
लन्डन । इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा क्रिस्टल प्यालेससँग आर्सनल गोलरहित बराबरीमा रोकियो । सबै प्रतियोगितामा गरेर पछिल्लो चार खेलमा जित निकालेको आर्सनल बराबरीमा रोकेको हो ।
यो बराबरीपछि आर्सनल १८ खेलबाट २४ अंक जोड्दै तालिकाको ११ औं स्थानमै अडिएको छ । २३ अंकका साथ क्रिष्टल प्यालेस १३ औं स्थानमा छ । १७ खेलबाट ३६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड प्रिमियर लिगको शिर्ष स्थानमा छ भने दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ ।