प्रिमियर लिगः म्यान्चेस्टर सिटीको जीत

Manchester City's Rodrigo controls the ball during the English Premier League soccer match between Manchester City and Brighton and Hove Albion at the Etihad Stadium in Manchester, England, Wednesday, Jan. 13, 2021. (Clive Brunskill /Pool via AP)

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएरातिको खेलमा म्यान्चेस्टर सिटी विजयी भयो । उसले ब्राइटनलाई १–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन फिल फोडेनले ४४ औं मिनेटमा निर्णायक गोल गरे ।

जितपछि अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीको १६ खेलबाट ३२ अंक भएको छ । सिटी सबै प्रतियोगितामा गरेर पछिल्ला १४ खेलमा अपराजित रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा गएराति टोटनह्याम हट्सपर र फुल्हमले १–१ गोलको बराबरी खेलेका छन् । टोटनह्यामका ह्यारी केनले पहिलो गोल गरेको खेलमा फुल्हमका इभाँ क्याभेलेइरोले एक गोल फर्काएपछि दुबै टोलीले १–१ अंक बाँडेका हुन् ।

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा
रियाल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा सोसिडाडलाई टाइब्रेकरमा ३–२ ले हराउँदै बार्सिलोना सिजनको पहिलो उपाधिनजिक पुगेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । थप ३० मिनेटमा कुनैपनि टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा बार्सिलोनाका गोलरक्षक टेर स्टेगनले दुई वटा प्रहार बचाउँदै टोलीलाई फाइनलमा पु¥याए । बार्सिलोनाले अब फाइनलमा एथ्लेटिक बिल्बाओ र रियाल मड्रिडबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

बार्सिलोना समग्रमा १४ औं पटक स्पेनिस सुपर कप उपाधि जित्ने लक्ष्यमा रहेको छ । साविक विजेता रियाल माड्रिडले ११ पटक स्पेनिस सुपर कप जितेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी