Tuesday, March 9, 2021
Home Breaking News परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

सीमा विवाद र कोरोना भाइरसविरुद्धको खोप मुख्य एजेन्डा

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन बिहीबार भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ । शुक्रबार भने परराष्ट्रमन्त्री ज्ञवाली दिनभर व्यस्त हुने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणको विषयमा औपचारिक सूचना जारी गर्न ढिलाइ गर्दा केही समय अन्योल भए पनि भारत भ्रमणको एक घण्टाअघि मात्रै भारतीय विदेश मन्त्रालयले सूचना जारी गरेको थियो । नेपालले भने तीन दिनअघि नै परराष्ट्रमन्त्रीको भ्रमणको कार्यतालिका सार्वजनिक गरिसकेको थियो । भ्रमणको केही दिनअघि नै एकैसाथ दुई देशले विज्ञप्ति निकालेर सूचना जारी गर्ने गरेको भए पनि यसपटक भने भारतले अन्तिम समयमा मात्रै विज्ञप्ति निकालेको थियो ।

भारतीय विदेश मन्त्रालयको विज्ञप्तिअनुसार बिहीबार कुनै औपचारिक कार्यक्रम छैन । २ माघ (शुक्रबार) बिहान ज्ञवालीले ११ बजे आफ्ना समकक्षी एस जयशंकरसँग हैदराबाद हाउसमा भेट्ने कार्यतालिका छ । भेटसँगै दुई देशका विदेशमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्ने कार्यक्रम रहेको छ ।

बिहान साढे ११ बजे नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक सुरु हुनेछ । बैठकमा दुई दर्जनभन्दा बढी द्विपक्षीय संयन्त्रमा हालसम्म भएका छलफल र सहमतिको समीक्षा हुनेछ । बैठकमा नेपालले सीमा, ईपीजी, व्यापार, ऊर्जा, कनेक्टिभिटीलगायतका विषयलाई प्राथमिकता दिने बताइएको छ ।

– भारत सीमा विवादको विषयलाई पन्छाउने तयारीमा
– ईपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री मोदीसँग आग्रह गरिने

नेपालले सीमा विवादको समस्या सुल्झाउने विषयमा छलफल गर्ने तयारी गरेको छ । तर भारतले भने हाल सीमा विवादको समस्याभन्दा पनि अन्य विषयमा केन्द्रित रहेर छलफल गर्ने बताइएको छ । भारतले अहिले कोभिड–१९ विरुद्धको खोप नेपाललाई सहयोग दिने विषयलाई मुख्य एजेन्डा बनाएर बैठकमा छलफल केन्द्रित हुनेछ ।

यसअघि सन् २०१६ मा नेपाल–भारत सरकारद्वारा गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले अढाई वर्षअघि तयार पारेको प्रतिवेदन अलपत्र परेको छ । सो विषयमा नेपाल बैठकमा छलफल गर्ने तयारीमा छ । ईपीजीको पहिलो बैठकले सन् १९५० को नेपाल–भारत सन्धि परिमार्जन रहेको थियो । यो विषयले लामो समयसम्म चर्चा भए पनि पुनरावलोकनको विषय अन्योल बनेको छ । ईपीजी प्रतिवेदन बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म समय दिएका छैनन् ।

नेपाल र भारतको संयुक्त आयोगको बैठक आलोपालो बस्ने गरेको छ । यसअघि सन् २०१६ मा संयुक्त आयोगको बैठक भारतमा बसेको थियो । त्यसपछि सन् २०१८ को मेमा काठमाडौंमा संयुक्त आयोगको बैठक बसेको थियो । जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने तयारीमा थिए ।

त्यसपछि हुने भनिएको बैठक हुनुअघि नै लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि भारतीय नक्सामा समेटिएको भन्दै नेपालले नक्सा सच्चाउन भारतलाई अनुरोध ग¥यो । सो प्रकरणपछि नेपालले नयाँ राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्धमा चिसोपना आएको थियो । दुई देशबीच संवादहीनताको अवस्था भएपछि संयुक्त आयोगको बैठक बस्न सकेको थिएन ।

भारतीय विदेश मन्त्रालयले ज्ञवाली दिल्लीमा रहँदा हुने उच्च राजनीतिक भेटघाटबारे भने केही खुलाएको छैन । तर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने तयारी रहेको छ । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुन सक्नेछ । तेस्रो दिन मन्त्री ज्ञवाली शनिबार अपराह्न २ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

(Visited 83 times, 1 visits today)
Loading comments...

आजको समाचार

एपीएफ अस्पतालमा एमआरआई र एचडियू सेवा

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा नवनिर्मीत एमआरआई तथा एचडियू सेवाको फागुन २४ गते समुद्घाटन गर्नुभयो । सोही...

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको...

एपीएफ अस्पतालमा गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले फागुन २४ गते काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा आयोजित एक समारोहका...

विप्लवको प्रश्नः क्यान्टोन्मेन्टको १९ अर्ब खै ?

काठमाडौं । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बांै रुपैयाँ अनियमितता...

८५ वर्षिया महिलालाई जबरजस्ती करणी गर्ने १८ वर्षे किशोर पक्राउ

कपिलवस्तु । ८५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई...

साताका लोकप्रिय समाचार

सांसदको अपमान कि व्यवस्थाको ?

नगेन्द्रराज पौडेल यतिबेला आम सञ्चार जगत्ले सांसद खरिदबिक्रीका समाचार छापिरहेका छन् । यी समाचारले हाम्रा सांसदको अत्यन्त निकृष्ट स्वभावको चित्रण गरेका छन् । यसबाट सांसद...

अन्ततः एमाले एकजुटः नेपाल–खनाल एमालेमै फर्किए

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन्...

स्राेताकाे मन जित्दै ‘हातैका पौजाले…’

काठमाडाैं । लाेक शैलीकाे गीत  रातो घलेकिमाको  सफलतापछि गायक तथा गीतकार कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’ सार्वजनिक भएको छ । कुशल बेलबासे र गायिका...

आयुष र प्रतिभा फिचर्ड निर्दोष माया

काठमाडौं । उदयमान युवा गायक आयुष खतिवडाले आफ्नो दोस्रो अफिसिएल म्युजिक 'निर्दोष माया' सार्वजनिक गरेका छन्। किशोरावस्थाको प्रेम र आकर्षणलाई वर्णन गरिएको गीतमा शब्द...

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी १३ जेठदेखि २४ जेठसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय...

ट्रेन्डिङ

कूटनीतिक नियोगका कर्मचारीलाई अब बकपत्रमा बोलाउन नपाउने

काठमाडौं । अदालतले नेपालस्थित कूटनीतिक नियोगका कर्मचारीलाई कुनै पनि मुद्दामा साक्षी तथा बकपत्रका लागि बोलाउन नपाउने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश...

नेकपा विवाद समाधानका लागि सहमतिको ठोस कार्ययोजना बन्दै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधान कार्यदलले दिएको सुुझावका आधारमा...

भरतपुर अस्पतालमा सङ्क्रमित र अन्यको बाटो अलग

चितवन । सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना सङ्क्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वार र बाटो अलग गरिएको छ ।...

अवैध रुपमा नेपाल ल्याइँदै गरेको ९० हजार बराबरको सामान बरामद

इलाम । भारतबाट अवैध रुपमा नेपाल ल्याइँदै गरेको बिभिन्न सामान इलाका प्रहरी कार्यालय पशुपतिनगरले बरामद गरेको छ । कस्मेटीक आईटम, प्लाष्टिकका सामान, भाडा बर्तन...

स्वास्थ्य क्षेत्रमा दाताको सहयोग, मनलाग्दी खर्च

काठमाडौं । स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न खडा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दाताले सहयोगस्वरूप उपलब्ध...

स्ववियु निर्वाचन अन्योलमा

काठमाडौँ । पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ । विद्यार्थी...

लक डाउनको पीडा : ‘पेन्टिङ बन्द भयो, खट बुन्दै छु’

काठमाडौं । कोरोना संक्रमणको त्रासले विश्व नै आक्रान्त छ । सो सन्त्रासबाट नेपालसमेत अछुतो छैन । पूरै देश ‘लकडाउन’ छ । बिहान–बेलुका ज्यालादारी गरेर...

गायिका देशारलाई मातृशोक

चापागाउँ (ललितपुर) । गायिका निशा देशारलाई मातृशोक परेको छ । उनकी आमा चिरिमाया देशारको आइतबार चापागाउँ न्हाकदँस्थित घरमा निधन भएको हो । झन्डै डेढ वर्षदेखि...

बेवारिसे सुशासन ऐन, झाँगिदो कुशासन

नेपालमा सुशासन ऐन छ तर प्रचलनमा कुशासन झाँगिदो छ । यसको मूल कारण स्वयं सुशासन ऐन बेवारिसे भयो भन्ने नै हो । सूचनाको हकसम्बन्धी...

मधेसी दलको भ्रष्ट चरित्रले गर्दा सिंगै मधेस बदनाम भयो : मन्त्री साह

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको...

सानियालाई उपाधि

काठमाडौं । नेपाली युवा ब्याडमिन्टन खेलाडी सानिया चन्दले युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको एयर ब्याडमिन्टन च्याम्पियनसिपअन्तर्गतको महिला एकलतर्फको उपाधि जितेकी छन् । बिहीबार राति काइटबीच...

प्रशिक्षकको पुरस्कार कहिले ?

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूले झन्डै पाँच महिनापछि वैशाख पहिलो साता नेपाल सरकारले घोषणा गरेको पुरस्कार प्राप्त गरे...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)