमा जागरण जरुरी

नेपालको सबैभन्दा ठूलो र पुरानो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय अहिले आलोचनाको केन्द्रमा रहेको छ । यस मातहतका क्याम्पस तथा निकाय पनि टीकाटिप्पणी र आलोचनाको...

नयाँ प्रजातिको कोरोना भाइरसबाट नेपाल कति जोखिममा ?

काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलायत हुँदै नेपाल फर्किएकामध्ये तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो...

साताका लोकप्रिय समाचार

त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ । त्रिवि...

प्रधानमन्त्री कपः एपीएफको विजयी सुरुवात

काठमाडौं । अविनाश बोहराले प्रदेश १ को ५ विकेट लिएपछि जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ) ले विजयी सुरुवात गरेको...

वरुण / नताशाको विवाहमा जम्मा ५० जनालाई निम्ता

मुम्बई । कोरोनाका कारण सामाजिक दुरी कायम गर्दै विवाहमा ५० जना भन्दा बढी व्यक्तिहरु सामिल हुन नपाउने भएपछि बलिउड अभिनेता वरुण धवन अहिले दुःखी...

सडकबाट अदालतलाई प्रभावित नगरौं : देउवा

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय प्रक्रियामा सडकबाट प्रभावित गर्न नहुने बताएका छन् । पर्वतको शंकरपोखरीमा आयोजीत शहिद हरीदत्त तिवारीको १८...

३६ विधामा प्रदान गरियो तिज म्युजिक अवार्ड

काठमाडौं । लकडाउन र कोरोना महामारीका कारण गत भदौमा हुन नसकेको सातौं छायाछवि तीज म्युजिक अवार्ड–२०७७ काठमाडौंमा मंगलबार सम्पन्न भएको छ । यो अवार्ड...

ट्रेन्डिङ

धरानमा थप एक संक्रमितको होम आइसोलेशनमा मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएको छ । उनी कोरोना सङ्क्रमित भएपछि...

खानेपानी मन्त्री थापाले भने ‘कहिले पद जाने हो टुङ्गो छैन’

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले आफू मन्त्रालयमा रहँदासम्म कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । मन्त्रालयमा कुनै पनि समस्या आउँदा दबाबमा नपरी समन्वय...

आईसोलेसन कक्ष नहुँदा दुई दिनदेखी कोरोना संक्रमित क्वारेन्टाइनमा

दैलेख । दैलेखमा पछिल्लो समय कोरोनाक भाइरस (कोभिड –१९) को संक्रमण ‘पोजेटिभ’ देखिने क्रममा बृद्धि भईरहेको छ । कोरोना भाईरसको संक्रमण पुष्टि हुन थालेपछि...

मुस्लिम समुदायको धार्मिक सभा इज्तिमा सम्पन्न

सप्तरी, राजविराज । सप्तरीको बोदेबर्साइन ५ जाजरमा आयोजित मुस्लिम समुदायको तिन दिने धार्मिक...

दुई उपसचिवसहित १३ अधिकृत बेपत्ता

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत रहेका दुई उपसचिवसहित १३ जना अधिकृत वर्षौंदेखि काम छोडेर बेपत्ता हुँदा पनि मन्त्रालयले उनीहरूमाथि कारबाही गर्न सकेको...

कुङ्फुमा बाल विकास च्याम्पियन

काठमाडौं  । आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङ्फु प्रतियोगिताको उपाधि जितेको छ । थाउलोमा १० र सान्डामा ७ गरी...

कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

सुत्केरी तथा गर्भवती महिलालाई पाँचखाल नगरपलिकाद्धारा अन्डा तथा घ्यू वितरण

काभ्रेपलाञ्चोक । मातृशिशु पोषण कार्यक्रम अन्तर्गत पाँचखाल नगरपलिका–८, ले गर्भवती तथा सुत्केरी महिलालाई एक क्रेट अन्डा र एक किलो...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको प्रहरी जनाएको छ । दमकल, प्रहरी, स्थानीयवासीको...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन...

भर्खरै

नयाँ प्रजातिको कोरोना भाइरसबाट नेपाल कति जोखिममा ?

काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलायत हुँदै नेपाल फर्किएकामध्ये तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो...

माझी बस्तीमा खुसी : डाक्टर आए सित्तैमा जाँचे, औषधी निशुल्क दिए

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडी माझी बस्तीकी ८० वर्षीया सुन्तली माझीले जिवनको यो उमेरसम्म अस्पताल र स्वास्थ्यकर्मीलाई नजिकबाट आफ्नो स्वास्थ्य समस्याको बारेमा बताउन...

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

दाङमा दाहाल–नेपाल र ओली समूहका व्यवसायी एक भएर चुनावमा जाने

तुलसीपुर । दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दहाल–नेपाल र ओली समूह निकट व्यवसायीहरु, व्यवसायीक हकहितका लागि एक भएर जाने प्रतिववद्धता व्यक्त गरेका छन् ।...

धेरै पढिएका

११ एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले नेपाल प्रहरीका...

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

कोरोना कहरमा झन्डै ११ प्रतिशत रेमिट्यान्स वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको गत मंसिरसम्ममा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा...

रोकिराखेको ट्याक्टरमा सुमो ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सप्तरी । रोकिराखेको ट्याक्टरमा ठोकिएर टाटा सुमो दुर्घटनामा पर्दा आइतबार एकाबिहान एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन्...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)