Monday, July 26, 2021
HomeBreaking Newsसितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

न्यानो बाड्दै वन र गाउँपालिका

,
sharethis

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ ।

चिसोबाट बढी प्रभावित हुने गरिब असहाय तथा विपन्न परिवारलाई लक्षित गरि डिभिजन वन कार्यालय तथा तिलाठी कोइलाडी गाउँपालिकाले दाउरा बितरण सुरु गरेका हुन् ।

नगर क्षेत्रका साथै ग्रामिण क्षेत्रका चौक, सार्वजनिक स्थानमा आवागमन गर्ने बटुवा तथा विपन्न बस्तिमा बसोवास गर्ने मानिसहरुलाई लक्षित गरि दाउरा बितरण सुरु गरिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाले जानकारी दिए ।

सामुदायिक वन उपभोक्ता समूह र समितिसँगको समन्वय तथा सहयोगमा मानिसहरुको आवागमन बढी हुने ठाउँको पहिचान गरि दाउरा बितरण र आगो ताप्ने व्यवस्था मिलाइएको उनको भनाई छ ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिकाले पनि वन कार्यालयको समन्वयमा दाउरा खरीद गरि चिसोले बढी प्रभावित बस्तिमा गएर दाउरा बालेर आगो ताप्ने ब्यवस्था मिलाउन लागेको जनाएको छ । केही दिन यता ह््वातै बढेको चिसोलाई ध्यानमा राख्दै जाडोका कारण कष्ठप्रद जिवनयापन गर्न बाध्य सर्वसाधारणलाई थोरै भएपनि न्यानो पार्ने उद्देश्यले दाउरा खरीद गरिसकेका छौं, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले भने, भोलीदेखी नै गाउँपालिकाका सबै ८ वटै वडाका आवश्यक देखिएका स्थानमा बितरण सुरु गरिने छ ।

आर्थिक अवस्था अत्यन्त दयनिय रहेकाहरुले खान लाउन समेत धौं धौ. परिरहेको अवस्थामा उनीहरु आफैले दाउरा बालेर आगो ताप्ने वयवस्था मिलाउन सक्ने स्थिति नरहेकाले गाउँपालिकाले दाउराको जोहो गरेर उनीहरुलाई न्यानो बाड्न खोजेका हौं, सिंहले भने ।

सितलहरले विद्यालय बन्द

यता केही दिनयता सितलहरसँगै अत्याधिक जाडो भएपछि सप्तरीको सप्तकोशी नगरपालिकास्थित सबै विद्यालय एक साताका लागि बन्द गरिएको छ ।

नगरपालिकाको बोर्ड बैठकले माघ १ देखी माघ ७ गतेसम्म नगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उक्त नगरपालिका भित्र ११ सरकारी र १२ वटा निजि विद्यालय छन् ।

अत्याधिक चिसोबाट बालबालिका बढी प्रभावित हुन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले माघ ७ गतेसम्मका लागि नगर क्षेत्रका ती सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको छ, नगर प्रमुख उत्तम गौतमले भने, माघ ८ गतेबाट मात्रै विद्यालय सूचारु हुने छ ।

(Visited 166 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

साताका लोकप्रिय समाचार

बिजुक्छेँलाई भेटन पुगे मुख्यमन्त्री पौडेल

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविच भेटवार्ता भएको छ । भेटको अवसरमा अध्यक्ष बिजुक्छेँले...

बिरामीका आफन्तले डक्टर कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित

  दमक । आइतवार साँझ हल्दीवारीका पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

जनमोर्चाका शाही प्रदेश मामिला सभापति चयन

  पोखरा । सांसद खिमविक्रम शाही गण्डकी प्रदेशको प्रदेश मामिला समिति सभापतिमा चयन भएका छन् । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध परेको अविश्वासको मतविभाजनको दिन वैशाख...

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

  काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई...

ट्रेन्डिङ

घर जानेको लर्को उत्तिकै

भक्तपुर । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा यहाँको जगाती नाका भएर ५४ हजार मानिसले उपत्यका छाडेका छन् । विगत चार...

वडा सदस्यद्धारा बलात्कार प्रयास, पिडितलाई मुद्दा नदिन दवाव

दैलेख । बलात्कार प्रयासमा आरोपमा दैलेखमा एकजना जनप्रतिनिधीलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुल्लू नगरपालिकाका–५ का निर्वाचित वडासदस्य प्रकाश पोखरेल हुन् । बलात्कार प्रयासमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)