काठमाडौं । टोखाको ग्रान्डी भिल्लामा मृत फेला परेका दम्पतीको करिब १२ घण्टाको फरकमा ज्यान गएको पोष्मार्टमा रिपोर्टले देखाएको छ ।
गएको शुक्रबार राति उमेश केसी र सुदीक्षा गिरीको शव फेला परेको थियो । उमेशको शब ओछ्यानमा थियो भने सुदीक्षा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
उमेशको मृत्यु भएको एकदिनपछि मात्रै सुदीक्षाले आत्महत्या गरेको पोष्टमार्टमा रिपोर्टले देखाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतको भनाई छ ।
प्रहरीलाई प्राप्त प्रारम्भिक पोष्टमार्टमा रिपोर्टमा ‘उमेशको सुतैकै ठाउँमा सिलौटाले कन्चटमा प्रहार गरेर हत्या गरेको देखिन्छ,’ प्रहरीको भनाई अनुसार शब फेला परेको ठाउँमा कुनै लडाई भएको देखिदैन ।
सिलौटामा भेटिएको कपाल र रगत फोरेन्सिक जाँचका लागि पठाइएको प्रहरीले जनाएको छ । उमेश मृत भेटिएको बेडमै रगत लत्पतिएको सिलौटो पनि फेला परेको थियो ।
मृतक सुदिक्षा दुई महिनाको गर्भवती भएको समेत पुष्टि भएको छ । के कारणले हत्या र आत्महत्या भयो रहस्यकै विषय बनेको छ ।