Saturday, September 25, 2021
Your Ads Here
Homeविदेशइन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु

,
sharethis

एजेन्सी । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । यस भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ ।

बिहान सबेरै आएको यस भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घाइते भएका जनाइएको छ । यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो । सुलावेसी द्वीपको मामुजु शरहमा मात्र यस भूकम्पको कारण २६ जनाको मृत्यु भएको यहाँको प्रकोप नियन्त्रण विभागका प्रमुख अलि रहमानले बताएका छन् । भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरु पुरिएको अनुमान गरिएको छ ।

त्यसैगरी मामुजु शहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्रमा भूकम्पको कारण आठ व्यक्तिको मृत्यु भएको छ । दुबैतर्फ गरी ३४ जनाको मृत्यु भएको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन् । उद्धारकर्ताहरुले मामुजु अस्पतालको भग्नावशेषमा उद्धारकार्य जारी राखेका बताइएको छ । यस अस्पतालको भग्नावशेषमा बिरामी र अपस्पालका कर्मचारी गरी करिब दश जना पुरिएका अनुमान गरिएको छ ।

भूकम्पको कारण भएको धनजनको क्षतिलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन । अहिले प्रभावित क्षत्रेमा उद्धारकर्मी पुगेका छन् । सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेरियाली नागरिक रहेका थिए ।

तपाइको प्रतिक्रिया

(Visited 129 times, 1 visits today)

आजको समाचार

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

भोलिदेखि कांग्रेसले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको...

ढल निकास सुव्यवस्थित गर

राजधानी काठमाडौंमा नै ढल व्यवस्थापन अस्तव्यस्त हुँदा कपनस्थित ढलमा खसेर एक बालक बेपत्ता भएको घटना सामान्य होइन । राजधानीको केन्द्र भागमा नै यस्तो घटना...

स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

  काठमाडौँ । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले...

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

साताका लोकप्रिय समाचार

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक...

देउवा निकम्मा भए कांग्रेसलाई डुबाए : डा. सुन्दरमणि दिक्षित

  काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको ईतिहासकै निकम्मा प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् । शनिवार राजधानीमा आयोजित एक...

सरकारको अलमल किन ?

ओली सरकारको अन्त्य र देउवा सरकारको निर्माणसहितको सर्वोच्च अदालतबाट परमादेश आदेश हुँदा निकै उत्साहका साथ निर्माण भएको देउवा सरकारको दुई महिना मन्त्रिपरिषद् विस्तार गर्न...

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा...

ट्रेन्डिङ

आँधीले सलमानको चलचित्रको सेट भत्किया

मुम्बई । बलिउड अभिनेता सलमान खानले दुई दिनअघि मुम्बईमा आएको आँधी बेहेरीले चलचित्र सुटिङ सेटमा ठूलो क्षति पु¥याएको बताएका छन् । ‘ताउले तुफान’ नामको...

कम्तीमा ४३ जना किसानको घाँटी रेटेर हत्या

माइदुगुरी । नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान खेतमा काम...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)