काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसिकएपछि अर्को पेसी शुक्रबारका लागि तोकेको हो ।
बुधबार भएको सुनुवाइमा सरकारका कानुनी सल्लाहकार अग्नि खरेल र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले बहस गरेका थिए ।
रिट निवेदकतर्फका थापाले यो मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने बहस गरेका थिए । सरकारका तर्फबाट खरेलले मुद्दालाई संवैधानिक इजलासले नै टुंग्याउनुपर्ने पक्षमा बहस गरेका थिए ।